स्थानीय सम्पदा संरक्षण अभियानको गर्भ हाम्रो सांस्कृतिक चेतनाका अन्तर्यसित नै आबद्ध रहिआएको वास्तविक रहेको यथार्थ हो। लिच्छवि र मल्लकालीन सांस्कृतिक सम्पदा अद्यावधिक रहनु यसको ज्वलन्त प्रमाण रहेको वास्तविकता नकार्न सकिन्न। आवधिक काल समयमा भएका दैवी÷प्राकृतिक प्रकोपले तहस नहस पारेका सम्पदा–संस्कृति तत्कालीन सीप र प्रविधि अनुरूप संरक्षण भई आएको वास्तविक अभिलेख यतैकतै वा विश्वका कुनै भागका संग्रहालयमा सुरक्षित रहन सक्ने सम्भावना पनि उत्तिकै सम्भाव्य खोजिनीतिका पृष्ठ पक्कै हो। यस सम्भावनालाई हामीले आफ्नै सरोकार ठान्नु, मान्नु उपयुक्त नै रहनेछ।
प्रसंग भक्तपुर नगरपालिकाद्वारा नगरको पश्चिमवर्ती १ वडा भार्वाचो परिसर दुधपाटी दक्षिण भेगमा अवस्थित भाजुया÷भाज्या पुखु÷पोखरी सुरक्षण, संवद्र्धन, प्रवद्र्धन गर्ने सिलसिलामा आयोजित विचार–परामर्श–सुझाव संकलन कार्यक्रमको हो। प्राचीन पोखरी जलसंकलन, सुरक्षण, प्रयोग वितरण–उपयोग प्रणाली आदि सम्बन्धमा विस्तृत अध्ययन, अनुसन्धान गरी प्रारम्भिक प्रतिवेदन तयार गर्न टोली गठन गरिएको थियो। लगभग ६–७ महिनाव्यापी अध्ययन, अनुसन्धान गरी टोली नायक डा. पुरुषोत्तम लोचन श्रेष्ठले भ.न.पा.द्वारा आयोजना गरिएको एक दिने छलफल, सुझाव संकलन कार्यक्रममा प्रतिवेदन प्रस्तुत भएथ्यो।
लिखित प्रतिवेदनलाई सार्थक पार्न प्रयोग भए गरिएका श्रव्य–दृश्य साधन माथि टेकेर उपस्थित सहभागी वृन्दले भाज्या (भाजुया) पुखु÷पोखरीको धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक, भौगोलिक, भाषिक–नृतत्वशास्त्रीय दृष्टिका आधारमा सुझाव प्रस्तुत भएको थियो। केही निकटवर्ती समयमा अध्ययन–अनुसन्धान टोलीले भक्तपुर नगरपालिकासमक्ष परिस्कृत प्रतिवेदन प्रस्तुत हुने नै भएको छ।
हेर्दा केही न केही जस्तो रहेको भाजुया÷भाज्या पुखु (पोखरी) उत्खनन, अध्ययन, अनुसन्धानका क्रममा निकै महŒव भएको प्राचीन मृत्तिका निर्माण सामग्री, मूर्ति र आलंकारिक वास्तुकला सामग्री फेला परेका छन्। उत्खननबाट उपलब्ध ती मृत्तिका वास्तु सम्पदा संस्कृति वास्तु सामग्रीले भाजुया÷भाज्या पुखु (पोखरी) का माझखण्ड÷बीच भागमा निर्मित मन्दिरको स्वरूप अनुमान गर्न सघाउँदो छ। यो धारणा अनुसन्धान टोली नेता डा. श्रेष्ठको रहेको छ। अध्ययन अनुसन्धानकै क्रममा उनी र टोलीका सहमति अनुसार ने.सं. ८०१, वि.सं. १७३८ मा नेपाल मण्डलमा ठूलो भूकम्प गएको बताउँछन्। प्रत्येक शताब्दीका सेरोफेरोमा भूकम्प–महाभूकम्प गइरहने वा गई नै रहेको ऐतिहासिक अनुभवले त्यसलाई काल्पनिक प्रलाप मात्र भन्ने ठाउँ रहन दिन्न। कारण, भूकम्पको गर्भगृह भूगोलमा चलिरहने मात्र एकै नभई ज्ञात, अज्ञात तत्वमषि कारक तत्व रहेका भूगर्भविद् बताउँछन्।
