१५ भाद्र २०८३ सोमबार
image/svg+xml
कला/साहित्य

बाढी पीडितलाई आधारभूत सामग्री वितरण गर्ने तयारीमा प्रियंका

गत बुधबार आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोटलगायतका जिल्लामा जनधनको क्षति अत्यधिक भएको छ। अझै पनि हजारौँ मानिस भेटिएका छैनन्। जो बाढीबाट जोगिएका छन्, उनीहरूलाई जीवन जीउन सकस छ।

यो अवस्थामा राष्ट्रलाई अन्तर्राष्ट्रिय सहयोग पनि आइरहेको छ। यही क्रममा कलाकारहरूले पनि आफ्नो भूमिका पर्दामा मात्र सीमित नराखी समाजमा पनि प्रत्यक्ष रूपमा सहयोग गर्नु पर्ने बुझेका छन्। कलाकारहरूले सक्दो प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोगको हात बढाएका छन्। 

यसैबिच अभिनेत्री प्रियंका कार्कीले सामाजिक सञ्जालमा एउटा भिडियो सार्वजनिक गर्दै प्राप्त भएको सहयोगका लागि सबै दाताप्रति हृदयदेखि नै आभार व्यक्त गरेकी छन्। उनी बाढी प्रभावितहरूका लागि राहत सहयोग जुटाएर नुवाकोटलगायतका क्षेत्रमा वितरण गर्ने तयारीमा छिन्।

प्रियंकाले डोनेशन्सबाट उठाएर करिब दुई ट्रक राहत सामग्री जम्मा गरेकी छन्। अब चाँडै प्रभावित व्यक्तिहरू माझ पुर्याउने उनको भनाइ छ। 'तपाईँहरूको सानो–ठुलो हरेक सहयोगले कसैको जीवनमा ठुलो फरक पारिरहेको छ,' उनले भनेकी छन्।

प्रकाशित: १५ भाद्र २०८३ १२:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App