८ वैशाख २०८१ शनिबार
राजनीति

महानगर बाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी पुर्‍याउनु पर्छः प्रदीप पौडेल

नेपाली काँग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर ५ का सांसद प्रदीप पौडेलले काठमाडौं महानगरपालिका बाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी उपलब्ध गराउन माग गरेका छन्।  

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई मेलम्ची खानेपानीबारे ध्यानाकर्षण पत्र बुझाउँदै उनले काठमाडौं महानगरपालिका बाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी पुर्‍याउने गरी व्यवस्थापन गर्न आग्रह गरेका हुन्। उनले मेलम्ची खानेपानी आयोजनामा हालसम्म ६५ अर्ब भन्दा बढी राज्यको लगानी भइसकेको उल्लेख गर्दै काठमाडौंवासीलाई खानेपानी उपलब्ध गराउने प्रमुख श्रोतको व्यवस्थापनमा राज्यले विशेष जोड दिन आवश्यक भएको बताए। नेता पौडेलले मेलम्चीको पानी व्यवस्थापनका लागि छुट्टै व्यवस्थापन निकाय आवश्यक रहेको बताए। उनले मलेम्चीको पानी काठमाडौं आइसक्यो भनेर मात्रै छोड्नु नहुने भन्दै मेलम्ची विकास समितिलाई कायम गरेर वर्षातको समयमा मेलम्चीको पानी ल्याउने व्यवस्था गर्न प्रधानमन्त्री देउवालाई ध्यानाकर्षण गराए।

नेता पौडेलले १२ महिना नै मेलम्चीको पानी काठमाडौंमा प्रयोग गर्न सकिने गरेर काम हुनुपर्ने बताए।

प्रकाशित: २० मंसिर २०७९ ०८:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App