२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

भोक र तिर्खा सहदै घर फर्किरहेका सर्वसाधारणलाई युवाको खाजापानी

खोटाङ भित्रिने सर्वसाधारणका लागि मेयर इवन राई र वडाध्यक्ष रुद्र राईमार्फत राहत हस्तान्तरण गर्दै युवा व्यवसायी एबं नेता । तस्बिर : दमन/नागरिक

खोटाङ– ‘लकडाउन’का बेला कष्टका साथ घर फर्किरहेका सर्वसाधारणलाई खोटाङका चार युवाले खाजा र पानी उपलव्ध गराएका छन् ।

नोबेल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणकाक्रममा लागू गरिएको ‘लकडाउन’का बेला शहरबाट भोक र तिर्खा सहदै घर फर्किरहेका सर्वसाधारणलाई युवा व्यवसायी एबं नेता भिषण राई, बिराज आचार्य, प्रकाश थापा र किरण राईले ५० काटुन चाउचाउ र ६० काटुन मिनरल वाटर उपलव्ध गराएका हुन् । ‘लकडाउन’ आव्हान गरिएको भए पनि काठमाडौंबाट कष्टका साथ यात्रा गरेर जिल्ला भित्रिरहेका सर्वसाधारणलाई चार युवाले ३६ हजारको खाजा पानीको व्यवस्था गरिदिएका हुन् ।

युवाको समूहले बुधबार साँझ खोटाङ प्रवेश गर्ने प्रमुख नाकाका रुपमा रहेको जयरामघाटमा पुगेर कष्टकर यात्रा गरिरहेका सर्वसाधारणलाई वितरण गर्नेगरी हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र हलेसी तुवाचुङ नगरपालिकाका–१ बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईलाई पानी र चाउचाउ हस्तान्तरण गरेका छन् । ‘लकडाउन’को परवाह नगरी जिल्ला भित्रिनेक्रममा जयराममा आइपुगेका सर्वसाधारणले खाना र पानी समेत नपाउँदा भोक र तिर्खा सहदै यात्रा गर्नुपरेको गुनासो आएपछि युवाबीचमा समन्वय गरेर राहत उपलव्ध गराइएको युवा व्यवसायी एबं नेता भिषणले बताए ।

‘लकडाउन’ तोडेर घर फर्किरहेका सर्वसाधारणका लागि भिषण र बिराजले २५/२५ काटुन चाउचाउ, प्रकाशले ५० काटुन पानी र किरणले १० काटुन पानी उलपव्ध गराएका छन् । युवा व्यवसायी रुजन खत्रीले दिक्तेलबाट जयरामसम्म राहतका सामग्री पुर्‍याउन सवारी साधन उपलव्ध गराएका छन् । जिल्लाको नाकामा आइपुगेका सर्वसाधारण खाजा र पानी नपाएर कष्ट भोग्न बाध्य भएको जानकारी आएपछि केही घण्टाभित्रै समन्वय गरेर राहत जुटाइएको राहत अभियानमा समन्वय गरेका युवा नेता सञ्जयकुमार राईले बताए ।

मुलुकभर ‘लकडाउन’ गरे पनि हाल काठमाडौंबाट सयौं सर्वसाधारण जिल्ला भित्रिरहेका छन् । बुधबार मात्र हलेसी तुवाचुङ नगरपालिकाको ७१ जना र अन्य पालिकाको ५० जना स्थानीय जिल्ला प्रवेश गरेका छन् । कतिपय रातको २/३ बजे पनि जिल्ला प्रवेश गर्ने गरेको जयराम नाकामा हेल्थडेस्कमा खटिएका अहेव मदन पण्डितले बताए ।

 

प्रकाशित: १२ वैशाख २०७७ ०३:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App