१५ मंसिर २०८१ शनिबार
image/svg+xml
विचार

चीनको अभियान

सांस्कृतिक क्रान्तिका नाममा सम्पदा तहसनहस बनाउने चीनयतिबेला सांस्कृतिक सम्पदालाई आफ्नोे पहिचान बनाउन उद्यत छ। सन् १९६६ देखि १९७६ सम्म चीनमा सांस्कृतिक क्रान्ति चलेको थियो। पुराना ऐतिहासिक र सांस्कृतिक महत्वका सम्पदाहरूलाई खोजी खोजी ध्वस्त बनाउने अभियान चलेका बेला चीनका वर्तमान राष्ट्रपति सी चिनफिङ किशोरथिए। उनका बुबा उपप्रधानमन्त्री भए पनि जेलमा हालिएको थियो र किशोर सीलाई माध्यमिक तह अध्ययन पूरा गर्नासाथ श्रमशिवर पठाइएको थियो। चिनियाँ संस्कृति बदल्ने विध्वंसात्मक क्षणलाई किशोरावयमै देखेका तीनै सी चिनफिङ यतिबेला चीनका राष्ट्रपति छन् र उनी चिनियाँ संस्कृतिलाई विश्वव्यापी बनाउने अभियानमा लागेका छन्।

चिनियाँ संस्कृति विश्वका प्राचीन सभ्यतामध्ये एक हो। चिनियाँ सभ्यताको इतिहास ५ हजार वर्षभन्दा लामो छ। पूर्वी एसियामा चिनियाँ संस्कृति र सभ्यताले चीनबाहिर पनि विशाल प्रभाव पारेको छ। जापान, कोरिया, थाइल्यान्ड, भियतनाम, मंगोलिया, कम्बोडिया, सिंगापुर, मलेसियालगायतका पूर्वी एसियाली मुलुकले अँगालेका संस्कृति र सभ्याताको उद्गम थलो चीन हो। उल्लिखित पूर्वी एसियाका मुलुकहरूले मनाउने नयाँ वर्षपोसाक, खाना, सामाजिक चालचलनजस्ता कैयौँ कुराचिनियाँसँग हुबहु मिल्छन्। पाँचहजार वर्षको सभ्यता र संस्कृति बोकेको चीन विश्व समुदायसँग सांस्कृतिक आदानप्रदानमा उदार बनेको छ। त्यही चिनियाँ उदारताको पछिल्लो उदाहरण हो– चीनले आयोजना गरेको एसियाली सभ्यता संवाद सम्मेलन।

सन् २०१५ मा चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनको दक्षिणी टापु हाइनानमा आयोजित पोआवो एसिया मञ्चमाएसियाली सभ्यता संवाद सम्मेलनको प्रस्ताव गरेका थिए। उनले प्रस्ताव गरेको ४ वर्षपछि सम्मेलन आयोजना गर्नचीन सफल भएको हो। सम्मेलनमा ४७वटा एसियाली मुलुक र अन्य थुप्रै गैरएसियाली मुलुक सहभागी छन्। केही मुलुकबाट त राष्ट्रप्रमुख अथवा सरकार प्रमुख पनि सहभागी भएका छन्।

एसियाली सभ्यता संवाद सम्मेलनमार्फत चीनले विश्वमा सांस्कृतिक प्रभाव विस्तार गर्ने मनसाय राखेको छ ।

बेइजिङमा चालु एसियाली सभ्यता संवाद सम्मेलनमा चीनले चलाखीपूर्वकबिआरआईका अजेन्डा घुसाएको छ। बिआरआईमा सहभागी नभएका मुलुकहरूलाई आकर्षित गर्नचीनले बिआरआई नभनिकनै त्यस्ता अजेन्डा प्रवेश गराएको हो। हुनत बिआरआईको थालनी पनि प्राचीन रेशमी मार्गको सांस्कृतिक तथा आर्थिक गतिविधिलाई पुनः सक्रिय बनाउनभएको हो।त्यसकारण यी दुवै अभियानमा केही साझा पक्ष छन्। एसियाली सभ्यतामा चीनपछि भारतको महŒव रहन्छ। बिआरआईमा छुटेको भारतलाई चीनले एसियाली सभ्यता संवाद सम्मेलनको नामबाट जुटाएको छ।

भारत र चीनजस्ता विशाल मुलुकको बीचमा नेपाल छ। यी दुई अर्थशक्ति विश्व सभ्यता र संस्कृतिमा पनि समृद्ध छन्। तसर्थयी मुलुकको बीचमा रहनु नेपालका लागि गौरव र अवसर पनि हो। दुवै मुलुकको आर्थिक वृद्धिले नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छन्। दुवै मुलुकको विकासका बाछिटानेपालमा पुग्छन्। अनि दुवै मुलुकका पर्यटक नेपाली अर्थतन्त्रका सबैभन्दा महŒवपूर्ण आधार हुन्। यस पृष्ठभूमिमा दुवै देश सँगै रहेको साझा मञ्चमा उभिनबाट नेपाल चुकेको छ।

