१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कला, संस्कृतिका सीप र प्रतिभालाई युवा पुस्तामा हस्तान्तरण गर्न आवश्यकः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ पुस्तामा कला र संस्कृतिका सीप र प्रतिभालाई युवा पुस्तामा हस्तान्तरण गर्न आवश्यक रहेको बताएका छन्।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १३ औँ प्राज्ञसभाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले कला र संस्कृतिको संरक्षण र संवद्र्धन गर्दै अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान स्थापित गर्नुपर्ने बताएका हुन्।  

उनले नेपाल कला, संस्कृतिको दृष्टिले विश्वकै धनी र समृद्ध मुलुक भएको पनि बताए। नेपालको प्राचिन वस्तु तथा मूर्तिकला, चित्रकला र सङ्गीत एवं नाटकहरु विदेशमा पनि प्रसिद्ध र लोकप्रिय बनिरहेको उनको भनाइ थियो। उनले कलाकारले सिर्जना गरेका कलाकृति देशका अमूल्य सम्पती एवं मुलुकको पहिचानका महत्वपूर्ण प्रतिक भएकाले यसको संरक्षण गर्नु अपरिहार्य भएको बताए।  

नेपाली कलाकारले बनाएका कलाकृति विश्वका विभिन्न देशका संग्रहालयमा रहेको जानकारी गराउँदै प्रधानमन्त्री देउवाले नेपाल विशिष्ट कलाकारको जन्मभूमिका रुपमा स्थापित भएको भन्दै छ÷सात सय वर्षअघि नेपालमा जन्मिएका प्रतिभाशाली कलाकार अरनीकोले नेपाली कलाकारको नेतृत्व गर्दै छिमेकीमुलुक चीन पुगेर थुप्रै कलाकृति सिर्जना गरी नेपाली वास्तुकलालाई व्यापक बनाएको स्मरण गरे।  

प्रकाशित: १५ मंसिर २०७९ ११:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App