८ वैशाख २०८१ शनिबार

नागरिक नायक-२०८० का झलकहरु (फोटोफिचर)

नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १५ औं वर्ष प्रवेशको अवसरमा सोमबार साँझ विशेष कार्यक्रम माझ नागरिक नायक २०८० घोषणा गरेकाे छ।

मोन्टि देसाइलाई नागरिक नायक सम्मान २०८०

नेपाली क्रिकेटका प्रमुख प्रशिक्षक मोन्टि देसाईलाई नागरिक नायकको रुपमा सम्मान गरिएको छ। नेपाली क्रिकेट टोलीलाई विश्वकपको ग्लोबल क्वालिफायरसम्मको यात्रा तय गराएका नेपाली इतिहासकै सफल प्रशिक्षक देसाईलाई नागरिक नायक २०८० बाट सम्मान गरिएको हो।

भक्तपुर नगरपालिकका मेयर सुनिल प्रजापति नागरिक नायक- २०८०

नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १४ औँ वार्षिकोत्सवको अवसरमा सोमबार नगरपालिकका मेयर सुनिल प्रजापतिलाई नागरिक नायक २०८० बाट सम्मान गरिएको हो।

संघर्षले उभिएकी लक्ष्मी

परिवारले आफ्ना छोराछोरीमाथि सधैंभरि एकखालको भरोसा राखेको हुन्छ। सन्तानले प्रगति गरोस् भन्ने जहिल्यै अभिभावकको चाहना हुन्छ।

लैंगिक अल्पसंख्यक समुदायकी लक्ष्मी घलान नागरिक नायक -२०८०

नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १४ औँ वार्षिकोत्सवको अवसरमा सोमबार लैंगिक अल्पसंख्यक समुदायकी लक्ष्मी घलानलाई नागरिक नायक २०८० बाट सम्मान गरेको हो।

प्रधानमन्त्री दाहालले गरे 'नागरिक नायक २०८०' को उद्घाटन

सोमबार सोल्टि होटलमा भएको कार्यक्रमको उद्घाटन प्रधानमन्त्री दाहाल र नेपाल रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष विनोदराज ज्ञवालीले संयुक्त रुपमा दिप प्रज्वलन गरेर उद्घाटन गरेका हुन्।

नागरिक नायक–२०८० घोषणा कार्यक्रम सुरु

नागरिक नायक–२०८० घोषणा कार्यक्रम सुरु भएको छ। नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १५ औं वर्ष प्रवेशको अवसरमा सोमबार साँझ विशेष कार्यक्रम माझ नागरिक नायक २०८० घोषणा गर्न लागेको हो।

नागरिक नायक–२०८० घोषणा हुँदै

मिडियाले स्थापनाको दोस्रो वर्षदेखि समाज परिवर्तनका लागि उल्लेखनिय भूमिका निर्वाह गरेका व्यक्ति र संघसंस्थालाई ‘नागरिक नायक’को उपाधिले सम्मान गर्दै आएको हो।

विष्णु, आलोक र छिटुप बने नागरिक नायक

यस वर्ष तीनजना सामाजिक अभियन्ता ‘नागरिक नायक–२०७९’ बाट सम्मानित भएका छन्। नागरिक दैनिकको प्रकाशन संस्था नेपाल रिपब्लिक मिडिया प्रालिले आफ्नो १४औं स्थापना दिवसको अवसरमा समाजमा उल्लेख्य योगदान पुर्‍याएका विष्णु गौतम, सत्यनारायण महतो ‘आलोक’ र छिटुप दोर्जी लामालाई यो सम्मान प्रदान गरेको हो। आइतबार वसन्तपुर डबलीमा आयोजित विशेष समारोहमा तीनैजनालाई सम्मान गरिएको छ।

लक्ष्मी प्रतिष्ठानका बिष्णु गौतम बने नागरिक नायक २०७९

सामाजिक अभियन्ता बिष्णु गौतमलाई नागरिक नायक २०७९ बाट सम्मान गरिएको छ। परिवारको असह्य पीडाभन्दा माथि उठेर समाज रूपान्तरणमा निरन्तर जुटेका उनलाई नागरिक नायकको रुपमा सम्मान गरिएको हो।

सत्यनारायण महतो 'आलोक'लाई नागरिक नायक २०७९ सम्मान

फालिएका शिशुहरुलाई जीवन दिँदै आएका आलोकलाई नागरिक नायकका रुपमा प्रबन्धक निर्देशक विनोदराज ज्ञवाली, निर्देशक शोभा ज्ञवाली र समाजसेवी मनाेज नेवा: खड्गीले संयुक्त रुपमा ताम्रपत्र र फूलमालाले सम्मान गरेका छन्।

को हुनेछ नागरिक नायक?

सामान्य नागरिकबाटै बन्छन् एक प्रेरक नायक भन्ने विचारका साथ हामीले हरेक वर्ष विभिन्न क्षेत्र, स्थान र विधाबाट यस्ता नागरिक वा संस्थाको खोजी थालेका छौँ, जसले समाजको हितमा दूरदर्शिता देखाएको होस् र देश तथा जनताका लागि आशा र मार्गनिर्देशन गरेको होस्।

नागरिक नायक मनोनयन

आफू वरपर स-सानो समुदायमा गरेका स-साना कामले ठूलो प्रभाव पारिरहेको हुन्छ। यस्ता कुनै व्यक्ति वा संस्थालाई चिन्नु हुन्छ? परिवर्तनकारी त्यस्ता कुनै व्यक्ति वा संस्थालाई समाजबाहिर राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा चिनाउनु पर्छ भन्ने मान्यता राख्नुहुन्छ भने आउनुहोस्, तिनका कामको सराहना गर्दै त्यस्ता नारी वा पुरूष मात्र होइन संस्थालाई समेत नागरिक नायक बनाउन भूमिका खेल्नुहोस्। त्यस्ता संस्था व व्यक्तिलाई नागरिक नायक अवार्ड दिलाउन मनोनयन गरी हामीलाई सहयोग गर्नुहोस्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्