चीनले आयोजना गरेको एसियाली सभ्यता संवाद सम्मेलनले सांस्कृतिक पर्यटन विषय उठाएको छ। सांस्कृतिक पर्यटन नेपाली अर्थतन्त्रको मेरुदण्ड हो। नेपालले अन्तर्राष्ट्रिय समुदायमा अहिलेसम्म सांस्कृतिक पर्यटनको सानो अंश मात्र प्रवद्र्धन गर्नसकेको छ। भारतबाट हिन्दु र चीनबाट बौद्ध समुदायलाई सांस्कृतिक कोरिडर बनाएर व्यवस्थित गर्ने हो भने नेपालसँग अथाह सम्भावना छ। काठमाडौँ उपत्यकाको सानो क्षेत्रमै सातवटा विश्व सम्पदा सूचीमा रहेका सांस्कृतिक धरोहरछन्। यस्तो संयोग विश्वमा अन्त कतै पनि छैन। भगवान् बुद्धको जन्मस्थल लुम्बिनीलाई युनेस्कोले विश्व सम्पदा सूचीमा राखे पनि भारतले बारम्बार लुम्बिनी भारतमा पर्छभन्दै भ्रम छर्ने काम गरिरहेको छ। चिनियाँ पाठ्यक्रममा पनि शाक्यमुनि बुद्धको जन्म भारतमा भएको हो भन्ने कुरा उल्लेख थियो÷छ। यस्तो अवस्थामा लुम्बिनी जान चाहने चिनियाँ र भारतीय पर्यटक वञ्चित भएका छन्। फलतः नेपाली पर्यटन व्यवसायले ठूलो क्षति बेहोर्दै आएको छ। तसर्थबेइजिङमा बुधबार सुरु एसियाली सभ्यता संवाद सम्मेलनले सांस्कृतिक पर्यटन विषय उठाएर नेपाललाई राहत दिएको छ। दुर्भाग्यवश, यो सम्मेलनमा नेपालको सरकारी स्तरबाट कुनै सहभागिता छैन।

बेइजिङमा बुधबार सुरु एसियाली सभ्यता संवाद सम्मेलनले सांस्कृतिक पर्यटन विषय उठाएर नेपाललाई राहत दिएको छ । दुर्भाग्यवश, यो सम्मेलनमा नेपालको सरकारी स्तरबाट कुनै सहभागिता छैन ।

चीनले अगाडि सारेको बिआरआईमा भारत सहभागी नभए पनि एसियाली सभ्यता संवाद सम्मेलनमा भने ऊ निकै सशक्त रूपमा उपस्थित भएको छ। यो अवसर सदुपयोग गर्दै नेपालले कैलाशबाट मुक्तिनाथहुँदै लुम्बिनी र भारतको बोधगया जोड्ने सांस्कृतिक कोरिडर प्रस्ताव गर्नसक्थ्यो। नेपालले प्रस्ताव गर्ने यो कोरिडरमा भारत पनि खुसी हुन्थ्यो किनभने कैलाश दर्शनमा जाने हिन्दु पर्यटकमा नेपालीभन्दा बढी भारतीय हुने गर्छन्। चीन र भारत दुवै मुलुकको हितमा रहेको यो सांस्कृतिक कोरिडरले सबैभन्दा बढी नेपाललाई फाइदा गर्छ। दुवैतर्फबाट पर्यटकको हब नेपाल बन्ने कुरामा दुईमत रहँदैन।

चिनियाँ संस्कृतिमा नेपालका थुप्रै पहिचानछन्। चीनका प्रायः गुम्बामा रन्जना लिपि देख्न पाइन्छ। चीनका ग्रेटवालदेखि प्रख्यात सांस्कृतिक स्थलसम्मछापिएका रन्जना लिपि नेपालबाट आएको हो भन्ने कुरा चिनियाँलाई थाहै छैन। अलिअलि संस्कृति र इतिहास जानेका चिनियाँले थाहा पाए पनि त्यो सत्यलाई स्वीकार गरेको देखिँदैन। सातौँ शताब्दीमा भृकुटीले चीनमा ल्याएकी थांकाहरू अहिले पनि तिब्बतमा सुरक्षित छन्। अरनिकोले बनाएका चैत्य र मूर्तिहरू चीनमा छँदैछन्। तर ती कुराको पछाडि नेपालको नाम जोडिएको तथ्य बेवास्ता गरिँदा नेपालको सांस्कृतिक पहिचान लुकेको छ।

