१६ चैत्र २०८० शुक्रबार
अर्थ

सैनिक कल्याणकारी कोषको जोखिममा रहेको ८० करोड रुपैयाँ उठ्यो

नेपाली सेनाले सैनिक कल्याणकारी कोषको जोखिममा रहेको रकममध्ये करिब ८० करोड रुपैयाँ उठाएको छ । सेनाले पछिल्लो समय आफ्नो जोखिममा रहेको रकम उठाउनका लागि गरेको प्रभावकारी व्यवस्थापन र लिएको निक्षेप नीति कारण रकम उठेको सेनाले बताएको छ । शुक्रबार कल्याण्कारी कोषले जंग्गीअड्डामा पत्रकार सम्मेलन गर्दै विगत वर्षहरूमा कोषको करिब ८५ करोड रुपैयाँको हाराहारीमा निक्षेप जोखिम रहेकोमा ८० करोड उठाएको जनाएको हो ।  

जोखिम घटेर अहिले साँवा रकम ५ करोड २ लाख ६६ हजार मात्रै रहेको कोषका निर्देशक सागरबहादुर केसीले बताए । विश्वव्यापी कोरोनाका कारण देशको अर्थतन्त्रमा नराकारात्मक असर परेपनि सैनिक कल्याणकारी कोषको आर्थिक गतिविधिहरू सन्तोषजनक रहेको कोषले जनाएको छ । कोषमा २०७६ असार मसान्तसम्म ३८ अर्ब ५७ करोड ६१ लाख रहेकोमा अहिले १८ दशमलव ९० प्रतिशतले वृद्धि भइ ४५ अर्ब ८६ करोड ८० लाख पुगेको उनले बताए । कोषको अहिलेको यथार्थ सम्पति भने हाल रु ५१ अर्ब ६१ करोड चार लाख पुगेको छ ।

कोष र अन्तर्गतका निकायको फछ्र्याैट गर्न बाँकी बेरुजु अब ७ करोड ४३ लाख ९४ हजार रुपैयाँ रहेको छ । महालेखापरीक्षकको कार्यालयको ५६ औं वार्षिक प्रतिवेदन अनुसार उक्त कोषको गत आर्थिक वर्षमा १२ करोड ७० लाख २३ हजार बेरुजु फछर्याैट भएको छ । 

प्रकाशित: १६ श्रावण २०७७ १५:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App