४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

ताप्लेजुङमा दलहरुले थाले चुनावी सभा

गठबन्धनकातर्फबाट प्रतिनिधिसभाका उम्मेदवार माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री र प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा नेकपा एसका उम्मेदवार खेमबहादुर वनेमले आफ्ना चुनावी प्रतिबद्धता र भने गठबन्धन दलका विभिन्न तहका नेताहरुले समेत आफ्नो भनाइ राखेका थिए। प्रदेशसभामा काँग्रेसका खगेनसिंह हाङ्गामको आफ्नै चुनावी अभियान चलिरहेको छ।

नेकपा एसका काठमाडौँ जिल्ला कमिटी सदस्य श्रेष्ठसहित ६ जना एमालेमै फर्किए

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले भ्रममा परेर पार्टीबाट बाहिरिएकाहरुलाई पुरानै घर फर्कन आह्वान गरे। राजनीतिक र सांगठनिक जीवन अब कतै विचलित नबनाइ एमालेलाई साथ दिइ देशकाे अभियानमा लाग्न उनले आग्रह गरे।

नेकपा एकीकृत समाजवादीको चुनावी घोषणा पत्र सार्वजनिक

राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा, स्थिरता तथा आर्थिक–सामाजिक रुपान्तरणको माध्यामबाट मुलुकलाई समृद्ध बनाउने मुख्य नारासहित नेकपा (एकीकृत समाजवादी)ले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि घोषणा पत्र सार्वजनिक गरेको छ।

सर्वोच्च अदालत र निर्वाचन आयोग पार्टी कार्यालय जस्तो भयोः राजु गुरुङ

'रुपन्देही जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर २ को प्रदेश सभा १ र २ साथै क्षेत्र नम्बर ३ को प्रदेश सभा २ मा र रुपन्देही जिल्ला प्रतिनिधि सभा १,३,४ र ५ मा गठबन्धनका उम्मेदवारहरुलाई राष्ट्रिय जनमुक्ति पार्टीले समर्थन गरी सघाउने निर्णय भएको छ।’

एकीकृत समाजवादी छाडेका नेपालीले भने- नेकपा एस भन्ने पार्टी अब नेपालमै रहन्न

’माधव नेपाल र झलनाथ खनालको नाटक मञ्चनका पात्र म पनि भएँ। १ वर्षमा धेरै बुझेँ, भोगेँ। अब त्यो पार्टी रहन्नँ। नेपालमै रहन्न। जो गठबन्धनबाट जित्छन्, तिनीहरू मात्र रहनेछन्।’ उनले थपे–’आज म एक्लै आएको छैन। हजारौँ फर्किनेछन्। विधि पद्धतिका कुरा गर्ने, आफै सांगठनिक पद्धतिमा नचल्ने त्यस्तो पार्टीमा कोहि बस्नेछैनन्। एमाले सक्न दिने छैनौँ।’

माधव नेपाललाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवार रेवन्त झा गरे नेकपा एसमा प्रवेश

नेता झा माधव नेपाललाई समर्थन जनाउँदै आजैदेखि सँगसँगै चुनावी प्रचारमा पनि होमिएका छन्। नेता नेपालले झालाई माला लगाएर स्वागत गरेका थिए। सँगसँगै बसेर सञ्चारकर्मीसँग नेता नेपाल र झाले सम्वाद पनि गरेका छन्।

केपी ओली राजावादीको पाउमा लम्पसार परेः बलदेव चौधरी

‘नेकपा (एमाले) लामो समयदेखि नेपाली कम्युनिष्ट आन्दोलनको अगुवा राजनीतिक दल हो, कम्युनिष्टकै नाममा भोट मागेर पटकपटक सत्ताको सुखभोग पनि गरिसकेको छ’ चौधरीको भनाइ छ ‘तर, अब एमाले चारआना पनि कम्युिनष्ट रहेन। घोर राजावादी र धर्म सम्प्रदायको राजनीतिक मुद्दा बोकेको राप्रपाको पाउमा लम्पसार पर्न पुगेको छ।’

गणतन्त्र मास्ने अभियान सुरु हुन लाग्दा हामीले देशलाई अस्थिरताबाट जोगाएर स्थिरतातर्फ लिएर गयौँः माधव नेपाल

'दुई-दुई पटक संसद् विघटन गरेर संविधान कुल्चने काम भयो, मुलुकलाई अस्थिरतातर्फ लैजाने कोशिस भयो', उनले भने, 'त्यसको विपक्षमा हामी उभियौँ, संविधान र लोकतन्त्र पनि जोगायौँ।'

प्रधानमन्त्रीको निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीले गठबन्धन तोड्यो, देउवालाई भोट नदिने

नेकपा (एकीकृत समाजवादी) डडेल्धुराले नेपाली काँग्रेस (वीपी) सँग तालमेल गरेको छ। शनिबार दुबै पार्टीले पत्रकार सम्मेलन गर्दै मंसिर ४ गते हुने निर्वाचनमा सयुक्त रूपमा जाने जानकारी गराएका थिए। डडेल्धुरामा नेपाली काँग्रेस वीपीले प्रतिनिधिसभामा कर्णबहादुर मल्ललाई उम्मेदवार बनाएको छ।

गुरुङको उम्मेदवारी खारेज प्रकरण: आयोगको पत्रले तरंगित राजनीतिक वृत्त

मंसिर ४ को निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने दिन बुधबार रूपन्देही क्षेत्र नं. २ मा नाटकीय रूपले राजनीतिक तरङ्ग फैलियो।

इलाम क्षेत्र १ मा खनालको उम्मेदवारी दर्ता

सूर्याेदय नगरपालिकाको फिक्कलमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा खनाल आफूू उपस्थित हुन नसकेपछि वारेसमार्फत् दीपक पौडेलले उनको मनोनयनपत्र दर्ता गराए।

बाजुरामा एकीकृत समाजवादी उम्मेदवार विहिन

एक वटा निर्वाचन क्षेत्र रहेको बाजुरामा संघ र प्रदेश (ख) मा काँग्रेस र (क) मा माओवादीले उम्मेदवारी पाएपछि समाजवादी उम्मेदवार विहिन बनेको हो।

प्रतिनिधिसभामा एकीकृत समाजवादीका १९ उम्मेदवार: रौतहटबाट नेपाल र गुल्मीबाट झाँक्री

एकीकृत समाजवादी पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवारको टुंगो लगाएको छ।

एकीकृत समाजवादीका नेता-कार्यकर्ता नेकपा एमालेमा प्रवेश

बिहीबार साँझ बालकोटमा नेकपा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चौधरी लगायत नेताहरूलाई माला र टीका लगाई पार्टी प्रवेश गराएका थिए।

गठबन्धनमा एस पार्टीको असन्तुष्टिः ६ जिल्लामा कांग्रेसको साथ !

गठबन्धन दलको बैठकमा नेकपा एकीकृत समाजवादी (एस)ले औपचारिक रुपम असन्तुष्टि जनाई ६ जिल्लामा कांग्रेसको साथ खोजेको छ। विहिबार दिनभर बसेको गठबन्धन बैठकमा एस पार्टीले ६ वटा जिल्लामा आफ्ना नेताहरुलाई व्यवस्थापन गर्न कठिन रहेको भन्दै कांग्रेसको साथ खोजेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्