८ आश्विन २०८१ मंगलबार
image/svg+xml

पर्शुराम मृत्यु घटनाको छानबिन गर्न परिवारको माग

तत्कालीन २ नम्बर बाहिनीपती यमप्रसाद ढकालसहित १४ जना विरुद्ध छानबिन गर्न माग गर्दै दिएको किटानी जाहेरी जिल्ला प्रहरी धनकुटाले लिन अस्वीकार गरेपछि हुलाकमार्फत जाहेरी पठाएको कमलाले पत्रकार सम्मेलन मार्फत जानकारी गराइन्।

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच सहायक रथी सन्तोष कुमार ढकाल र सहायक रथी सहदेव खड्कालाई उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

नेपाली सेनाले भारतीय सेनालाई दियो बुद्धको प्रतिमा र मास्क

नेपाली सेनालेभारतीय सेनालाई बुद्धको प्रतिमा र एक लाख थान मास्क प्रदान गरेको छ। नेपाल भ्रमणमा रहेका भारतका स्थलसेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले सैनिक मुख्यालय जङ्गीअड्डामा आज आयोजित कार्यक्रममा नेपाली सेनाले नेपालमा निर्मित कोभिड–१९ जोखिम नियन्त्रणका लागि प्रयोग हुने एक लाख थान मास्क भारतीय सैनिकलाई सहयोगस्वरुप उपलब्ध गराएको छ।

सैनिक अधिकारीसमेत रहेका राजकुमार हिमाल चढ्दा किन दिइएन सेनालाई जानकारी ?

सोलुखुम्बुमा रहेको आमादब्लम हिमाल आरोहण गर्न कतारका राजकुमार शेख मोहमद विन अब्दुल्ला आधार शिविर पुगेपछि नेपाली सेना सहितको सुरक्षाकर्मीले त्यहाँ सर्भिलेन्स गरिरहेको छ।

सेनाको पृतनापति समन्वयत्मक बैठक कार्तिक पहिलो साता

कोरोना महामारीका कारण स्थगित भएको नेपाली सेनाको पृतनापति समन्वयत्मक बैठक हुने भएको छ। सेनाले कार्तिक २ गतेदेखि ४ गतेसम्म पृतनापति समन्वयत्मक बैठक गर्न लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

विदेशी भूमि प्रयोग गर्नुपर्ने बाध्यता हट्यो: सेना

नेपाली सेनाले घाँटीबगड–छाङरु गोरेटो र घोडेटो बाटो खनेर सोमबार स्थानीय तहलाई हस्तान्तरण गरेपछि त्यस क्षेत्रका जनतालाई महाकाली वारी किनारै– किनार भएर आवत–जावत गर्न सुबिधा भएको हो।

सैनिक–नागरिक सम्बन्धका कार्यक्रम

रसुवामा तैनाथ कालीजङ्ग गणले गोसाईँकुण्ड गाउँपालिका–५ बुद्ध मन्दिरदेखि गोसाईँकुण्डसम्मको दुई दशमलव ५८ किलोमिटर पद मार्गमा रेलिङ निर्माण गरेको छ।

नेपाली सेनाद्वारा विद्यालय भवन निर्माण

चन्दननाथ नगरपालिका–२ स्थित कर्णाली माध्यमिक विद्यालय अनामनगरमा नेपाली सेनाले भवन निर्माण गरिदिएको छ।

सेनामा भगौडा र उपदानमा जानेको सङ्ख्या ठूलो

नेपाली सेनामा पछिल्लो समय पेन्सन नै नभई सेवा छाड्नेको सङ्ख्या निकै ठूलो रहेको पाइएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार अघिल्लो आर्थिक वर्षमा मात्रै एक हजार ६३२ जनाले पेन्सन नभई बीचमै सेवा छाडेका थिए।

नेपाली सेनालाई भारतले दियो १० वटा आइसीयु भेन्टिलेटर

भारतीय सेनाले नेपाली सेनालाई दशवटा आइसीयू भेन्टिलेटर उपहार स्वरुप प्रदान गरेको छ। ति सामान आइतबार नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधान सेनापति पूर्णचन्द्र थापालाई जङ्गी अड्डामा आयोजित कार्यक्रममा हस्तान्तरण गरे।

सैनिक कल्याणकारी कोषको जोखिममा रहेको ८० करोड रुपैयाँ उठ्यो

नेपाली सेनाले सैनिक कल्याणकारी कोषको जोखिममा रहेको रकममध्ये करिब ८० करोड रुपैयाँ उठाएको छ । सेनाले पछिल्लो समय आफ्नो जोखिममा रहेको रकम उठाउनका लागि गरेको प्रभावकारी व्यवस्थापन र लिएको निक्षेप नीति कारण रकम उठेको सेनाले बताएको छ । शुक्रबार कल्याण्कारी कोषले जंग्गीअड्डामा पत्रकार सम्मेलन गर्दै विगत वर्षहरूमा कोषको करिब ८५ करोड रुपैयाँको हाराहारीमा निक्षेप जोखिम रहेकोमा ८० करोड उठाएको जनाएको हो ।

सेनाले छानेको परामर्शदाता विश्व बैंकको कालोसूचीमा

हालै विश्व बैंक जोडिएको कुनै पनि आयोजनामा सहभागी हुन नपाउनेगरी युसनमाथि प्रतिबन्ध लागेपछि सेनाको छनोटमाथि नै गम्भीर धक्का लागेको छ।

सेनाको प्रवक्तामा सहायकरथी पौडेल

नेपाली सेनाका प्रवक्ताको जिम्मेवारी सहायकरथी सन्तोषबल्लभ पौडेलले पाएका छन्। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा आज आयोजित कार्यक्रममा उनले जिम्मेवारी सम्हाले।

नेपाली सेनाको सहयोगमा हेलिप्याड

प्रदेश न. ५ सरकार आन्तरीक मामिला तथा कानुन मन्त्रालयको सबै पालिकामा हेलिप्याड बनाउने योजना अनुसार रोल्पाका ५ स्थानीय तहहरुमा हेलिप्याड निर्माण गरिएको छ ।

नेपाली सेनामा अवकाशप्राप्त ९ सैनिकलाई जागिरकाे अवसर

ती पदमा नेपाली सेनाबाटै निवृत्तिभरणमा अवकाशप्राप्त व्यक्ति माग गर्दै कल्याणकारी निर्देशनालय, जंगी अड्डाले शुक्रबार सूचना प्रकाशन गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्