२१ आश्विन २०८१ सोमबार
image/svg+xml

सरकार अल्झियो : थापा

नेपाली कांग्रेसका नेता गगन थापाले सरकार महत्वाकांक्षी योजनामा अल्झेको बताए। कांग्रेस सोलुखुम्बुले महाकुलुङ गाउँपालिकामा आयोजना गरेको जागरण अभियानलाई सम्बोधन गर्दै सांसदसमेत रहेका थापाले सरकारले जनताको आधारभूत आवश्यकताभन्दा रेल र पानीजहाजको महŒवाकांक्षी योजना अघि सारेर अल्झने काम गरेको आरोप लगाए।

कम्युनिष्ट सरकारले जनतालाई अन्याय गर्‍याेः पौडेल

पौडेलले कम्युनिष्टको सरकारले देशलाई समाजवाद उन्मुख गर्नुको साटो करोडौं अरर्बौ रकमको योजना आफ्ना कार्यकर्ता केन्द्रित गरिरहेको बताउदै देशको ढुकुटी रित्याउने काम र कार्यकर्ता पोस्ने कामबाहेक अरु केहि गर्न नसकैको आरोपसमेत लगाएका छन्।

अभियानमा गुटको लफडा

विवाद भएपछि केन्द्रीय प्रतिनिधिका रूपमा सिन्धुपाल्चोक खटिएका केन्द्रीय सदस्य अम्बिका बस्नेतले विवाद साम्य बनाउने प्रयास असफल भएपछि कार्यकर्ता कुटपिटमा समेत उत्रिए।

ध्यान समृद्धिको वाचामा

विगतका आन्दोलन, अभियान, यात्रा, सघर्ष, सहमतिबाट तयार एकताको प्रतीक राजनीतिक उथलपुथलबाट विकास र समृद्धि सुरु भएको भनिएको छ । अपेक्षा, जनचाहना, जिज्ञासाका प्रतिक्रिया तयार छन् । कुरा उठान र बैठान गर्न समय आवश्यक पर्छ । समयसापेक्ष दिशानिर्देशतिर नेपाली समाज लम्किरहेको छ । केही पनि भएको छैन भन्नुभन्दा यो भयो, अझ यति गर्न बाँकी नै छ भनिरहँदा समाजसँगै विकास र जनअपेक्षा जागरुक होलान् ।त्यसैले धेरै सच्चाएर जानु छ । इच्छाशक्तिलाई अरु माथि उठाउनु छ ।

डेंगुबाट बच्न धादिङमा सतर्कता अभियान

डेंगु लागेपछि ज्वरो आउने, टाउको दुख्ने, जोर्नी दुख्ने, गिजाबाट रगत आउने, उल्टी हुने, छालामा रगतको धब्बा देखिनेलगायत लक्षण देखिन्छन् ।

ओली सरकार जनताप्रति अनुदार बन्यो : खाँड

नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण  खाँणले दुई तिहाई बहुमत प्राप्त केपी शर्मा ओली सरकार अनुदार हुँदै गएको आरोप लगाएका छन्।

कतै उत्साह, कतै निराशा

सुर्खेतको भेरीगंगा नगरपालिका–३ रामघाटकी नवीना विकले पहिलोपटक पार्टीका ‘ठूला नेता’सँग प्रत्यक्ष संवाद गर्ने मौका पाइन्। केही दिनअघि पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिकामा आयोजित जनजागरण अभियान कार्यक्रममा उनले पार्टीले चुनाव हार्नुमा नेताहरूकै कमजोरी भएको औल्याइन्। ‘पार्टीका नेता र जनप्रतिनिधिहरू चुनाव र भोजमा मात्रै गाउँ आउन थाले’ उनले मञ्चमा रहेका नेताहरूलाई भनिन्, ‘जनताको पीडामा मल्हम लगाउने र सुख, दुःखको साथी नबन्दासम्म कांग्रेसले आफ्नो गति समात्न सक्दैन।’

अभियानमा गुटको लफडा

प्रमुख प्रतिपक्षी नेपाली सरकारविरुद्ध खबरदारी र पार्टी सुदृढीकरण भन्दै ७७ वटै जिल्लामा जागरण अभियान सञ्चालन गरेको दुई साता पुगेको छ। अभियानका क्रममा पार्टीलाई गुटले समस्या बनाएको भन्दै अब पार्टीमा गुट अन्त्य हुनुपर्ने कुरा उठे पनि कतिपय जिल्लामा समस्या टड्कारो देखिएको छ। अभियानकै सुरुको दिन अर्थात् वैशाख २५ मा सिन्धुपाल्चोकमा आयोजित कार्यक्रममा दुई गुटबीच भाषणका क्रममा आरोप–प्रत्यारोप भयो। त्यसपछि विवाद उत्पन्न हुँदा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर कार्यकर्ताबीच हात हालाहालसम्मको अवस्था आयो। घटनामा केन्द्रीय सदस्य मोहन बस्नेतनिकट तरुण दल १ नम्बर क्षेत्रका समानान्तर समितिका अध्यक्ष चोकबहादुर श्रेष्ठ घाइते भए।

