१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘दाहालको भारत भ्रमण पार्टीगत’

फाइल तस्बिर।

भारतको विदेश मन्त्रालयले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको हालै सम्पन्न भारत भ्रमण दुई पार्टीबीचको सम्बन्धका हिसाबले भएको जनाएको छ।

मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले नियमित पत्रकार सम्मेलन कार्यक्रममा सोधिएका प्रश्नको जवाफमा यस्तो बताएका हुन्। भ्रमण भारतीय जनता पार्टी र नेकपा माओवादी केन्द्रको सम्बन्धका आधारमा भएकाले दुई पार्टीका नेताबीच भएका कुराकानीबारे बताउने आधिकारिक व्यक्ति आफू नभएको र यसबारे आफूलाई धेरै जानकारी पनि नभएको उनको भनाइ थियो।

तर उनले नेताहरूबीच भएका छलफलमा दुई पक्षीय सम्बन्धका विषयमा कुराकानी भएको जानकारी दिए। भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा तीन दिवसीय भारत भ्रमणमा गएका दाहालले भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट हुने बताएका थिए।

तर अन्तिम चरणमा भेटको कार्यक्रम रद्द भएपछि दाहालले यसबारे आफू अनविज्ञ रहेको बताएका थिए। प्रधानमन्त्री मोदीसँग भेट हुन नसके पनि आफू दुःखी नभएको उनको भनाइ थियो। तर कतिपय भारतीय सञ्चारमाध्यमले भने दाहालको प्रधानमन्त्री मोदीसँग भेट्ने कुनै कार्यक्रम तय नभएको दाबी गरेका छन्।

प्रकाशित: ६ श्रावण २०७९ ०२:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App