८ वैशाख २०८१ शनिबार
समाज

दाङको अलपत्र चारलेन सडक बारे प्रधानमन्त्रीको चासो

निर्माण अलपत्र परेको दाङको लमही तुलसीपुर चारलेन सडक प्रति प्रधानमन्त्री शेरबहादुर देउवाले चासो व्यक्त गरेका छन्। प्रधानमन्त्री देउवाले यो सडक निर्माणमा भएको ढिलाईका बारेमा आफू जानकार रहेको र यसको निर्माणलाई गती दिन आफूले पहल लिने बताए।  दाङबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य प्रचण्ड विक्रम न्यौपानेसंगको भेटमा देउवाले सडक निर्माणमा भैरहेको ढिलाई बारे सरोकार पक्षसंग आफूले जानकारी लिने बताए। ‘दाङको चारलेन सडक निर्माणका बारेमा प्रधानमन्त्री ज्यूले चासो ब्यक्त गर्नुभएको छ,’ प्रदेशसभा सदस्य न्यौपानले भने ‘आफूले उक्त सडक निर्माणमा भैरहेको ढिलाई बारे जानकारी पाएको र यस बारेमा सम्बन्धीत पक्षसंग जानकारी लिने प्रधानमन्त्री ज्यूले बताउनु भएको छ।’

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलका क्रममा प्रदेशसभा सदस्य न्यौपानेले चार लेन सडक निर्माणमा भैरहेको चरम लापरवाही बारे प्रधानमन्त्री देउवालाई जानकारी गराएका थिए। निर्माण कम्पनीको लापरवाहीका कारण सडक अलपत्र परेको भन्दै सांसद न्यौपानले यो सडक निर्माणका लागि पहल गरिदिन प्रधानमन्त्री देउवा समक्ष आग्रह गरेका थिए।  

जवाफमा देउवाले उक्त सडक निर्माणमा आफूले पहल थाल्ने बताएका थिए। यो सडक निर्माणको जिम्मा भारतको मुम्बई स्थित तथ्य ईन्जिनीयरिङ एवं ईनफ्रास्ट्रक्चर प्रालिले लिएको छ। यो कम्पनि मार्फत अहिले यो सडक निर्माणको जिम्मा काठमाडौँ स्थित श्रेष्ठ कन्सट्रक्सनले लिएको छ। यो कन्सट्रक्सनका प्रतिनधिले केहि दिन अघि १५ दिन भित्र थप १ प्रतिसत काम गर्ने लिखित कागज गरेको थियो। तर यो १५ दिन पुरा भैसक्दा समेत निर्माण कम्पनीले काम सुरु गरेको छैन। यो अवधिमा काम सुरु नभए ठेक्का सम्झौता रद्ध गर्न मन्जुर हुने भन्दै निर्माण कम्पनिले कागज समेत गरेको थियो।  

भारतीय निर्माण कम्पनिले ३ बर्ष अघी यो निर्माणको जिम्मा लिएको थियो। ३० महिना भित्रै काम पुरा गर्ने सम्झौता बमोजिम निर्माणको जिम्मा लिएको यो कम्पनीले सडक निर्माणको काम पेटी ठेकेदार तुलसीपुरका अनुप पाण्डेलाई दिएको थियो। तर पाण्डेले काम नगरेपछि उनीसंगको ठेक्का तोडिएको थियो। त्यसपछि यो भारतीय निर्माण कम्पनिले अन्य ठेक्का कम्पनीलाई पेटी ठेक्का दिएको छ । अहिले सम्म यो सडक निर्माणको काम ९.८२ प्रतिसत मात्रै भएको छ।  

प्रकाशित: २ पुस २०७९ ०७:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App