मधेसमा कांग्रेसको जागरण अभियान : पुरानो साख फर्काउने प्रयास

नेपाली कांग्रेसको प्रमुख आधारभूमी तराई मधेस पनि हो। आधारभूमीमा लोकप्रिय मत पाउँदा कांग्रेस सत्तामा जोडदार उपस्थिति बनाउँछ। नपाए प्रतिपक्षमा पुग्छ। पछिल्लो प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा कांग्रेस आधारभूमीमै नराम्ररी पछाडि पर्दा अहिले प्रतिपक्षको हैसियतमा छ।

कार्यकर्ता जस्तै नेता इमान्दार बन्ने अपेक्षा

जागरण अभियान लिएर कांग्रेस गाँउ पसेको दुई साता भएको छ। अभियानले कार्यकर्तालाई नेतासँग जोड्ने जनअपेक्षा छ। सोही अपेक्षाअनुरूप प्रदेश ५ का १२ वटै जिल्लामा भ्रातृ संगठनको भेला, कार्यकर्ता प्रशिक्षण तथा भेटघाट र पार्टीबाट निर्वाचित पालिकाका प्रमुख, सांसदसँग कार्यक्रम गरिएको पार्टीले बताएको छ।

टोल–टोलमा कार्यकर्ता जगाउँदै कांग्रेस

राप्तीसोनारी–२ कचनापुरका कांग्रेस क्रियाशील सदस्य हर्षबर्धन चौधरीको व्यस्तता अचेल धेरै बढेको छ। पार्टीले सुरु गरेको जागरण अभियानलाई टोल–टोलमा पु¥याउन उनी केही दिनयता सक्रिय छन्। ‘पार्टीको जागरण अभियान टोल–टोलमा पुगेको छ, कार्यकर्तामा छुट्टै खालको उत्साह देखिन्छ,’ चौधरीले नागरिकसँग भने, ‘हामीले टोल–टोलमा पुगेर वर्तमान सरकारले गरेका नराम्रा कामबारे जनतालाई जागरुक पार्ने काम गरिरहेका छौं।’

कार्यकर्ताको जोड संगठनमा, नेताको ध्यान महाधिवेशनमा

नेपाली कांग्रेसका नेताहरु पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियानलाई १४औं महाधिवेशन पूर्व तयारीका रुपमा उपयोग गर्न सक्रिय भएका छन्। तल्लो तहका नेता तथा कार्यकर्ता अभियान संगठन सुदृढीकरणमा प्रयोग गर्नुपर्ने पक्षमा देखिए पनि नेताहरुको ध्यान भने महाधिवेशन केन्द्रित बन्न पुगेको हो। विधानको वैधानिक व्यवस्थाअनुसार महाधिवेशन आउन अझै एक वर्ष समय बाँकी रहे पनि शीर्ष नेताहरु एकअर्कालाई कमजोर देखाएर नेतृत्वमा पुग्ने र टिक्ने दाउमा सक्रिय रहँदा जागरण अभियान संगठन सुधारमा भन्दा गुटगत स्वार्थमा केन्द्रित देखिएको छ।

पहाडमा साइकल अभियान

वातावरण संरक्षण र मानव स्वास्थ्यप्रति चेतना जगाउँदै पर्यटन प्रवर्द्धन सघाउने उद्देश्यले युवाले साइकल यात्रा अभियान चलाएका छन्। काठमाडौं, झापा, इलामलगायतका ८० युवा मेची राजमार्गको पहाडी क्षेत्रमा साइकल चलाउँदै शनिबार इलाम सदरमुकाम आएका हुन्।

विद्यार्थी रोक्न घर दैलो अभियान

हरेक वर्ष जेठ महिना सुरु हँदा विद्यालयहरुमा पनि विद्यार्थीको संख्या न्युन हुँदै जानु र जेठ मध्य देखि असार अन्तिम सम्म विद्यालय विद्यार्थी वीहिन बन्नु जिल्लाको पुर्वी करानमा रहेको मुगुम कार्मारोङ गाउँपालिकाको नियती नै बनेको छ। यसको कारण हो हिमाली पाटन क्षेत्रमा यार्सा संकलन गर्न यस क्षेत्रका स्थानीयवासी बालबालिकासहित हिमाली पाटन क्षेत्रमा जाने गर्दछन।

प्रधानमन्त्रीले दुनियालाई जिस्काउन मिल्दैन : गगन थापा

नेपाली काँग्रेसका युवा नेता गगन थापाले संसदमा दर्ता गरेको मिडिया काउन्सील विधेयक वर्तमान सरकारको प्रेस स्वतन्त्रता विरोधी हर्कत भएको आरोप लगाएका छन्

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्