coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

राजेन्द्र लिङ्देनको मुख हरेर चुनावी सभामा आएकी छुः मनिषा कोइराला

नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाकी नातिनी तथा अभिनेत्री मनिषा कोइरालाले आफू ‘राजेन्द्र लिङ्देन’को मुख हरेर राप्रपाको चुनावी सभामा हिडिरहेको बताएकी छिन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार काठमाडौँको बसन्तपुरमा आयोजना गरेको चुनावी सभामा उनले उक्त कुरा बताएकी हुन्। ‘म आज यहाँ राजेन्द्र लिङ्देनको मुख हेरेर उभिएकी हुँ। भष्ट्राचार गर्नु भनेको आमाको रगत खानु सरह हो भन्ने उहाँको भनाई मलाई मन परेको छ। त्यसैले पनि म यहाँ आएँ’, कोइरालाले भनिन्।

उनले विपी कोइरालाले मेलमिलापको नीति लिएको तथा राजसंस्था र मल्टीपार्टी सिस्टम एउटै बाटोमा आउनुपर्छ भन्ने भनाइ स्मरण गर्दै भनिन्, ‘विपी बा र महेन्द्र सरकार एक/दुईबीच निकै आदर राख्नुहुन्थ्यो। त्यतिखेर मुलुकले ठूलो मौका गुमाएको थियो, त्यो मौका यो पटक चुकाउनुहुँदैन। त्यसैले राप्रपाका सबै प्रतिनिधीहरुलाई जिताउनुहोस्। र, हलोमा भोट दिनुहोस्।’

प्रकाशित: २५ कार्तिक २०७९ ११:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App