८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

मोरङ क्षेत्र नम्बर- ३ (१) बाट कांग्रेसका लिम्बूले गराए उम्मेदवारी दर्ता

नेपाली कांग्रेसका मानबहादुर लिम्बूले मोरङको क्षेत्र नम्बर ३ ‘१’ बाट प्रदेशसभा सदस्यका लागि मनोनयन दर्ता गरेका छन्।

बुधबार प्रदेश १ का वन, वातावरण तथा भूसंरक्षण मन्त्रीसमेत रहेका त्यस क्षेत्रबाट उम्मेद्ववारी दर्ता गराएका शेखरचन्द्र थापाको निधन भएपछि पार्टीले लिम्बूलाई उम्मेद्ववार बनाएको कांग्रेस मोरङका सचिव मोदराज घिमिरेले जानकारी दिए।

बिरामी भई उपचारका क्रममा थापाको बुधबार बिहान निधन भएको थियो। बेलबारी नगरपालिका–८ का लिम्बू कांग्रेसको महासमिति सदस्य र तरुण दल मोरङका पूर्व सभापति हुन्। उनले नेता, कार्यकर्ता र समर्थकसहित मनोनयन स्थलमा पुगेर उम्मेद्ववारी दर्ता गराएका छन्।  

क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत रामहरि शर्मा काफ्लेका अनुसार निर्वाचन आयोगले कांग्रेसका उम्मेद्ववारको निधन भएपछि खाली रहेको स्थानमा नयाँ उम्मेद्ववारी दर्ता गराउन बिहीबार दिउँसो १ बजेसम्म समय दिएको थियो। नयाँ उम्मेद्ववारी दर्ता गराएका उम्मेद्ववारविरुद्धको दाबी विरोध लगायतका प्रक्रिया पूरा गरेर शुक्रबार अन्तिम नामावली प्रकाशन हुनेछ।

प्रकाशित: २४ कार्तिक २०७९ १०:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App