संविधानतः नगरपालिका स्वयं स्थानीय सरकार रहेको छ। मेयर भाजु सुनिल प्रजापतिले गोष्ठी आरम्भकै मुहूर्तमा उल्लेख गर्नुभए अनुसार कार्यक्रमको मूल उद्देश्य जनप्रतिनिधि, पुरातत्वविद्, सम्पदाविद्, इतिहासविद्, संस्कृतिविद्, वास्तुकलाविद् र अन्य प्राविधिकलाई आमन्त्रण गरी अध्ययन–अनुसन्धान प्रतिवेदनलाई सुझाव र विचारद्वारा अनुपोषणको अपेक्षा साथ प्रारम्भिक रिपोर्टमा आ–आफ्नो सुझाव, भनाइ राखेर प्रतिवेदनलाई परिमार्जन गर्ने अवसर प्रदान हुने विश्वास गरेको छ।
कार्यक्रमका सहभागीलाई स्वागत सम्बोधन गर्दै भ.न.पा.का उपमेयर रजनी जोशीले भक्तपुर पोखरीको पनि सहर भएकाले जल सम्पदालाई संरक्षण गर्नु भ.न.पा.को कर्तव्य ठान्छ। स्थान विशेषको भूबनोट र स्थानीय गर्मी, सुख्खा मौसमलाई शितल वाष्पिय वातावरण बनाउनको साथै मनोरञ्जन, धार्मिक महत्व, माछा, हाँस पाल्न, भवितव्यवस हुने आगजनी मुक्ति, स–साना जनावर र वस्तुभाउका लागि पिउन, वर्षात्को पानी संकलन गर्नुको साथै आसपासका इनार, कुवा, ढुंगेधारा, सहायक पोखरीलाई अनुपोषण गर्न यी मौलिक–परम्परागत पानी संकलन, उपयोग प्रविधि संरक्षण र पुनर्निर्माणअन्तर्गत भाजु पोखरीको महत्व उल्लेख छ।
स्थानीय मौलिक कुनै पनि सम्पदा संरक्षण, जीर्णोद्धार, पुनर्निर्माण, संवद्र्धन, संस्थापन कार्यमा प्रत्यक्ष रूपमा दत्तचित्त रहनु स्थानीय सरकारको वैधानिक दायित्वपूर्ण सरोकारै हो। स्थान विशेषको मौलिक पर्यावरणीय सम्पदा अनुकूल एवं अनुरूप स्थानीय यावत् संस्कृतिजन्य सम्पदा जगेर्ना गर्नु दायित्व बोक्ने भएकै पृष्ठभूमिमा स्थानीय निकायलाई पालिका नामाकरण गरिएको अनुभूत हुन आउँछ। भक्तपुर नगरपालिकाको यो चासो समय सापेक्ष हुने नै भयो दुविधा रहन्न यसमा। निर्विवाद सत्य रहेको छ। एक दिने गोष्ठीमा प्रस्तुत प्रतिवेदन मूल प्रतिवेदनको सार–संक्षेप भएकोले भाजुया पुखु काठमाडौंस्थित रानीपोखरी भन्दा ५०० वर्ष पुरानो रहेको उल्लेख छ।
तिथिमितिगत दृष्टिकोणले जेठो कान्छोपनलाई बहस नबनाई दुवै पोखरी बीच निर्मित÷स्थापित मन्दिरका मूलभूत तात्विक स्वरूप नितान्त महत्वका साथ सारगर्भित रहेको अनुभूत हुन्छ। भाजुपुखुको मध्य भागमा रहेको चतुष्कोण रुपि शिखर शैलीमा निर्मित प्राचीन स्थापत्य सम्पदा मान्त्रिक, तान्त्रिक एवं यान्त्रिक दृष्टिकोणका आधारले समेत वर्चस्वशाली देखिन्छ। मान्त्रिक तत्व पूर्वीय सभ्यता–तन्तु रहेको छ। दार्शनिक आधार–तन्तुले जीवन दर्शनलाई