२१ आश्विन २०८१ सोमबार
image/svg+xml

भुल्केमा त्रास कम गर्न स्वास्थ्य शिविर

कोरोना भाइरस (कोभिड–१९)को ‘इपिसेन्टर’ बन्न पुगेको उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा शुक्रबारदेखि स्वास्थ्य शिविर सञ्चालनमा ल्याइएको छ । भुल्केस्थित नुरी मस्जिदमा रहेका १२ भारतीयसहित १६ धर्मप्रचारकसँगै आसपासका २८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि त्रसित स्थानीयको मनोवैज्ञानिक र स्वास्थ्य दुवैखाले उपचार गर्न शिविर राखिएको हो ।

डोल्पामा ६१ जनाको आरडिटी परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ

डोल्पामा हालसम्म ६१ जनाको कोरोना भाइरस (कोभिड– १९) आरडिटी परीक्षण गरिएको छ । परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोनाको त्रास भन्दा घर फर्किने चिन्ता

गमगढी–१ मुगुकी जनकला मल्ल उपचार गर्न भनि नेपालगन्ज आएको एक महिना भयो । तर, उनले अस्पतालमा उपचार गर्न नपाउँदै कोरोना भाइरसको सन्त्रासका कारण सरकारले लकडाउन घोषणा गर्‍यो । लकडाउनमा परेपछि उनी अस्पतालमा पुगेर उपचार गराउनै सकिनन् ।

कोरोनाबाट यूकेमा खोटाङका १२ जना संक्रमित, एक युवतीको मृत्यु

कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण बेलायतमा एक नेपाली युवतीको मृत्यु भएको छ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखा पुर्खौली घर भइ हाल धरान आदर्श विकास टोलमा बस्दै आएकी ३२ वर्षीय बिमा नाछिरिङ राईको मृत्यु भएको हो । मिर्गौला सम्बन्धी समस्याबाट पीडित मृतक राईलाई कोरोनाको संक्रमण भएको पुष्टी भएपछि जर्ज इलियट अस्पतालमा उपचारकोक्रममा मृत्यु भएको बेलायतबाट सञ्चालित खोटाङ मिडिया डटकमले उल्लेख गरेको छ ।

कोरोना देखिएका किशोरलाई वीरगंज अस्पतालको आइसोलेसनमा पठाइयो

प्रादेशिक अस्पताल जनकपुरले दुईपटक गरेको पीसीआर रिपोर्ट नेगेटिभ देखिएपछि घर फिर्ता गरिएका सर्लाही धनकौलका एक किशोरमा काठमाडौंस्थित टेकु अस्पतालको स्वाब परीक्षणबाट पोजेटिभ रिपोर्ट आएपछि उनलाई उपचारका लागि वीरगंज पठाइएको छ ।

लकडाउनका कारण जिल्ला बाहिर रहेका नागरिक ल्याउन ९ सर्त

लकडाउनका कारण काठमाडौं तथा अन्य जोखिममा रहेका जिल्ला र भारतसँग सीमा जोडिएका जिल्लाबाट व्यक्ति ल्याउनका लागि ९ वटा सर्त पूरा गर्नुपर्ने भएको छ ।

भोक र तिर्खा सहदै घर फर्किरहेका सर्वसाधारणलाई युवाको खाजापानी

‘लकडाउन’का बेला कष्टका साथ घर फर्किरहेका सर्वसाधारणलाई खोटाङका चार युवाले खाजा र पानी उपलव्ध गराएका छन् ।

इलाममा कोभिड–१९ को सूचना संयन्त्र नामको मात्रै

जिल्लामा कोरोना भाइरस (कोभिड–१९)को आधिकारिक विवरण र सूचनाप्रवाहका लागि निर्माण गरिएको एकीकृत सूचना संयन्त्र नाममात्रैको भएको छ।

पीपीईको अभाव भएपछि नयाँ उपाय

पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) को अभाव भएपछि नोबेल कोरोना भाइरस (कोभिड–१९) को र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) परीक्षणलाई निरन्तरता दिन स्वास्थ्य कार्यालय रोल्पाले नयाँ उपाय सुरु गरेको छ । बुधबार प्रयोगशाला प्राबिधिकसंगै परिवर्तन गाउँपालिकाको रांसी पुगेको अनिल केसीको टोलीले झ्यालमा बाक्लो प्लास्टीक चेप्टाएर हात छिर्न मिल्ने प्वाल बनाई रगत परीक्षण गरेको थियो ।

भोजपुरका कोरोना संक्रमितको यस्तो छ यात्रा विवरण

भोजपुर हतुवागढी गाउँपालिका ६ होम्ताङ्गका एक युवामा कोरोना संक्रमित युवा मावाली, ससुराली हुदै घर आएको पाइएको छ। साउदीबाट फागुन ३० हिमालयन एयरलाइन्सको फ्ल्याइटबाट मार्फत काठमाडौं ओर्लिएका उनी त्यसपछि सुनसरी आएको पाइएको छ।

डिस्चार्ज भैसकेका किशोरमा कोरोना पोजेटिभ

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको नमुना परीक्षणमा सर्लाहीका एक किशोरमा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ पाइएको छ। उनी प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा भर्ना भएको तेस्रो दिन डिस्चार्ज भएका थिए।

भोजपुरका एक युवकमा देखियो कोरोना

भोजपुरमा एक जनामा कोरोना पोजेटिभ भएको पुष्टी भएको छ। हतुवागढी गाउँपालिका ६ होम्ताङ्गका एक युवा कोरोना पोजेटिभ भेटिएका हुन्।

उदयपुरमा कसरी भित्रियो कोरोना ? जरो खोज्दै प्रशासन र स्थानीय सरकार

त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदका ११ भारतीयसहित १३ जना धर्म प्रचारकमा वैशाख ५ गते पहिलो पटक कोरोना भाईरस (कोविड–१९) संक्रमण पुष्टि हुँदा धेरैको प्रतिक्रिया थियो ‘भारतीय नागरिकले कोरोना ल्याएर उदयपुरलाई स्वाहा बनाए।’

जोखिमको अवस्था हेरेर मात्र लकडाउनबारे निर्णय : मन्त्री खतिवडा

सरकारले छिमेकी मुलुकहरुमा कोरोना भाइरसको जोखिमको अवस्था हेरेर लकडाउनका खोल्ने विषयमा निर्णय हुने बताएको छ।

८१ वर्षिय वृद्धा कोरोना मुक्त भएर घर फर्किइन्

बिहीबार थप दुई जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पाटन अस्पतालमा उपचाररत पेप्सीकोलाका ५८ वर्षिय पुरुष र ८१ वर्षिया महिला उपचारपछि निको भएर घर फर्किएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्