७ आश्विन २०८१ सोमबार
image/svg+xml

ताप्लेजुङमा अखिल क्रान्तिकारीको विवाद चरम उत्कर्षमा

मंगलबार झरेन्द्र तिवारी अध्यक्ष र अनिता पन्दाक सचिव रहेको अखिल क्रान्तिकारीको ताप्लेजुङ जिल्ला कमिटीले अर्को समिति गठन भएको भन्ने भ्रममा नपर्न विज्ञप्तिमार्फत् अपिल गरेको छ। तिवारी र पन्दाकको हस्ताक्षर रहेको विज्ञप्तिमा साउन १४ गते अनेरास्ववियु क्रान्तिकारी ताप्लेजुङ जिल्ला कमिटीका नाममा जिल्ला सम्मेलन आयोजक कमिटी गठन प्रकृया अवैध रहेको दाबी गरिएको छ।

नैतिकता हराएको राजनीति

एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारका दुई मन्त्रीले आरोप लाग्नेबित्तिकै पदबाट राजीनामा दिएका थिए।

जनार्दन शर्मालाई पुनः अर्थमन्त्री नियुक्त गर्ने तयारी

त्यसका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्।

प्रचण्ड जापान जाने भएपछि पूर्व निर्धारित बैठकका समय परिवर्तन

आगामी साउन २१ गतेदेखि २५ गतेसम्म नेपाली जनप्रगतिशील मञ्चको निम्तोमा अध्यक्ष दाहाल जापान जाने। पार्टी पदाधिकारीका बारेमा टुंगो लगाउन स्थायी कमिटीको बैठक साउन १५ गते बस्नेछ।

लोकप्रिय मतका आधारमा सिट बाँडफाँट गर्नुपर्छः डा. कोइराला

'सङ्घीयतालाई कार्यान्वयन गर्न प्रदेशलाई अधिकार सम्पन्न बनाउन र प्रधानमन्त्रीको नेतृत्वमा रहेको मुख्य मन्त्रीहरुको आयोगको बैठकलाई नियमित बसाइ अधिकार बाँडफाँटका मुद्दालाई आगाडि बढाउन जरुरी छ।'

कांग्रेससँग बार्गेनिङ गर्न बहसमा समाजवादी केन्द्र

एमालेबाहेक सत्ता गठबन्धनमा रहेका वामपन्थी दलहरूले समाजवादी केन्द्र निर्माणको प्रयास थालेका छन्।

अबको निर्वाचनबाट दलाल पूँजीपति र भ्रष्टहरु मात्रै चुनिने खतरा: अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अबको निर्वाचनबाट दलाल पूँजीपति,नोकरसाह पूँजीपति र भ्रष्टहरु मात्रै चुनिने खतरा रहेको बताएका छन्।

संघ र प्रदेशको चुनावमा माओवादीलाई एक नम्बर पार्टी बनाउनुस्ः प्रचण्ड

देशलाई समावेशी दिशामा लैजान, मधेसमा नागरिकता समस्या समाधान गर्न आफ्नो पार्टीले अग्रणी भूमिका निर्वाह गरेको र कठिन परिस्थितिमा पनि स्थानीय तहको चुनावमा सर्लाहीबासीले माओवादीलाई ठूलो सहयोग गरेको बताउँदै प्रचण्डले संघ र प्रदेशको चुनावमा पनि माओवादीलाई एक नम्बरको पार्टी बनाउन सर्लाहीबासीसँग आग्रह गरेका हुन्।

वामपंथी दलबीच चुनावी मोर्चा हुनसक्छः प्रचण्ड

जनता समाजवादी पार्टीबाट बाबुराम भट्टराई समूह फुटिसकेको र औपचारिकता मात्र बाँकी रहेको भन्दै उनले दुबै पक्षसँगसमेत छलफल चलिरहेको बताए। भट्टराईले बनाउने अर्को पार्टी पनि गठबन्धनमै रहने भएकोले उनीसँग समेत एकताको विषयमा कुरा चलिरहेको बताए।

‘दाहालको भारत भ्रमण पार्टीगत’

प्रधानमन्त्री मोदीसँग भेट हुन नसके पनि आफू दुःखी नभएको उनको भनाइ थियो। तर कतिपय भारतीय सञ्चारमाध्यमले भने दाहालको प्रधानमन्त्री मोदीसँग भेट्ने कुनै कार्यक्रम तय नभएको दाबी गरेका छन्।

बाबुरामलाई नेकपा 'समाजवादी केन्द्र' बनाउन प्रचण्डको प्रस्ताव

सो भेटवार्तामा प्रचण्डले भट्टराईलाई पार्टी एकता गरी नेकपा (समाजवादी केन्द्र) बनाउन प्रस्ताव गरेको स्रोतले बताएको छ। यस्तै भट्टराईले आफू कम्युनिष्ट पार्टीमा नफर्कने बताए पनि छलफल गरेर अगाडि बढ्ने प्रतिक्रिया दिएका छन्।

मेरो जवाफको निचोड छानविन समितिले नै निकाल्छः जनार्दन शर्मा

समितिले बुधबारको बैठकमा अर्थमन्त्री र अर्थ मन्त्रालयभित्र अनधिकृत घुसपैठसम्बन्धी समाचार लेख्ने अन्नपूर्ण पोस्ट दैनिकमा कार्यरत दुई पत्रकार सुरेन्द्र काफ्ले र ममता थापासँग सोधपुछ गरेको थियो।

कर्णाली प्रदेशसभा बैठक सञ्चालन हुन सकेन

सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)ले सदन बहिष्कार गरेदेखि कर्णाली प्रदेशसभाको बैठक सञ्चालन हुन सकेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्