५ आश्विन २०८१ शनिबार
image/svg+xml

संसदीय दलको नेतामा गगन उठने पक्का,शेखर र गगनबीचको वार्ता जारी

नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले पनि उम्मेदवारी दिने पक्का भएको छ।

स्थानीय तहको काम जनमुखि, पारदर्शी र नागरिक जवाफदेही हुनु पर्दछः प्रधानमन्त्री

प्रधानमन्त्री देउवाले ललितपुर महानगरपालिकाले जनताको अपेक्षा अनुसार विश्वका अन्य मुलुकमा पनि नेपाल र नेपाली जनताको पहिचान हुने गरी आफ्नो कामलाई अघि बढाएको भन्दै प्रशंशा समेत गरे।

दाङको अलपत्र चारलेन सडक बारे प्रधानमन्त्रीको चासो

‘दाङको चारलेन सडक निर्माणका बारेमा प्रधानमन्त्री ज्यूले चासो ब्यक्त गर्नुभएको छ,’ प्रदेशसभा सदस्य न्यौपानले भने ‘आफूले उक्त सडक निर्माणमा भैरहेको ढिलाई बारे जानकारी पाएको र यस बारेमा सम्बन्धीत पक्षसंग जानकारी लिने प्रधानमन्त्री ज्यूले बताउनु भएको छ।’

विश्वविद्यालयहरु राजनीतिबाट मुक्त हुनुपर्छः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं काठमाडौँ विश्वविद्यालयका कूलपति शेरबहादुर देउवाले विश्वविद्यालय राजनीतिबाट मुक्त रही स्वतन्त्रतवरबाट प्राज्ञिक अध्ययन अनुसन्धानमा केन्द्रित हुनुपर्ने बताएका छन्।

संघीयताको सफल कार्यान्वयनका लागि सबै तहको सरकार एकजुट हुनुपर्छ: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले संघीयताको सफल कार्यान्वयनका लागि सबै तहको सरकारलाई एकजुट हुन आह्वान गरेका छन्।

भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दैछः प्रधानमन्त्री

भ्रष्टाचारबिरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारका बहुआयामिक स्वरूप, कारण र प्रभाव हुने भन्दै भ्रष्टाचारको नियन्त्रण दिनानुदिन चुनौतीपूर्ण बन्दै गइरहेको बताएका हुन्।

सुदूरपश्चिमका ठूला आयोजना प्राथमिकतामा: प्रधानमन्त्री देउवा

सरकारले सुदूरपश्चिमका ठूला आयोजनालाई प्राथमिकता दिएको प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन्।

कृषि अर्थतन्त्रको विकासमा ज्यापु समुदायको भूमिका महत्वपूर्ण: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले मेहनती र इमान्दार समुदायका रूपमा परिचित ज्यापु समुदाय नेपाली समाज र संस्कृतिको अभिन्न अङ्ग रहेको बताएका छन्।

महासंघको टोली समक्ष प्रधानमन्त्रीले भने– ‘अर्थतन्त्रमा देखा परेका समस्या समाधानमा पहल गर्छु’

अर्थतन्त्र जोगाऔं अभियानमा रहेको महासंघका तर्फबाट अध्यक्ष शेखर गोल्छा नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्रीले निजीक्षेत्रसहित सबैलाई बोलाएर समस्या समाधानमा नेतृत्व लिने प्रतिवद्धता जनाए।

महानगर बाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी पुर्‍याउनु पर्छः प्रदीप पौडेल

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई मेलम्ची खानेपानीबारे ध्यानाकर्षण पत्र बुझाउँदै उनले काठमाडौं महानगरपालिका बाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी पुर्‍याउने गरी व्यवस्थापन गर्न आग्रह गरेका हुन्।

अपाङ्गता भएका व्यक्तिको अधिकार पहुँच सुनिश्चित गर्नु सबैको दायित्व हो: प्रम देउवा

३१औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा शुभकामना दिँदै उनले नेपालको संविधानले आर्थिकरूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपाङ्गता भएका बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई कानुनबमोजिम सामाजिक सुरक्षाको हक हुने कुराको प्रत्याभूति गरेको बताएका छन्।

‘प्रधानमन्त्री देउवा र जनमतका अध्यक्ष डा.राउतबीच गठबन्धन र सहकार्य गर्ने सहमती’

प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतबीच सत्ता साझेदारी र गठबन्धनका बिषयमा बिहीबार साँझ बालुवाटारमा वार्ता भएको छ।

कला, संस्कृतिका सीप र प्रतिभालाई युवा पुस्तामा हस्तान्तरण गर्न आवश्यकः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ पुस्तामा कला र संस्कृतिका सीप र प्रतिभालाई युवा पुस्तामा हस्तान्तरण गर्न आवश्यक रहेको बताएका छन्।

पहिलो प्रधानमन्त्री म बन्छु भनेर देउवालाई भनिसकेको दाहालको दाबी

छलफलमा सहभागी एक माओवादी पोलिट्व्यूरो सदस्यका अनुसार अध्यक्ष दाहालले प्रधानमन्त्री देउवासँग बसेर पहिलो चरणमा आफू प्रधानमन्त्री बन्ने दाबी प्रस्तुत गरिसकेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्