७ वैशाख २०८१ शुक्रबार
राजनीति

प्रचण्ड जापान जाने भएपछि पूर्व निर्धारित बैठकका समय परिवर्तन

नेकपा (माओवादी केन्द्र) ले प्रदेशका पूर्व निर्धारित बैठकहरुको समय परिवर्तन गरेको छ। शुक्रबार पार्टी कार्यालय पेरिस डाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले पूर्व निर्धारित प्रदेशस्तरीय बैठकको समय परिवर्तन गरेको हो।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आगामी साउन २१ देखि २५ गतेसम्म जापान भ्रमणमा जाने भएका कारण बैठक सारिएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले बताए। उनले आगामी साउन २१ गतेदेखि २५ गतेसम्म नेपाली जनप्रगतिशील मञ्चको निम्तोमा अध्यक्ष दाहाल जापान जान लागेको बताए।

प्रवक्ता महराले बैठकले प्रदेश १ को २६ गते, मधेस प्रदेशको बैठक २ गते, लुम्बिनी प्रदेशको २९ गते र सुदूरपश्चिमको बैठक ४ गते बस्ने बताए। उनले प्रवासको बैठक ६ गते, विशेष प्रदेशको बैठक ४ गते र सम्पर्क मञ्चको बैठक ८ गते बस्ने बताए।

उनले भने, ‘हामी फेरि १५ गते ३ बजे बस्छौं। अध्यक्ष कमरेड नेपाली जनप्रगतिशील मञ्चका निम्तोमा जापान जाँदै हुनुहुन्छ २१ गते। २१ देखि २५ गतेसम्म उहाँको जापान भ्रमण हुने भएकोले हामीले पहिला निर्धारित प्रदेशका बैठकहरुको बारेमा जुन तालिका थियो त्यो परिवर्तन गरको छौँ। २० गते, २२ गते र २४ गतेको कार्यक्रम परिवर्तन गरेका छौँ। मधेस प्रदेशको पहिला २९ गते थियो २ गते सारियो, प्रदेश १ को २६ गते हुनेभयो। लुम्बिनी प्रदेशको २४ गते थियो, २९ गते हुनेभयो। सुदूरपश्चिमको २८ गते थियो ४ गते हुने भयो । प्रवासको ६ गते र विशेष प्रदेशको ४ गते र सम्पर्क मञ्चको ८ गते हुन्छ।’

पार्टी पदाधिकारीका बारेमा टुंगो लगाउन स्थायी कमिटीको बैठक साउन १५ गते बस्नेछ।

प्रकाशित: १३ श्रावण २०७९ ०५:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App