इंगित गर्छ। जीवन–दर्शनले श्रृष्टि, स्थिति र अन्त्यलाई संकेत गर्दछ। सृष्टि शब्दले उत्पत्ति क्रियालाई बुझाउँछ। यस रहस्यलाई विम्वात्मक÷प्रतीकात्मक तवरले संकेत गर्ने वस्तुतत्वलाई हाम्रा गम्भीर रहस्य बोध मन्दिरको जगको मध्यभागको जगको मूल–गर्भ गृह बने÷बनाइएको हुन्छ। भाजु पुखु÷भाजुया पुखुको उत्खननमा फेला परेका चतुष्कोण कुण्डमा यिनै रहस्य उद्घाटित भएको छ। यो नितान्त महŒवका उपलब्धि ठहर्छ– निर्विवाद तवरले।
गर्भगृह पूर्वीय जीवन–दर्शनकै नितान्त महत्वपूर्ण पक्ष रहे–बनेको तन्त्र विद्याको एक मूर्त पक्ष रहेको छ। मन्दिर निर्माणको आधारभूत यन्त्र साधना हो। जीवन–दर्शनका आधारभूत तत्व भनेकै मन्त्र हो। मन्त्र भन्नु सिद्धान्त नै हो। जसरी राजनीति कुनै न कुनै सिद्धान्तमा आधारित छ, त्यसरी नै हाम्रा पूर्वीय जीवन पनि कुनै दर्शनमा आधारित रहेकै छन्। जीवनको कुनै न कुनै मातृकोषबाटै उद्भव भएको हुन्छ। मन्दिरको निर्माण र उत्थान पनि गर्भ–गृहमै शिलान्यास भए गरिएरै मात्र हुन्छ। जीवन र मन्दिरलाई तादात्म्य दृष्टिले विवेचना विश्लेषण गर्दा यसरी सार्थकता उपलब्ध हुन आउँछ। यसलाई अनेक आयामबाट विवेचना गर्न नसकिने होइन। आयामिक विश्लेषण गर्नु युग धर्म बन्छ। समयको गतिसितै युग धर्म स्थापित हुनछ, निर्माण भइरहन्छ। त्यसैले एकै तत्वलाई युग–युगमा युगीन परिभाषा र विश्लेषण भए गरिएकै हुन्छ।
वैदिक जीवन दर्शनमा आधारित हाम्रा पूर्वीय निर्माण शैलीका मूल÷केन्द्रविन्दु बनेको गर्भगृह व्युत्पत्तिका मूल विन्दुस्थल हो। मूल विन्दुस्थल बनेको गर्भगृहमा सबैभन्दा पहिले गरिने वैदिक विधि विधान यज्ञाहुति रहे÷बनेको छ। यज्ञ आहुति गर्ने अभिभारा ब्रम्हज्ञानी ब्राम्हण वा समकक्षी पुरोहित, कर्माचार्य, खगोलविद् ज्योतिषीहरूकै सामूहिक प्रयासमा पूरा गर्ने मान्यताजन्य प्रथा रहेको ऐतिहासिक परम्परा छ। यज्ञाहुति गर्दा त्रिकोणात्मक यन्त्राकार स्वरूपमा विशेष कोटीका काठका कप्टेरा प्रयोग गरिन्छ। यन्त्राकारले मातृकोषका बाह्य रूपका त्रिकोणात्मक द्वार अर्थात् योनि वा शक्तिपीठलाई प्रतिनिधित्व गर्छ। यसकारण ‘पुर्खाले आर्जेको श्री सम्पत्ति हाम्रो कला–संस्कृति’ मन्त्रलाई जीवन्तरुपमै सार्थकता प्रदान गर्ने भाजुपुखु पुनर्निर्माण अभियानसितै पुनरुत्थान गर्नु नितान्त सार्थक बन्ने देख्छु।
