परराष्ट्र मन्त्रालयले बाढीपहिरोपछिको विस्तृत आवश्यकता मूल्यांकनपश्चात् पुनःस्थापना र पुनर्निर्माणका लागि ठूलो अन्तर्राष्ट्रिय सहयोगको खाँचो पर्ने बताएको छ।
मन्त्रालयका अनुसार विपद्पछि ३८ देशका करिब ५९० जना विदेशी नागरिक अझै सम्पर्कविहीन रहेका छन्।
सोमबार मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले तत्कालीन खोज तथा राहतका लागि विशिष्टीकृत अन्तर्राष्ट्रिय सहयोग र दीर्घकालीन रूपमा पुनःस्थापना एवं पुनर्निर्माणका लागि बृहत् अन्तर्राष्ट्रिय सहायता आवश्यक पर्ने बताए।
प्रवक्ता क्षेत्रीका अनुसार परराष्ट्र मन्त्रालयमा स्थापना गरिएको ‘इमर्जेन्सी कन्ट्रोल रुम’ मार्फत हराइरहेका विदेशी नागरिक र उनीहरूका परिवारसँग निरन्तर समन्वय तथा सहजीकरणको कार्य भइरहेको छ।
यसैगरी, तिब्बततर्फ रहेका नेपाली नागरिकहरूलाई हिल्सालगायतका सीमा नाकाबाट सुरक्षित रूपमा स्वदेश फर्काउन चिनियाँ पक्षले सहजीकरण गरिरहेको प्रवक्ता क्षेत्रीले जानकारी दिए।
प्रकाशित: १५ भाद्र २०८३ २०:२४ सोमबार





-600x400.jpg)