२१ आश्विन २०८१ सोमबार
image/svg+xml

जागरण अभियानमा कांग्रेसले कानून व्यवसायी खटाउने

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानमा कानून व्यवसायी खटाउने निर्णय गरेको छ। कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले बैशाख २५ गतेदेखि सुरुहुने हिमाल, पहाड, तराई–मधेस राष्ट्रिय जागरण अभियानलाई बढीभन्दा बढी मर्यादित, अनुशासित एवं व्यवस्थित गर्न कानून व्यवसायी खटाउने निर्णय गरेको सचिव प्रेम केसीले जानकारी दिएका छन्।

कांग्रेस सुदृढिकरणका लागि जागरण अभियान, नेताबीच मतभेद उस्तै

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टी सुदृढिकरण र सरकार गलत गतिविधिको भण्डाफोर भन्दै जागरण अभियानको घोषणा गरिसकेको छ। हिमाल, पहाड, तराई–मधेस, नेपाली कांग्रेस नाम दिएको जागरण अभियान बैशाख २५ गतेदेखि हुँदैछ।

यार्सा टिप्न नजान शैक्षिक अभियान

यार्सा टिप्ने याम शुरु भएपछि यहाँका बालबालिकालाई पाटनतिर लैजाने क्रम रोक्नका लागि जुम्लाको पातारासी गाउँपालिकाले शैक्षिक अभियान शुरु गरेको छ।

जागरण अभियानबाट जागृत होला नेपाली काङ्ग्रेस?

जागरण अभियानबाट जागृत होला नेपाली काङ्ग्रेस? नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा नागरिक फ्रन्टलाइनमा श्रीराम पौडेल सँग ।

छुटेकालाई वैशाखभरि खोप अभियान

सरकारले नियमित उपलब्ध गराउँदै आएको खोप लिन छुटेका बालबालिकालाई समेट्ने गरी वैशाखभर खोप अभियान सञ्चालन गर्ने भएको छ। वैशाख १ गते सुरु भएको सो अभियान देशभर सञ्चालन भइरहेको परिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बालस्वास्थ्य शाखाले जनाएको छ। कुनै पनि खोप लगाउनबाट बालबालिका नछुटून् भन्ने उद्देश्यले अभियान चलाइएको शाखाले जनाएको छ। सरकारको यो अभियान विगत ९ वर्षदेखि सुरु भएको हो।

कांग्रेसकाे जागरण अभियान सर्‍यो

नेपाली कांग्रेसको हिमाल, पहाड, तराई–मधेश ( हिपतम) अभियान आगामी वैशाख २५ गतेदेखि हुने भएको छ। काङ्ग्रेसले भोलि वैशाख ११ देखि शुरु गर्ने भनेको राष्ट्रिय जागरण अभियान पार्टीका पूर्वकोषाध्यक्ष रामकृष्ण ताम्राकारको निधन भएकाले वैशाख २५ गतेदेखि शुरु गर्न लागेको हो।

जनजागरण कि?

नेपालको लोकतान्त्रिक आन्दोलनको माऊ पार्टी नेपाली कांग्रेस यतिखेर पुनर्जीवनका लागि जनजागरण अभियानमा निस्कँदै छ । लोकतन्त्र दिवसका दिनलाई मानक बनाएर यही वैशाख ११ गतेदेखि देशव्यापी अभियान थाल्ने उद्घोष उसले गरेको छ । नेपालमा चलेका ठूला आन्दोलन र तिनबाट प्राप्त परिवर्तनमा नायक, वाहक तथा निर्णायक बनेको कांग्रेसले विगतमा सम्पन्न तीनै तहको निर्वाचनमा नराम्ररी पराजय बेहोर्न पुग्यो ।

