४ वैशाख २०८१ मंगलबार
राजनीति

संसदीय दलको नेतामा गगन उठने पक्का,शेखर र गगनबीचको वार्ता जारी

नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले पनि उम्मेदवारी दिने पक्का भएको छ। संसदीय दलका नेताको निर्वाचन बुधबार हुँदैछ।

गगनले आफ्ना पक्षका नेताहरुसँग छलफल गरेपछि मंगलबार उम्मेदवारी दिने पक्का गरेका हुन्। पार्टीका अर्का नेता डा.शेखर कोइरालाको समर्थन प्राप्त गर्न गगनले सोमबारदेखि वार्ता र छलफल गरिरहेका छन्। मंगलबार दिउँसोसम्म भएका छलफल र वार्ताबाट कुनै निष्कर्ष ननिस्किएको छलफलमा सहभागी एक नेताले बताए। डा.कोइराला र गगनबीचको वार्ता अहिले पनि जारी छ।  

गगनले डा. कोइरालालाई आफ्नो प्रस्तावक बनाउन भरपूर प्रयास गरिरहेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले उम्मेदवारी दिने कुरा यसअघि नै पक्का भइसकेको थियो।  

प्रकाशित: ५ पुस २०७९ ०६:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App