७ वैशाख २०८१ शुक्रबार
राजनीति

‘प्रधानमन्त्री देउवा र जनमतका अध्यक्ष डा.राउतबीच गठबन्धन र सहकार्य गर्ने सहमती’

तस्बिर श्रोत: प्रधानमन्त्रीको सचिवालय

प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतबीच सत्ता साझेदारी र गठबन्धनका बिषयमा बिहीबार साँझ बालुवाटारमा वार्ता भएको छ।  

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले डा. राउतलाई लिएर बालुवाटार गएका थिए। ‘दुई जना बीच सकारात्मक र परिणाम मुलक वार्ता भएको छ’, नेता निधिले वार्तापछि नागरिकन्यूजसँग भने।  

गठबन्धन र कांग्रेससँग संघिय र प्रदेश दुवै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमती भएको नेता निधिले जानकारी दिए।

बुधबार राउत र निधिबीच जनकपुर विमानस्थलमा वान टु वान कुराकानी भएपछि काठमाडौं स्थित निधि निवासमा भेटवार्ता भएको थियो। 

प्रकाशित: १५ मंसिर २०७९ १२:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App