१५ मंसिर २०८१ शनिबार
image/svg+xml

बाढीपीडित क्षेत्रको निरीक्षणमा आएका प्रधानमन्त्री विमानस्थलबाटै फर्किए

बाढीपीडित क्षेत्रको अवलोकन गर्न हेलिकप्टरमा सोमबार झापा आएका प्रधानमन्त्री शेरबहादुर देउवा चन्द्रगढी विमानस्थलबाटै फर्केका छन्। गृहमन्त्री जनार्दन शर्मासहित झापा आएका प्रधानमन्त्री देउवा विमानस्थलमा सरकारी अधिकारीको ब्रीफिङ सुनेर फर्केका हुन्। गएको शुक्रबारयता पाँच दिनसम्म लगातार झरी परेर झापामा बाढीले बबन्डर मच्चाएको थियो।

विराटनगर विमानस्थलमा तीन फिट पानी

लगातारको भारी बर्षाले अति आवश्यक सेवालाई समेत अबरुद्ध बनाएको छ। टेलिफोन र मोवाइल सेवामा शनिवार विहानैदेखि समस्या छ।

विमानस्थलमा बाँदरको रजाइँ (भिडियो)

त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल, राष्ट्रको एक मात्र अन्तरार्ष्ट्रिय विमानस्थल हो। विदेश जाने र फर्किने यात्रुका कारण यो विमानस्थल बिहान ६ देखि राति १२ बजेसम्मै व्यस्त रहन्छ। दैनिक करिब ७० अन्तरार्ष्ट्रिय उडान हुने विमानस्थलको अागमन र प्रस्थान कक्षमा बाँदरले सास्ती दिइरहेको छ। आन्तरिक टर्मिनलतर्फको सैनिक ब्यारेक रहेको जंगलबाट आउने बाँदर समूहले यात्रुको हेन्डब्याग खोस्ने, पसलका खानेकुरा खाइदिने हर्कत गर्दै आएको हो।

सफाइको नमूना हेर्न विमानस्थल जाउँ

असार २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका सुविन साह झुक्किए। उनलाई आफू नेपालमै आइपुगेँ कि कतै ट्रान्जिटमा छु भन्ने लागेछ। छ महिनापछि अष्ट्रेलियाबाट घर फर्किएका उनलाई अहिले आफ्नै मुलुकको विमानस्थल यति सफा र व्यवस्थित भएको थाहा रहेनछ।

डोल्पाको जुफाल विमानस्थल बन्द

डोल्पामा यातायातको एकमात्र माध्यमका रुपमा हवाई यातायात सेवा विहिवार देखि वन्द भएको छ। जुफाल विमानस्थल कालोपत्रे गर्ने कार्य शुरु भएपछि हवाई यातायात अनिश्चितकालिन वन्द भएको हो। विमानस्थल बन्द भएपछि जुफाल सुशासन बनेको छ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि ऋण अनुमोदन

चिनियाँ लगानीकर्ता एक्सपोर्ट–इम्पोर्ट (एक्जिम) बैंकले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि दिने सहुलियत दरको ऋण अनुमोदन गरेको छ। बैंकले चारदिनअघि अर्थमन्त्रालयलाई पत्राचार गर्दै ऋण अनुमोदन भएको जानकारी दिएको हो।

नेपाली यात्रु नबोकेको भन्दै स्थानीयद्वारा हुम्ला विमानस्थल ठप्प

नेपाली यात्रु नबोकेको भन्दै हुम्लाका स्थानीयले विमानस्थलमै प्रवेश गरी उडान ठप्प पारेका छन्। बिहान ६ बजेदेखि उडान हुने हुम्लामा अहिलेसम्म उडान भएको छैन।

गौचरण बन्यो काँगेल विमानस्थल

सोलुखुम्बु काँगेलकी ७६ वर्षीयाा भीमकुमारी थापालाई दुई वर्ष पहिलेसम्म आफ्ना गाईवस्तु कहाँ लगेर चराउने भन्नेमा ठूलो चिन्ता थियो । घर नजिकै जंगल नरहेकाले बाली लागेका बेला वस्तुभाउ चराउन नपाउँदा उनलाई थप चिन्ता हुन्थ्यो । तर दुई वर्षदेखि उनलाई गाईवस्तु चराउन समस्या छैन । घरमाथिको विमानस्थलमा जहाज बस्न नआउँदा गाई चराउन बाटो खुलेको भीमकुमारी बताउँछिन् ।

लुक्ला विमानस्थलका प्रमुख कुँवर छानविनका लागि केन्द्र तानिए

गत शनिबार लुक्ला विमानस्थलमा भएको समिट एयरको जहाज दुर्घटनाका सम्बन्धमा छानविनका क्रममा लुक्ला विमानस्थलका नागरिक उड्ययन प्राधिकरण प्रमुख योगिन्द्रनाथ कुँवरलाई केन्द्रमा झिकाइएको छ।

तीन वटा अन्तर्राष्ट्रिय विमानस्थललाई १३ अर्ब १६ करोड

सरकारले आगामी आर्थिक वर्ष २०७४/७५ मा तीन अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि १३ अर्ब १६ करोड रुपैयाँ विनियोजन गरेको छ। सरकारले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, निर्माणाधीन गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि उक्त बजेट विनियोजन गरेको हो।

तीन अन्तरार्ष्ट्रिय विमानस्थल निर्माण गर्न १३ अर्ब ७३ करोड

लामोसमयदेखि टट्कारो आवश्यकताको रुपमा देखिएको अन्तरार्ष्ट्रिय विमान स्थलको निर्माणलाई सरकारले प्राथमिकतामा राख्दै तीन वटा अन्तरार्ष्ट्रिय विमानस्थल निर्माणका लागि बजेट विनयोजन गरेको छ।

लुक्ला विमानस्थलमा दोहोरिइरहने दुर्घटना

प्रायः विमान दुर्घटनामा परेपछि हुने अध्ययन/अनुसन्धानमा सम्बन्धित पाइलटको 'गल्ती' भएको निष्कर्ष निकालेपछि सरोकारवाला निकायको जिम्मेवारी पूरा हुन्छ। तर, त्यही प्रकृतिका दुर्घटना दोहोरिइरहे पनि निराकरणका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलगायतको ध्यान जाँदैन।

ढल थुनिँदा विमानस्थल पहिरोको जोखिममा

भारी वर्षाका कारण माटो कटान हुँदा खोटाङको मनमाया राई खानीडाँडा विमानस्थल पहिरोको जोखिममा परेको छ । भल बग्ने ड्रेन (ढल) थुनिए पछि रन–वेमा जमेको पानी फुटेर बाहिरिँदा माटो कटान भएका कारण विमानस्थल पहिरोको जोखिममा परेको हो ।

अाधा केजी सुनसहित त्रिभुवन विमानस्थलकै अधिकृत पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक बरिष्ठ कर्मचारी आधा केजी सुनसहित पक्राउ परेका छन्। कतार एयरवेजको उडानबाट दोहा हुँदै काठमाडौं उत्रिएका यात्रु मनीष रिमालले ल्याएको ४६६ ग्राम सुन रिसिभ गर्ने किशोर कुमार खत्रीलाई भन्सारले पक्राउ गरेको हो।

दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने सम्भावना बढ्दै

जीतपुर–सिमरा उपमहानगरपालिका–१६ टाँगिया बस्तीमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने सम्भावना बढ्दै गएको देखिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्