८ आश्विन २०८१ मंगलबार
image/svg+xml

राजेन्द्र लिङ्देनको मुख हरेर चुनावी सभामा आएकी छुः मनिषा कोइराला

‘म आज यहाँ राजेन्द्र लिङ्देनको मुख हेरेर उभिएकी हुँ। भष्ट्राचार गर्नु भनेको आमाको रगत खानु सरह हो भन्ने उहाँको भनाई मलाई मन परेको छ। त्यसैले पनि म यहाँ आएँ’, कोइरालाले भनिन्।

काठमाडौँ ३ मा एमालेका राई र कांग्रेसका चालिसेबीच प्रतिस्पर्धा

काठमाडौँ क्षेत्र नं ३ मा नेकपा (एमाले)को तर्फबाट कृष्णबहादुर राई र नेपाली कांग्रेसको तर्फबाट सन्तोष चालिसे उम्मेदवार छन्। राई सोही क्षेत्रबाट विसं २०७४ मा निर्वाचित भएका थिए। विसं २०७४ को निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार भएका राईले चार हजार दुई सय ८५ मतान्तरले कांग्रेसका अम्बिका बस्नेतलाई पराजित गरेका थिए।

केपी ओलीकै कारण संविधान धरापमा पर्‍यो: दाहाल

उनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पार्टी एकता, संविधान र जनताप्रति इमान्दार नदेखिएको आरोप लगाए। ओलीकै कारण संविधान धरापमा परेको उनको भनाइ थियो।

मोरङ क्षेत्र नम्बर- ३ (१) बाट कांग्रेसका लिम्बूले गराए उम्मेदवारी दर्ता

नेपाली कांग्रेसका मानबहादुर लिम्बूले मोरङको क्षेत्र नम्बर ३ ‘१’ बाट प्रदेशसभा सदस्यका लागि मनोनयन दर्ता गरेका छन्।

गणेशमान सिंह लोकतन्त्रका लागि लड्ने निष्ठावान्: नेता पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले गणेशमान सिंह लोकतन्त्रका लागि लड्ने निष्ठावान् नेता भएको बताएका छन्।

मोरङ ३ (१) मा आज उम्मेदवारहरुको मनोनयन पत्र दर्ता हुँदै

सो क्षेत्रमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार रहेका शेखरचन्द्र थापाको बुधबार निधन भएसँगै आयोगले बुधबार नै नयाँ कार्यतलिका प्रकाशित गरेको थियो।

उद्योगग्राम स्थापना गरी रोजगारी उपलब्ध गराउँछौँः वरिष्ठ नेता पौडेल

धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनलाई विशेष प्राथामिकता दिँदै आन्तरिक एवं बाह्य पर्यटक भित्र्याएर पर्यटन क्षेत्रमा फड्को मार्ने योजना अघि बढाइएको उनले बताए।

चुनावी सभालाई सम्बोधन गर्न देउवा र दाहाल बैतडीमा

संयुक्त लोकतान्त्रिक वाम गठबन्धनले पाटनमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न उनीहरू यहाँ आएका हुन्। प्रधानमन्त्री देउवा र अध्यक्ष दाहाल पाटन पुगिसकेको र केहीबेरमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

केन्द्रीय सदस्य कोइरालासहित ७६ नेतालाई कांग्रेसको कारबाही

वागी, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाहरूको नामावलीसमेत अभिलेखबाट हटाइने जनाउँदै उसले चितवन–३ बाट उमेदवार बनेका केन्द्रीय सदस्य दिनेश कोइरालालाईका नेतालाई कारबाही गरेको छ।

सबै धर्म, संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्ने पार्टी नै काँग्रेस होः राठौंर

‘बाँके र बर्दियामा मेरो ६० वर्षदेखी घर छ, सुशिल दाई र मेरो एउटै निर्वाचन क्षेत्रमा पर्ने भएको हुनाले म परिस्थितिले गर्दा म बर्दियामा गएको थिए,’ उम्मेदवार राठौंरले भने ‘म बाँके र बर्दियाको विकासलाई म जोड्न चाहन्छु, बाँके र बर्दिया मेरो ठाउँ हो।’ आफूले आगामी दिनमा मन्दिर, मस्जिद, चर्च, गुरुद्वारा, गुम्बामा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

देशलाई उल्टो गतितर्फ लैजान ओलीले थरीथरीका शक्तिसँग मिलेर गठबन्धन बनाएका छन्ः महत

‘देशलाई उल्टो गतितर्फ लैजान ओलीले पनि थरीथरीका शक्तिसँग मिलेर गठबन्धन बनाएका छन्। एमालेका उम्मेदवारलाई रेल, पानी जहाज, घरघरमा ग्याँस लगायतको कुरा सोध्न मतदातालाई अनुरोध गर्दछु।’

मलाई निर्वाचित गरेर पठाउनुस् तपाईँहरुलाई १० वर्षमा सुध्रेको राजनीति दिन्छु: गगन थापा

पार्टीको काभ्रे–काठमाडौं सम्पर्क समन्वय समितिले मंगलबार आफ्नै निर्वाचन क्षेत्र काठमाडौं–४ मा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले आफूले निर्वाचन जितेर गए काँग्रेसमा मात्रै संसदीय दलको निर्वाचन हुने र मतदाताले चाहे अनुसारको नेतृत्व परिवर्तन हुने पटकपटक दोहोर्‍याए।

‘संसद् र संविधान रक्षाका लागि गठबन्धन’

संविधानको व्यवस्थाविपरीत केपी ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गर्दै संविधानसभाबाट जारी संविधान नै समाप्त गर्न लागेसँगै कांग्रेस नेतृत्वमा अहिलेको गठबन्धन सरकार बनेको उनको दाबी छ।

सिन्धुलीमा पुरानै उम्मेदवार, पुरानै प्रतिस्पर्धा

सिन्धुली–१ मा कांग्रेस र एमालेबाहेक अरू उम्मेदवारी त्यति चर्चामा छैनन्। जनता समाजवादी पार्टीबाट सोमनाथ घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट शालिगराम माझी, नेपाल मजदुर किसान पार्टीबाट चित्रलाल श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मेनुका ठकुरीले यस क्षेत्रमा उम्मेदवारी दिएकी छन्।

प्रदीप पौडेलले ल्याए आर्थिक विकास र संमृद्धिका विषयमा १७ बुँदे अवधारणा

यसैगरी रोजगारी सिर्जनामा जोड दिने, बालबालिका र जेष्ठ नागरिकका लागि विशेष व्यवस्था गर्ने, महिला सशक्तीकरणमा जोड दिने, नविन प्रविधिको विकास गर्ने, भूमिहीनताको अवस्था अन्त्य गर्ने जस्ता प्रतिबद्धता पनि जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्