१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
खेल

फेरिल्यान्ड र एन्जल्स हार्ट च्याम्पियन

डिफेन्डिङ च्याम्पियन आयोजक फेरिल्यान्ड इन्टरनेसनल स्कुल ‘ए’ र एन्जल्स हार्ट सिमोन स्मृति दोस्रो फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा शुक्रबार च्याम्पियन बनेका छन्। फेरिल्यान्ड जुनियर गर्ल्स र एन्जल्स हार्ट जुनियर ब्वाइजमा च्याम्पियन बने।

बुढानीलकण्ठ नगरपालिका–१० को बालुवाखानीस्थित घरेलु कोर्टमा फेरिल्यान्ड ‘ए’ ले भ्याली पब्लिकलाई ३०–२५ ले पराजित गर्दै उपाधि रक्षा गर्‍यो। फेरिल्यान्ड ‘ए’ को जितमा सन्दीपा राईले १० अंक योगदान गरिन्। फेरिल्यान्ड ‘बी’ तेस्रो भयो।

जुनियर ब्वाइजको उपाधि भिडन्तमा सौरभ श्रेष्ठको ८ अंक सहयोगमा एन्जल्स हार्टले जेबी स्कुललाई २०–१६ ले हरायो। फेरिल्यान्ड तेस्रो स्थानमा रह्यो।

फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सौरभ र सन्दीपा आआफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए। जुनियर ब्वाइजमा फेरिल्यान्डका मिङ्मार तामाङ तथा जुनियर गर्ल्समा भ्याली पब्लिककी सोनीमाया तामाङ उत्कृष्ट ‘थ्री प्वाइन्टर’ चुनिए। जुनियर ब्वाइजमा जेबी स्कुलका हरि मगर तथा जुनियर गर्ल्समा फेरिल्यान्डकी करुणा बोगटी प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने।

जुनियर ब्वाइजमा वसुन्धरा नेसनल एकेडेमी (बिएनए) तथा जुनियर गर्ल्समा हिमशिलाले अनुशासित टिमको ट्रफी हात पारे। जुनियर ब्वाइजमा ज्ञानभूमि र जुनियर गल्र्समा न्युटन ‘इमर्जिङ टिम’ चुनिए।

विजेतालाई बुढानीलकण्ठ नगरपालिका प्रवक्तासमेत रहेका वडा नं. १० का अध्यक्ष नवराज भट्टराई, फेरिल्यान्डका निर्देशकद्वय विनोद अधिकारी र राजेन्द्र देवकोटालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे। माघ ११ गतेदेखि सुरु भएको प्रतियोगिताको जुनियर ब्वाइज/ गर्ल्समा समान १२–१२ टिम सहभागी थिए।

प्रकाशित: १७ माघ २०८२ १२:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App