४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

पीपीईको अभाव भएपछि नयाँ उपाय

पीपीई बचाउन सुरु गरिएको नयाँ उपायबाट रगत संकलन गर्दै ।

रोल्पा- पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) को अभाव भएपछि नोबेल कोरोना भाइरस (कोभिड–१९) को र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) परीक्षणलाई निरन्तरता दिन स्वास्थ्य कार्यालय रोल्पाले नयाँ उपाय सुरु गरेको छ । बुधबार प्रयोगशाला प्राबिधिकसंगै परिवर्तन गाउँपालिकाको रांसी पुगेको अनिल केसीको टोलीले झ्यालमा बाक्लो प्लास्टीक चेप्टाएर हात छिर्न मिल्ने प्वाल बनाई रगत परीक्षण गरेको थियो ।

आफुहरुसंग ६ पीस मात्र पीपीई रहेकाले नयाँ उपाय अपनाएको केसीले बताए । ‘झ्यालमा बाक्लो प्लास्टीक चेप्टाएर हात छिर्न मिल्ने प्वाल बनाएका छौ । यसरी जाच गर्दा एउटा सेट पीपीईले १५ जनासम्मको आरडिटि गर्न सकिने छ ।’ केसीले भने ‘एक पटक निकालेको सोहि रगतबाट मलेरीयाको परीक्षण पनि सुरु गरेका छौ ।’ यसरी जाच गदाई एक सेट पीपीईले १५ जनासम्मको कोरोना र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्न सजिलो हुनेछ ।

बिहीबार दिउँसोसम्म रोल्पामा जम्मा २ सय ९३ जनाको र्‍यापिड डाइग्नोस्टिक टेष्ट (आरडिटि) परीक्षण गरिएको छ । स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने पीपीई (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) को अभाव भएपछि अब हुने परीक्षणमा अन्यौलता थपिएको छ । पछिल्लो केहि दिन यता जिल्ला बाहिरबाट करिब ३ हजार ५ सय रोल्पाली आएका छन् । स्थानीय सरकारले तोकेको क्वारेन्टाइनमा बसेका उनीहरुलाई आरडिटि गर्नका लागि पर्याप्त पीपीई र किटको जोहो गर्नु पर्ने केसी बताउँछन् ।

 

प्रकाशित: १२ वैशाख २०७७ ०२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App