२१ आश्विन २०८१ सोमबार
image/svg+xml

चीनको अभियान

सांस्कृतिक क्रान्तिका नाममा सम्पदा तहसनहस बनाउने चीनयतिबेला सांस्कृतिक सम्पदालाई आफ्नोे पहिचान बनाउन उद्यत छ। सन् १९६६ देखि १९७६ सम्म चीनमा सांस्कृतिक क्रान्ति चलेको थियो। पुराना ऐतिहासिक र सांस्कृतिक महŒवका सम्पदाहरूलाई खोजी खोजी ध्वस्त बनाउने अभियान चलेका बेला चीनका वर्तमान राष्ट्रपति सी चिनफिङ किशोरथिए। उनका बुबा उपप्रधानमन्त्री भए पनि जेलमा हालिएको थियो र किशोर सीलाई माध्यमिक तह अध्ययन पूरा गर्नासाथ श्रमशिवर पठाइएको थियो। चिनियाँ संस्कृति बदल्ने विध्वंसात्मक क्षणलाई किशोरावयमै देखेका तीनै सी चिनफिङ यतिबेला चीनका राष्ट्रपति छन् र उनी चिनियाँ संस्कृतिलाई विश्वव्यापी बनाउने अभियानमा लागेका छन्।

कांग्रेस नैतिकवान पार्टी होः नेता पौडेल

उनले कांग्रेस नैतिकवान र इमान्दारको पार्टी भएको भन्दै सबैलाई अन्य पार्टी छोडेर काङ्ग्रेसमा लाग्नका लागि आग्रह गरे। वरिष्ठ नेता पौडेलले पार्टीमा कुनै गुट–उपगुट नरहेकाले त्यसमा प्रस्ट हुन आग्रह गरे।

समृद्धिका लागि कृषि, पर्यटन र ऊर्जाशक्तिको खाँचो

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकलाई समृद्ध बनाउन कृषि क्रान्ति, पर्यटन र ऊर्जाशक्तिको विकास गर्नुपर्नेमा जोड दिएका छन्।

सम्पदा संरक्षण अभियान

स्थानीय सम्पदा संरक्षण अभियानको गर्भ हाम्रो सांस्कृतिक चेतनाका अन्तर्यसित नै आबद्ध रहिआएको वास्तविक रहेको यथार्थ हो। लिच्छवि र मल्लकालीन सांस्कृतिक सम्पदा अद्यावधिक रहनु यसको ज्वलन्त प्रमाण रहेको वास्तविकता नकार्न सकिन्न। आवधिक काल समयमा भएका दैवी÷प्राकृतिक प्रकोपले तहस नहस पारेका सम्पदा–संस्कृति तत्कालीन सीप र प्रविधि अनुरूप संरक्षण भई आएको वास्तविक अभिलेख यतैकतै वा विश्वका कुनै भागका संग्रहालयमा सुरक्षित रहन सक्ने सम्भावना पनि उत्तिकै सम्भाव्य खोजिनीतिका पृष्ठ पक्कै हो। यस सम्भावनालाई हामीले आफ्नै सरोकार ठान्नु, मान्नु उपयुक्त नै रहनेछ।

‘ओलीले प्रधानमन्त्री पदकै अपमान गरे’

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी शर्मा ओलीले प्रधानमन्त्री पदकै अपमान गरेको आरोप लगाएको छ। पार्टीले बुधबारबाट सुरु गरेको राष्ट्रिय जागरण अभियानका विषयमा केन्द्रीय कार्यालय सानेपामा बिहीबार आयोजीत पत्रकार सम्मेलनमा उपसभापति विमलेन्द्र निधिले लोकतान्त्रिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रधानमन्त्री ओलीले असंसदीय र अलोकतान्त्रिक संकार देखाएर पदकै अपमान गरेको दाबी गरेका हुन्।

कांग्रेसको जागरण अभियान : संगठनलाई क्रियाशील बनाउला?

काठमाडौंस्थित राष्ट्रिय सभागृहमा वुधबार दिउँसो १२ बजे कांग्रेसले जागरण अभियानको उद्घाटन गर्ने तय गर्‍यो। १२ बजे भनेपनि तल्ला तहका नेता/कार्यकर्ताहरु ११ बजेदेखी नै कार्यक्रमस्थलतिर टहलिन थालिसकेका थिए।

लोकतन्त्रको रक्षाका लागि लड्न अपिल

कांग्रेसका नेता अर्जुननरसिंह केसीले कम्युनिस्टको गलत प्रवृत्ति अन्त्य गर्दै कांग्रेसको गर्विलो इतिहास रक्षा गर्ने मूल उदेश्यले राष्ट्रिय जागरण अभियान चलाइएको बताएका छन्। बुधबार पार्टी कार्यालय हेटौंडामा एक महिने राष्ट्रिय जागरण अभियानको उद्घाटन गरेपछि उनले लोकतन्त्र र राष्ट्रियता रक्षाका लागि डटेर लाग्न कार्यकर्तालाई निर्देशन दिए।

