२१ आश्विन २०८१ सोमबार
image/svg+xml
स्वास्थ्य

कोरोनाबाट यूकेमा खोटाङका १२ जना संक्रमित, एक युवतीको मृत्यु

खोटाङ– कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण बेलायतमा एक नेपाली युवतीको मृत्यु भएको छ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखा पुर्खौली घर भइ हाल धरान आदर्श विकास टोलमा बस्दै आएकी ३२ वर्षीय बिमा नाछिरिङ राईको मृत्यु भएको हो । मिर्गौला सम्बन्धी समस्याबाट पीडित मृतक राईलाई कोरोनाको संक्रमण भएको पुष्टी भएपछि जर्ज इलियट अस्पतालमा उपचारकोक्रममा मृत्यु भएको बेलायतबाट सञ्चालित खोटाङ मिडिया डटकमले उल्लेख गरेको छ ।

हालसम्म अविवाहित राईको मंगलबार बिहान मृत्यु भएको समाजसेवी एवं ब्रिटिस गोर्खा भेट्रान एसोसिएसनका महासचिव भीम सारुले बताए । उनी पूर्व गोर्खा सैनिक बाबुसँगै गत वर्ष बेलायत पुगेकी थिइन् । बाबुआमा र बहिनीका साथमा नटिङ्घम बसिरहेकी बीमाको मृत्युको विषयमा किरात रदु नाछिरिङ साखाम केन्द्र, केन्द्रीय समिति नेपालले आफ्नो फेसबुक पेजमाफैत दुःख व्यक्त गरेको छ ।

बेलायतमा बसिरहेका १२ जना खोटाङ्गेलाई कोरोना संक्रमण भएको खोटाङ सेवा समाज यूकेले जनाएको छ । समाजले अप्रिल २१ मा जारी गरेको अपिलमा फल्कस्टोनमा १ जना, बेजिङस्टकमा ६ जना, आशफोर्डमा ३ जना, क्याट्रिकमा १ जना र ओकिङमा १ जना खोटाङ्गे संक्रमित भएको उल्लेख छ ।

प्रकाशित: १२ वैशाख २०७७ ०६:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App