coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

आयोगले तोक्यो आयुक्तदेखि सुरक्षाकर्मीसम्मको निर्वाचन सुविधा

निर्वाचन आयोगले आउँदो स्थानीय तहको निर्वाचनमा खटिने आयुक्तदेखि निर्वाचन अधिकृत, मातहतको कार्यालयमा खटिने कर्मचारी र सुरक्षाकर्मीको निर्वाचन सुविधा निर्धारण गरेको छ।

जसअनुसार निर्वाचन आयुक्तले प्रतिमहिना सुरु तलव स्केल बराबरको निर्वाचन सुविधा र २ हजार पाँच सय रुपैयाँ सञ्चार सुविधा पाउने छन्।

आयोगको सचिवालयमा कार्यरत कर्मचारी-काज र करार सेवा समेतले प्रतिमहिना सुरु तलव स्केल बराबरको निर्वाचन सुविधा र सचिव स्तरको हकमा जनही २ हजार, सहसचिवको हकमा १ हजार ५ सय र उपसचिवको हकमा जनही १ हजार रुपैयाँ सञ्चार सुविधा पाउने छन्।

निर्वाचन कार्यालयमा कार्यरत कर्मचारी र आयुक्तको सुविधामा कार्यरत कर्मचारी, आयुक्त र सचिवका निजी सुरक्षा अधिकारीले समेत सुरु तलव स्केलको सतप्रतिशत प्रतिमहिना निर्वाचन सुविधा पाउने छन्।

यस्तै आयुक्तको निवासमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी, आयोगको मुल गेटमा खटिने नेपाल प्रहरीका १० जनासम्म सुरक्षाकर्मीले समेत प्रतिमहिना सुरु तलव स्केल बराबरको निर्वाचन सुविधा पाउने छन्।

निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयमा कार्यबोझको आधारमा थप भइ काजमा रहने कर्मचारीमध्ये सहायक कर्मचारीले दैनिक १ हजार ३ सय र सहयोगी कर्मचारीले दैनिक १ हजार रुपैयाँका दरले निर्वाचन सुविधा पाउने व्यवस्था गरिएको छ।

निर्वाचन अधिकृतले प्रतिमहिना सुरु तलव स्केल बराबर रकम निर्वाचन सुविधा पाउने छन्। यस्तै उनलाई निर्वाचन अवधिभरका लागि एकमुष्ठ रुपमा ५ हजार रुपैयाँ सञ्चार सुविधा वापतको रकम उपलब्ध गराइने भएको छ।

निर्वाचन अधिकृतको कार्यालयमा कार्यरत कर्मचारी र निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयमा खटिने सुरक्षाकर्मीले प्रति महिना समान रुपमा सुरु तलव स्केलको सतप्रतिशत रकम निर्वाचन सुविधा पाउने छन्।

आयुक्त बाहेक उल्लेखित सबैलाई प्रतिदिन खाजा वापत र सार्वजनिक बिदाका दिन नेपाल सरकार अर्थ मन्त्रालयको कार्य सञ्चालन निर्देशिका २०७७ अनुसारको सुविधा प्रदान गरिने भएको छ।

निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन कार्यालयमा खटिने सुरक्षाकर्मी तथा आयोगको भवन तथा परिसरको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी बल, मतपत्र छपाइ स्थल र निर्वाचन सामग्री ढुवानीको सुरक्षार्थ तथा मतगणनजा स्थलमा खटिएका कर्मचारीलाई नेपाल सरकार अर्थ मन्त्रालयको कार्य सञ्चालन निर्देशिका २०७७ अनुसार प्रतिदिन खाजा तथा सार्वजनिक बिदाका दिन खटिए वापतको सुविधा मात्र उपलब्ध गराइने भएको छ।

प्रकाशित: २१ चैत्र २०७८ ०९:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App