१५ मंसिर २०८१ शनिबार
image/svg+xml

थामखर्क विमानस्थल कालोपत्रे सुरु

खोटाङको खोटेहाङ गाउँपालिका–४ बड्कादियालेमा रहेको थामखर्क विमानस्थलमा कालोपत्रेका काम थालिएको छ । नेपाल नागरिक उड्यान प्राधिकरणको ९ करोड २५ लाख २९ हजार लागतमा ठेकेदार कम्पनी रौता कन्ट्रक्सनले कालोपत्रेका प्रारम्भिक चरणका काम सुरु गरेको हो ।

त्रिभुवन विमानस्थलबाट आयात-निर्यात ठप्प

व्यवसायी आन्दोलनको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) बाट हुने आयात–निर्यात ठप्प भएको छ। नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले कार्गो व्यवस्थापनको शुल्क १३ गुणासम्म वृद्धि गरेपछि शुल्क घटाउन माग गर्दै आयात–निर्यातकर्ता आन्दोलित भएका हुन्।

विमानस्थलमा राति अबेरसम्म उडान अनुमति दिन निर्देशन

सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल धावनमार्ग सुधारको काम सुरु नहुन्जेल वायुसेवा कम्पनीलाई राति अबेरसम्म पनि उडान गर्ने व्यवस्था मिलाउन सम्बद्ध निकायलाई निर्देशन दिएको छ ।

विमान अपहरणको हल्लापछि भारतीय विमानस्थलमा उच्च सतर्कता

भारतका प्रमुख तीन शहरहरुमा विमान अपहरणको हल्लापछि उच्च सतर्कता अपनाइएको छ। मुम्बई, चेन्नई, तथा हैदरावादलगायतका प्रमुख विमानस्थल तथा हरुलाई विमान अपहरणको सूचना एक महिलाले इमेल मार्फत् दिएकी थिइन्।

विराटनगर विमानस्थल वैशाख ३ देखि अांशिक बन्द हुने

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी वैशाख ३ देखि ३१ सम्म विराटनगर विमानस्थल बन्द गर्ने भएको छ।

९३ हजार डलरसहित नेवानिका पाइलट विमानस्थलबाट पक्राउ

नेपाल वायु सेवा निगमका पाइलट सुवर्ण अवाले ९३ हजार ६ सय अमेरिकी डलरसहित दुवई उड्न लाग्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्। नेवानिका बरिष्ठ क्याप्टेन उनी आइतबार नियमति ड्युटीमा दुवईका लागि विमान उडाउन विमानस्थल पुगेका थिए।

विमानस्थलको सेटिङ तोड

नेपाली महिलालाई कुवेतमा काम लगाइदिने भन्दै गिरोहले साउदी अरेबिया लगेर 'हाउस मेड' (घरेलु कामदार) का रूपमा बेच्ने गरेको जुन तथ्य खुलेको छ, त्यसलाई रोक लगाउन जरुरी छ। काठमाडौंको विमानस्थलमा हुने सेटिङ तोडेर यो कार्य सुरु गर्नुपर्छ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित एक पक्राउ

सिराहा भोकाहा घर भई काठमाडौँ तीनकुने बस्ने २५ वर्षीय संजयकुमार शाहलाई प्रहरीले सुनसहित पक्राउ गरेको छ ।

त्रिभुवन विमानस्थलमा चितुवा छिरेपछि आधा घण्टा उडान अवरुद्ध

त्रिभुवन विमानस्थलमा चितुवा पसेपछि केहीबेर उडान र अवतरण अवरुद्ध भएको छ। बिहान करिव ८ बजे वुद्ध एयरका पाइलटले धावनमार्ग नजिकै चितुवा देखेपछि एटिसीलाई खवर गरेका थिए।

'साँघुरो विमानस्थलले बढी पर्यटक ल्याउन सकिएन'

होटल व्यवसायीहरूले मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो र अव्यवस्थित हुँदा चाहेर पनि धेरै पर्यटक ल्याउन नसकेको गुनासो गरेका छन्।

रोनाल्डोको नाममा विमानस्थल

पोर्चुगल तथा रियाल मड्रिडका फरवार्ड क्रिस्टियानो रोनान्डोको नामबाट अन्तर्राष्ट्रिय विमानस्थलको नामकरण गरिएको छ। पोर्चुगलको मडेइरा आइसल्यान्डमा बुधबार एक औपाचारिक कार्यक्रमबीच स्थानीय विमानस्थललाई रोनाल्डोको नाम दिइएको थियो।

आगोको मुस्लो देखिएपछि विराटनगर विमानस्थल बन्द

विराटनगर विमानस्थलमा आगोको मुस्लो देखिएपछि बुधबार डेढ घण्टाका लागि सबै उडान ठप्प भएका छन् । नेपाल नागरिक उड्यन प्राधिकरणले प्रत्येक दुई दुई वर्षमा गर्ने आपतकालीन योजनको पूर्णकालीन अभ्यास अन्तर्गत योजनागत रुपमा विमानस्थलमा आगो लगाइएको थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढेन

निर्माणाधीन अवस्थामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम अघि बढ्न सकेको छैन ।

चिनियाँ कम्पनीसँग विवाद भएपछि भैरहवा अन्तरार्ष्ट्रिय विमानस्थलको काम रोकियो

ठेकेदारको विवादका कारण चार दिनदेखि ठप्प रहेको अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलको काम सुरु हुन दुई साता लाग्ने भएको छ। विमानस्थलको निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन र नेपाली सप्लायर्स नर्थ वेस्ट इन्फ्रा नेपालबीच आपसी लेनदेनको विषयमा विवाद भएपछि निर्माणको काम चार दिनदेखि ठप्प भएको हो।

विमानस्थलमा सेनाको राइफल खोस्ने युवकको जवाफी फायरिङमा मृत्यु

पेरिसको अर्ली विमानस्थलमा सेनाको हतियार खोस्ने प्रयास गर्ने एक युवामाथि सेनाले प्रत्याक्रमण गर्दा आक्रमणकारीको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्