धादिङमा कांग्रेसको जागरण अभियान सुरु

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले धादिङ जिल्लामा ‘हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ सुरु गरेको छ । गमलामा पानी हालेर नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले बुधबार अभियानको सुरुवात गरे । पौडेलले पार्टीको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म सुसूचित गर्ने र पार्टीमा एकता तथा सुदृढीकरणका गतिविधि अघि बढाउने बताए । ‘अभियानमा कांग्रेसको नेतृत्वमा मुलुकले हासिल गरेका राजनीतिक उपलब्धि एवं समृद्धिको सम्प्रेषण गर्ने उद्देश्य रहेको छ’ अभियानको बारेमा बताउँदै उनले भने, ‘देशका सबै जिल्ला, क्षेत्र, गाउँ÷नगर, वडा र टोलसम्म विस्तारित हुने जागरण अभियान २०७६ सालभर तीन चरणमा सम्पन्न हुनेछ ।’

अबको चुनावमा कांग्रेस पहिलो पार्टी बन्छ–केसी

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले कम्युनिष्टहरुको गलत प्रवृत्ति अन्त्य गर्दै कांग्रेसको गर्विलो इतिहास रक्षा गर्ने मूल उदेश्यले राष्ट्रिय जागरण अभियान चलाइएको बताएका छन्। बुधबार पार्टी कार्यालय हेटौंडामा ‘हिमाल, पहाड, तराई–मधेश, नेपाली कांग्रेस’ एक महिने राष्ट्रिय जागरण अभियानको उद्घाटन गरेपछि उनले लोकतन्त्र र राष्ट्रियता रक्षाका लागि डटेर लाग्न कार्यकर्तालाई निर्देशन दिए।

संरचनाबिनै कांग्रेसको जागरण अभियान

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पार्टीभित्रको आन्तरिक विवादकाबीच राष्ट्रिय जागरण अभियानमा जुटेको छ। महाधिवेशन भएको तीन वर्ष बढि हुँदासमेत पार्टीका निकाय र संरचना गठन हुन नसकेका बेला कांग्रेसले देशव्यापाी अभियान थाल्न लागेको हो। पार्टी संगठनलाई चलायमान बनाउँदै सरकारविरुद्ध जनमत निर्माण गर्ने उद्देश्यसहित अभियान सञ्चालन गर्ने तयारी गरेपनि पार्टीका नेताहरू नै विभाजित छन्। केन्द्रदेखि वडा तहसम्म पार्टीका संरचनाबिनाको अभियानले उद्देश्य प्राप्ति गर्न कठिन हुने नेताहरूको बुझाइ छ। पार्टीका सबै निकाय र संरचना निर्माणपछि मात्र राष्ट्रिय जागरण अभियान सञ्चालन गर्नुपर्ने केन्द्रीय सदस्य प्रदीप पौडेलको बुझाइ छ। ‘पहिलो प्राथमिकता वडादेखि केन्द्रसम्मका संरचना बनाउनमा हुनुपथ्र्यो,’ पौडेलले भने, ‘अभियान चलाएर संरचना होइन संरचना बनाएर अभियान चलाउनु गर्नुपथ्र्यो तर बाटो उल्टो भयो।’

कांग्रेसको ध्यान युवा र विद्यार्थीमा

नेपाली कांग्रेसले बुधबारदेखि सुरु गर्न लागेको राष्ट्रिय जागरण अभियानमा विद्यार्थी र युवालाई केन्द्रीत गरेर गरेर प्रशिक्षण दिने भएको छ। पार्टी उपसभापति विमलेन्द्र निधिको नेतृत्वमा रहेको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठकले नयाँ पुस्ताप्रति पार्टीको आकर्षण बढाउन युवा र विद्यार्थी केन्द्रित कार्यक्रम गर्न लागेको हो।

बेसहाराको सहारा बने पाण्डे

यतिबेला विद्यालय भर्ना अभियान सञ्चालन भइरहेको छ। भर्ना अभियानको क्रममा जनप्रतिनिधि, विभिन्न संघसस्था एवं व्यक्तिहरूले गरिब तथा विपन्न विद्यार्थीको अभिभावकत्व ग्रहण गरिरहेका छन्।

प्रदेश १ को नाम किरात नराखिए आन्दोलन गर्छौं : यायोक्खा

प्रदेशको नाम र स्थायी राजधानीबारे बिहीबार प्रस्ताव दर्ता हुने तयारी भइरहेका समयमा यायोक्खाले प्रदेशको नाम किरात नराखे आन्दोलन गर्ने चेतावनी दिएको छ।

सरकारीमा विद्यार्थी चाप बढ्दै, निजीमा घट्दै

त्रिपुरेश्वरमा रहेको विश्वनिकेतन माविमा पुग्दा आफ्ना नानीहरुलाई निजी विद्यालयबाट छुटाएर भर्ना गराउन आउनेहरुको उल्लेख्य भीड देखियो।

गाउँनै पिच्छे खेल मैदान

खेल क्षेत्रको प्रवर्दन गर्न यहाँको एउटा गाउँपालिकाले गाउँ नै पिच्छे ठुला खेल मैदान बनाउने अभियान थालेको छ। जिल्लाको दक्षिणी तामाकोसी गाउँपालिकाले आफ्ना ७ वटै वडामा खेल मैदान निर्माण अभियान थालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्