१९ पुस २०८२ शनिबार
image/svg+xml

ट्रम्पको इरानलाई धम्की : प्रदर्शनकारी मारिए अमेरिका उद्धारमा आउँछ, तेहरानले जवाफमा के भन्यो ?

ट्रम्पले शुक्रबार यदि शान्तिपूर्ण प्रदर्शनकारीहरूमाथि गोली चलाएर मारिए अमेरिका उनीहरूको उद्धारमा आउने धम्की दिएका थिए।

प्रतिनिधिसभा चुनाव: ५१ थरी सामग्री जुटाउँदै निर्वाचन आयोग

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि आवश्यक ५१ थरी सामग्री जुटाउने प्रक्रियामा निर्वाचन आयोग लागेको छ।

ताप्लेजुङको फलैँचा आसपास केन्द्रविन्दु भएर भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६ः१३ मिनेट जाँदा चार दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो।

कालीमाटीमा यस्तो छ कृषि उपजको थोक मूल्य

रायोसाग प्रतिकिलो रु ४०, पालुङ्गो प्रतिकेजी रु ८०, चमसुर प्रतिकिलो रु ८०, तोरीको साग प्रतिकिलो रु ५०, मेथीको साग प्रतिकिलो रु ८०, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु ९०, तरुल प्रतिकिलो रु ७०, च्याउ (कन्य) प्रतिकिलो रु १२०, च्याउ (डल्ले) प्रतिकिलो रु ४०० र कुरिलो प्रतिकिलो रु २,४०० निर्धारण गरिएको छ।

एनभिए महिला तथा पुरुष भलिबल: न्यु डायमन्ड र पुलिस फाइनलमा

डिफेन्डिङ च्याम्पियन हेल्प नेपालले शनिबार नै उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

नतिजा सुधार्न सिदिङ्वाको पहल : विद्यार्थी-शिक्षक सम्मानदेखि भ्रमणसम्मको अवसर

ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले शैक्षिक नतिजा तथा शैक्षिक गतिविधिको उचित कार्यान्वयनका आधारमा विद्यालयलाई अनुदानदेखि १० उत्कृष्ट शिक्षकलाई शैक्षिक भ्रमणसम्मको कार्यक्रम अघि सारेको छ।

जगन्नाथको मूर्ति काठकै किन?

भगवान् जगन्नाथ, बलभद्र र सुभद्राका मूूर्तिहरू निमको काठबाट बनेका हुन्छन्। हिन्दु धर्ममा निमलाई धेरै पवित्र र औषधीय गुणयुक्त वृक्ष मानिन्छ।

ग्रोकमाथि बाल यौन शोषणको ‘घिनलाग्दो’ आरोप : ‘बिकिनी’ तस्बिर भाइरल, छानबिनको माग

यसअघि पनि ग्रोकले यौनजन्य सामग्री सिर्जना गरेपछि विवाद भएको थियो। प्रयोगकर्ताहरूले ग्रोकलाई बालबालिकाको छविमा यौनजन्य परिवर्तन गर्न लगाउने घटनाहरू बढ्दै गएपछि विश्वव्यापी आलोचना बढेको छ।

पोखरा–मुग्लिन सडक आयोजना : पश्चिम खण्डको तेस्रो पटक म्याद थप

पृथ्वीराजमार्ग अन्तर्गत पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नति योजना (पश्चिम खण्ड)को तेस्रो पटक म्याद थप गरिएको छ।

म्याग्दीको मुनादेखि बागलुङको ढोरपाटन उपत्यकासम्म सवारी साधन पुग्यो

हाल प्रयोगमा आइरहेको बागलुङदेखि ढोरपाटन जोड्ने सडकको दूरी एक सय २६ किमी छ।

गुल्मीमा चरा प्रजातिको सङ्ख्या ३५५ पुग्यो

थप ३० नयाँ प्रजातिको चरा फेला परेसँगै हालसम्म जिल्लामा प्राप्त चरा प्रजातिहरूको सङ्ख्या जम्मा ३५५ पुगेको छ।

आजदेखि एक महिने स्वस्थानी व्रत र माघ स्नान सुरु

आजदेखि वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर यी देवीदेवताको पूजा आराधना सुरु गर्दैछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्