२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

धाँधलीरहित मतदान गराउन माग

पूर्व सांसद मञ्च नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा निष्पक्ष र धाँधलीरहित एवं स्वतन्त्रतापूर्वक मतदान गराउन सरकारसँग माग गरेको छ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्व सांसद मञ्च नेपालले सार्वभौम सत्ता सम्पन्न नेपाली जनताले मतदान गर्न पाउने अधिकारलाई सुनिश्चित गर्दै आसन्न स्थानीय तहको निर्वाचनमा निष्पक्ष र धाँधलीरहित एवं स्वतन्त्रतापूर्वक मतदान गराउन सरकारसँग माग गरेको हो।

पत्रकार सम्मेलनमा बोल्दै पूर्व सांसद मञ्च, नेपालका महासचिव शकरनाथ शर्मा अधिकारीले पेट्रोलियम पदार्थ, निर्माण सामग्री, दैनिक उपभोग्य सामग्री लगायतका वस्तुहरुको मूल्य दिनप्रतिदिन बढ्दै जाँदा विकास निर्माणका काम ठप्प भएको, जनता मूल्य वृद्धिको मारमा पिल्सिएको र मजदुरहरुको रोजिरोटी गुम्ने सम्भावना रहेको भन्दै तत्काल मूल्य वृद्धि रोक्न माग गरे।

उनले पछिल्लो समय कतिपय स्थानमा विद्युतको अघोषित नाकाबन्दी भइरहेको चर्को मूल्यमा विद्युत खरिद्का कारण जनताहरु त्रस्त भएको बताए। महासचिव अधिकारीले लोडसेडिङको सम्भावना देखिरहेको भन्दै लोडसेडिङ नहुने व्यवस्था मिलाउन पनि सरकारसँग माग गरेको छ।

त्यस्तै पूर्व सांसद मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले अहिले पूर्व सांसदहरुको अवस्था दयनीय रहेको भन्दै उनीहरुलाई सरकारले सरकारी अस्पतालहरुमा औषधि उपचार गराइदिनुपर्ने माग राखे। उनले सबै सरकारले गर्छु भनेपनि काूनि रुपमा सो माग पूरा नगरिदिँदा केही पूर्व सांसदहरु औषधि उपचार गर्न नपाएर मृत्युवरण गर्नुपरेको बताए।

अध्यक्ष श्रेष्ठले संसदको विधेयकहरु आउँदा त्यसमा पूर्व सांसदहरुलाई पनि सर्वसाधरण जनताका कुराहरु राख्न पाउनु पर्ने व्यवस्था मिलाउन आग्रह गरे। उनले सभामुखमार्फत् पूर्व सांसदहरुका कुराहरु पनि लिखितरुपमा राख्न दिनुपर्ने बताए। अध्यक्ष श्रेष्ठले सरकारले केही विधेयक पठाए पनि धेरै विधेयकहरुमा कुनै राय, सल्लाह नै नमाग्ने गरेको समेत आरोप लगाए।

प्रकाशित: १७ चैत्र २०७८ ११:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App