औपचारिकतामै सीमित वर्षमान पुनले अक्षर चिनेको विद्यालयको भर्ना अभियान

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनको घर छेउमा उनले अक्षर चिनेको बालउदय माध्यमिक विद्यालय छ। विद्यालय भौतिक संरचनाका हिसाबले पुर्ण छ। स्कुलमा शिक्षक पर्याप्त मात्रामा छन्। वरपर बस्ती पनि बाक्लो छ तर स्कुलका कक्षा कोठामा विद्यार्थीको सङ्ख्या भने घट्दै भएको छ। देश भर भर्ना अभियान चलिरहँदा यहाँ विद्यालयको ढोका खोलिएको भए पनि भर्ना हुन आउनेको चाप भने छैन। पहिलो दिन

कांग्रेसको जागरण अभियानः गगन अछाम, रमेश चितवन, चन्द्र भण्डारी कालिकोटमा

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानका लागि देशभर प्रतिनिधि खटाएको छ। जागरण अभियान वैशाख ११ बाट सुरु भइ एक महिनासम्म चल्ने छ। कांग्रेसले प्रथम चरणको कार्यक्रमका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको हो।

पौडेलले थाले मुहान संरक्षण अभियान

संरक्षणको अभावले कुवा, पधेरो, पोखरी र तालतलैयाको मुहान बिस्तारै सुक्दै जान थालेका छन्। नदीनालाको सतह क्रमशः घट्दै गएको छ। ग्रामिण बस्तीमा जनघनत्व नहुँदा भएका मुहानले संरक्षण पाएका छैनन्। मुहान आसपासका क्षेत्रमा अत्यधिक दोहन र फडाँनी हुनु मुहान सुक्दै जानुको प्रमुख कारण हो।

निजी विद्यालयको नियमन

नयाँ शैक्षिक सत्र सुुरु भइसकेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी भर्ना तथा विद्यालय स्वागत कार्यक्रम सञ्चालन गर्ने र यसबीच निःशुल्क पाठ्यपुस्तक वितरण गर्नेगरी सबै शिक्षा विकास तथा समन्वय एकाइ र पालिकाहरूमा परिपत्र गरेको छ। विद्यालय जाने उमेरका करिब ३ प्रतिशत बालबालिका अझै शिक्षाको पहुँचभित्र नपुगेको सरकारी आँकडा छ। यी बालबालिकालाई विद्यालय भित्र्याउन गत वर्ष राजनीतिक तहबाट समेत भर्ना महाअभियान नै गरिएको थियो।

भर्ना शुल्क असुल्ने सामुदायिक विद्यालय

रुकुम (पश्चिम)को बाँफिकोट गाउँपालिका ६ मग्माका कविराम विक कक्षा ७ मा भर्ना हुनको लागि मंगलबारे सिद्धार्थ जनता माविमा पुगे।

सात सय १३ स्थानमा पुग्यो बैंक

सरकारले देश संघीयतामा गएपछि अघि सारेको यो अभियानलाई सार्थकता दिन पूर्वाधार निर्माणलगायतमा सहयोग पु-याउँदै आएको छ। सरकारले २०७३/७४ देखि स्थानीय स्थानमा वाणिज्य बैंक पु-याउने अभियान थालनी भएको हो ।

संगठन सुदृढीकरण र सरकारविरुद्ध केन्द्रित

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संगठन सुदृढीकरणका साथै सरकारविरुद्ध तीन चरणको राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले वैशाख ११ गतेबाट तीन चरणको राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न लागेको जानकारी दिएको हो।

विद्यार्थी भर्ना अभियान कति सफल ?

नेपालको खुद भर्नादर ९७.२ प्रतिशत छ। अर्थात् हरेक एक सय जनामा ३ जना बालबालिका स्कुल बाहिर छन्। उनीहरुले पढ्न पाएका छैनन्। स्कुल टेक्नै पाएका छैनन्। यही तथ्याङ्कलाई आधार मानेर शत प्रतिशत विद्यार्थीलाई विद्यालय पठाउने अपेक्षा शिक्षा मन्त्रालयले राखेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्