प्रत्यक्ष र अप्रत्यक्ष रूपमा छिमेकी दुई विशाल मुलुकले नेपालको संस्कृति दबाउने कार्य गरिरहेका बेला एसियाली सभ्यता संवाद सम्मेलनमा नेपालले सरकारी स्तरबाट राम्रो तयारी गरेर उपस्थिति जनाउन सक्नुथ्र्याे। नेपालले आफ्ना कुरासशक्त रूपमा राख्ने र नेपालका विविध संस्कृति प्रचार गरी एसियाली मुलुकलाई आफूतिर आकर्षित गर्ने एउटा महत्वपूर्णअवसर पनि गुमाएको छ।

एसियाली सभ्यता संवाद सम्मेलनमार्फत चीनले विश्वमा सांस्कृतिक प्रभावविस्तार गर्ने मनसाय राखेको छ।व्यापारिक द्वन्द्वबाट चिनियाँ अर्थतन्त्रलाई अमेरिकाले कडा टक्कर दिइरहेको छ। शीतयुद्धजस्तो अवस्था नरहे पनि विश्वमा बढ्दै गएको चिनियाँ प्रभावबाट अमेरिकालाई जलन भएको छ। त्यसमाथि चीनले सांस्कृतिक सहकार्य र आदानप्रदानका नाममा अन्य एसियाली मुलुकसँग सहकार्यको हात बढाएपछि अमेरिका एक्लिएको छ। किनभने अमेरिकासँग ५ सय वर्षको पनि सांस्कृतिक इतिहास छैन र उसले अन्य मुलुकसँग चीनले जस्तो सहकार्यर आदानप्रदानको नारा घन्काउन पनि सक्दैन। अर्थतन्त्रमा अमेरिकाको पेलान भोगेरै हुनसक्छ– चिनियाँ राष्ट्रपति सी चिनफिङले एसियाली सभ्यता संवाद सम्मेलन उद्घाटन सत्रलाई सम्बोधन गर्दै भनेका छन्– ‘मानव जातिले साझा चुनौतीसामना गर्न आर्थिक तथा वैज्ञानिक शक्ति मात्र नभई सांस्कृतिक सभ्यता शक्ति पनि चाहिन्छ।’ यो भनाइको अमेरिकाप्रति लक्षित छ।लोकप्रिय नारा ल्याएर आफ्नोे वरिपरी झुलाउन चीन चतुर छ। उसले सधैँ विकासोन्मुख मुलुकका लागि भनेर कार्यक्रम लक्षित गर्छ। विकासोन्मुख मुलुकसमेट्ने र उनीहरूको हितमा भनेपछि ती मुलुक त तानिने भई नै हाले, विकसित मुलुकले पनि विरोध गर्न सक्दैनन्।

विश्वको दोस्रो अर्थतन्त्र बनेको चीनले सांस्कृतिक रूपमा पनि आफ्नोे प्रभाव विस्तार गर्ने नीति अँगालेको छ। पैसा र हतियारबाट विश्वमा प्रभाव विस्तार गर्ने अमेरिकाको पुरानो नीति हो। अर्को मुलुकको राजनीतिक परिपाटीमा हस्तक्षेप गर्ने र आफ्नोे स्वार्थसिद्ध गर्ने अमेरिका विश्वबाटै अलोकप्रिय बनिरहेको छ। त्यसमाथि उसलाई चीनको सुधार र खुलापन नै टाउको दुखाइ बनेको छ। विश्वमा एकछत्र प्रभाव जमाइरहेको अमेरिकी ‘हार्डपावर’लाई खुलापन र सुधार गरेको केही दशकमै चीनले ‘सफ्टपावर’मार्फत भत्काइदिएको छ। कुनै पनि मुलुकको राजनीतिक व्यवस्था र शासनसत्तामा कहिल्यै हस्तक्षेप नगरिकन सहयोग र साझेदारी गर्दै चीनले आफ्नोे प्रभाव बढाउँदै लगेको छ। विभिन्न मुलुकमा विस्तार गरिएका चिनियाँ भाषा प्रशिक्षण कार्यक्रम, चिनियाँ चलचित्र प्रदर्शन, चिनियाँ चाडपर्वका विधि, शिक्षा तथा प्रविधिमा सहयोग र पूर्वाधार विकासमा गरेको हातेमालोले चीनलाई त्यस्ता मुलुकले सहजै स्वीकार गरेका छन्।

सांस्कृतिक क्रान्तिको अवसानसँगै सुरु भएको सुधार र खुलापनकै बागडोर समाएर सी चिनफिङले चिनियाँ सभ्यता अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउँदैछन्। चीनमा व्यापक प्रचार गरिएको सी चिनफिङ युगलाई ब्रिक्स, एपेक, साङहाई सहयोग संगठन, बिआरआई, पोआवो एसिया मञ्च, जिबिस समूह, आसियानलगायतका अन्तर्राष्ट्रिय मञ्चमार्फत विश्वव्यापी बनाउने प्रयास सुरु भएको छ। (लेखक चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सिआरआई) नेपाली सेवा, बेइजिङमा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्।) 

 

प्रकाशित: २ जेष्ठ २०७६ ०३:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App