भोटेकोशीमा बिनाशकारी बाढीमा आएको छ दिनसम्म सुदूरपश्चिम प्रदेशका १४५ जना सम्पर्कविहीन रहेका छन् । छ दिनसम्म पनि सम्पर्कविहीनको कुनै अत्तोपत्तो नलाग्दा आफन्तको छट्पटी र चिन्ता बढ्दै गएको छ ।
प्राप्त विवरण अनुसार सुदूरपश्चिम प्रदेशबाट सम्पर्कविहिन हुनेको संख्या प्रत्येक दिन थपिदै गएको प्रहरीले जनाएको छ । आईतबारसम्म १४२ जना सम्पर्कविहीन रहेको विवरण रहेकोमा सोमबार सम्पर्कविहीन हुने संख्या तीन जना थप भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी पदमबहादुर बिष्टले बताए । भोटेकोशी बाढी आएको दिन भदौ १० गतेदेखि सम्पर्कविहीन हुनेमा कञ्चनपुरका थप ३ जना रहेको विवरण प्राप्त भएको उनले बताए ।
परिवारका सदस्य, आफन्त, नातागोता तथा जनप्रतिनिधीबाट प्राप्त जानकारी अनुसार सोमबार साँझसम्म सुदूरपश्चिम प्रदेशबाट सम्पर्कविहीन हुनेको संख्या १४५ पुगेको उनले बताए । सम्पर्कविहीन भएका मध्य ३८ जना सम्पर्कमा आएका छन् ।
सम्पर्कमा आउनेमा कैलालीका २५ जना, कञ्चनपुरका १०, बाजुराका २ र डडेल्धुरा १ जना छन् ।
यसैगरि अझैसम्म सम्पर्कविही हुनेमा सबैभन्दा बढी कैलालीका छन् । कैलालीका अझै सम्म ५९ जना सम्पर्कविहीन छन् ।
यसैगरि कञ्चनपुरका ३६, डडेल्धुराका १६, बाजुराका १६, बैतडीका ८, दार्चुला ४, डोटीका २, बझाङका २ र अछामका २ जना सम्पर्कविहीन भएको उनले बताए ।
सुदूरपश्चिमकाट सम्पर्कविहीन हुनेमा रसुवामा विभिन्न हाइड्रो पावरमा काम गर्ने कर्मचारी र मजदुर बढी रहेका छन् । यसैगरि विभिन्न निजी क्षेत्रमा कार्यरत कर्मचारी छन् ।
सम्पर्कविहीन भएका व्यक्तिका आफन्तजन खोजीमा चितवन, नुवाकोट, रसुवालगायतका विभिन्न ठाउँमा पुगेका छन्। दिनहरु धकेलिदै जाँदा सम्पर्कविहीन भएका व्यक्तिका परिवारजन आफन्तको पत्तो नलाग्दा अत्यन्त हतास, छट्पटी र चिन्तामा परेका छन् ।
प्रकाशित: १५ भाद्र २०८३ २१:२७ सोमबार


-600x400.jpg)


-600x400.jpg)