मातृसत्तात्मक त्रिकोण गर्भगृहको मूल प्रवेशद्वारको मुहान मानिनु शाश्वत सत्य नै रहे÷बनेको छ। सृष्टिको मूलद्वारमय बनेको विश्वव्यापी सत्य तथ्य बनेको स्पष्ट छ। शक्तिपीठमय विश्व सृजनालाई प्रतिबिम्बित गर्न हाम्रा पूर्वीय जीवन दर्शनमा आधारित तान्त्रिक विधि यस्तै रहेको छ। यी तथ्यलाई नियालेर भाजु पुखु (भाज्यापुखु) को केन्द्रस्थलमा पुनर्निर्माण गरिने शिखरशैलीको मन्दिरका मूलाधार गर्भगृह–जगीच यज्ञाहुति गरी पुनरारम्भ गर्नु नितान्त समकालिन प्रयास ठहरिनेछ। यसरी परम्परागत धरातलीय पूजन संस्कारलाई पुनर्रुत्थान गर्दा वर्तमान युवा पुस्तालाई जागरुक बनाई आगामी पुस्ता र पिँढीलाई पुनर्जागरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्छ, निर्विवाद रूपमा।
सांस्कृतिक सम्पदाको मूल आधार जगै हो। गर्भगृहको चारैतिर अग्राखे काठका सत्तरी चुक्कुल प्रविधि अनुसार निर्मित रहेका छन्। अन्वेषणबाट फेला परेका मण्डपशैलीमा निर्मित जलेश्वर मन्दिरको सदियौं शताब्दी पौराणिक सत्यतथ्य उद्घाटन हुन सकेको छ। यहाँ उल्लेखनीय प्रसंग ती ठूला सत्तरीका काठहरु गर्भगृहमा गरिएका यज्ञाहुति सकिसके पछि नै स्थापित भए÷गरिएका हुनुपर्छ; नत्र यज्ञाहुतिका राँकोले अग्राखका काठ जलाउन सक्ने थियो ! यो पनि तन्त्रसाधनाका एउटा विधि जँचिन आउँछ– तान्त्रिक विधि !
अन्त्यमा भाजुपुखु प्रतिवेदनमाथि भएको अन्तरक्रियामा विद्वान सहभागी महानुभाव धेरै जनाले आफ्ना विचार प्रस्तुत गरेकामध्ये दुई बुँदा उल्लेख गर्ने जमर्को गर्न चाहेँ।
पुरातत्व विभागका पूर्वमहानिर्देशक भेषनारायण दाहालको प्रतिवेदनमा उल्लेख भएका शिखरशैलीमा निर्माणार्थ प्रस्तावित जलेश्वर मन्दिर त्रिशुत्र, पञ्चशुत्र, सप्तशुत्रमध्ये कुन पर्छ तिनको पनि निक्र्यौल हुनु राम्रो हुने विचार व्यक्त गर्नुभएको थियो। हालै गोरखापत्र र द राइजिङ नेपाल दैनिकमा छापिएको भक्तपुर दरबार परिसरमा पुरातत्व विभागबाट पुनर्निर्माण भए गरिएका केदारेश्वर महादेव मन्दिर त्रिशुत्र÷त्रिशुत्र शृंगारयुक्त छ। मन्दिरको छायांकृत बिम्ब यस्तो छ।
गोष्ठी कार्यक्रमको मन्तव्य क्रममा यसै पंक्तिकारले भाजुया पुखु कसरी भाज्या पुखु हुन पुगे तिनलाई पनि भाषिक संस्कार र संस्कृतिका आधारमा विवेचना गर्नु सान्दर्भिक हुने विचार पस्काएथे। नेपालभाषामा त्यो बेला मात्र होइन, अहिले पनि अक्षर जोडेर छोटो–मोटो पार्ने चलनचल्तीमा छ। त्यसै अनुरूप भाषिक शब्द बनाउने संस्कार अद्यावधिक नै छ। फलतः भाजुया पुखु भाज्यापुखु जनजिब्रोमा टाँसिन पुगेको पुग्यै छ। हेर्दा केही न क्यैजस्तो लाग्ने यो झिनो मसिनो प्रसंग नृतत्वशास्त्रीय (अचेल धेरैजसो मानवशास्त्र भनिन थालेको) दृष्टिकोणबाट मार्मिक र महत्वपूर्ण लाग्छ। कारण भाषा सबै संस्कृतिका पनि मूल संस्कार र संस्कृति जँचिएको छ।
प्रकाशित: २८ वैशाख २०७६ ०४:०४ शनिबार