'राष्ट्रिय ध्यान एकातर्फ जनताको अपेक्षा अर्कोतर्फ'
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि यतिखेर भरतपुर महानगरले सबैको ध्यान आकर्षित गरिरहेको छ।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि यतिखेर भरतपुर महानगरले सबैको ध्यान आकर्षित गरिरहेको छ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ क्षेत्र नम्बर १ मा पराजित गर्न भूमिका खेलेको आरोपमा कारबाही भोगेका जोशीको समूह तनहुँ कांग्रेसका लागि चुनौती बन्ने कांग्रेस नेताहरू नै स्विकार्छन्।
नेकपा एमाले बाँकेले बिहीबार नेपालगन्जमा आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण एवम् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मुलुक बनाउन अब पाँचदलीय गठबन्धनलाई हराउन अपरिहार्य रहेको तर्क गरे।
निर्वाचन आयोगले आउँदो स्थानीय तहको निर्वाचनमा खटिने आयुक्तदेखि निर्वाचन अधिकृत, मातहतको कार्यालयमा खटिने कर्मचारी र सुरक्षाकर्मीको निर्वाचन सुविधा निर्धारण गरेको छ।
आउँदो स्थानीय तहको निर्वाचनमा ५ सय मतदाता भएको मतदान केन्द्रमा ७ जना सो बढी मतदाता भएको केन्द्रमा ८ जनासम्म कर्मचारी खटाइने भएको छ।
स्थानीय तहको निर्वाचन नजिकिँदै आउँदा जिल्लाको विकट हिमाली बस्ती तिप्लिङका नेता जीवन तामाङ र मेन घले कार्यकर्तासहित शुक्रबार सेर्तुङ पुगे। रुविभ्याली–१ र २ का नेकपा एकीकृत समाजवादीका नेता–कार्यकर्ता, मतदाता करिब ४ घण्टा पैदल हिँडेर ३ नम्बर वडामा पर्ने सेर्तुङमा चुनावी प्रचार र सभा गर्न पुगेका हुन्।
आउँदो स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा रहेका ७३ मतदान स्थलमध्ये सबैभन्दा कम मतदाता फक्ताङ्लुङ गाउँपालिकाको वडा नं ७ याङ्मास्थित याङ्मा आधारभूत विद्यालयमा हुने भएका छन्।
पूर्व सांसद मञ्च नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा निष्पक्ष र धाँधलीरहित एवं स्वतन्त्रतापूर्वक मतदान गराउन सरकारसँग माग गरेको छ।
आउँदो स्थानीय तहको निर्वाचनका क्रममा खटिने सहायक कर्मचारी र सहयोगी कर्मचारी मतदानको कम्तिमा तीन दिनअघि नै मतदान केन्द्रमा पुगिसक्नुपर्ने भएको छ।
स्थानीय तहको निर्वाचनमाठेकेदारहरूले उम्मेदवारी दिन नपाउने भएका छन्।
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित तबरबाट सम्पन्न गर्नका लागि सो हातहतियार नजिकको प्रहरी एकाइमार्फत जिल्ला प्रहरी कार्यालयमा बुझाउन आज सूचना जारी गरिएको हो।
सर्वोच्च अदालतले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहिता कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।
स्थानीय तहको निर्वाचन २०७४ लाई फर्केर हेर्दा यसपटक गठबन्धन नै नगरी दलहरू मैदानमा जाने हो भने नेकपा एमाले बलियो देखिन्छ। तर पाँचदलीय गठबन्धनका साझा उम्मेदवारसँग प्रतिस्पर्धा गर्ने हो भने एमालेको अवस्था कमजाेर हुने देखिन्छ। यो पाँच वर्षअघि दलहरूले प्राप्त गरेको मतलाई आधार मानेर गरिएको विश्लेषण हो।
स्थानीय तहको निर्वाचनमा वाम तालमेल गर्ने कि नगर्ने भन्ने विषयमा एमालेभित्र दुई धार देखिएको छ। स्थानीय तहको निर्वाचन लक्षित केन्द्रीय तहका बैठकमा वाम तालमेल वा स्थानीय तहको अनुकूलतामा तालमेल भन्नेबारे दुई धार देखिएको हो।
यद्यपि, माओवादी केन्द्र र एकीकृत समाजवादीको भने धेरै ठाउँमा तालमेल हुने निश्चित जस्तै छ। यी दुई दल मिलेर उचित ठाउँमा विजयी हासिल गर्न सकेको खण्डमा संघको निर्वाचनमा पनि पाँच दलीय गठबन्धन हुन नसकेमा यसैगरी जाने एउटा विकल्प रहेको छ। तर सकेसम्म कांग्रेससँगै मिलेर जाने माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको योजना रहेको छ।