६ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

भुल्केमा त्रास कम गर्न स्वास्थ्य शिविर

उदयपुर- कोरोना भाइरस (कोभिड–१९)को ‘इपिसेन्टर’ बन्न पुगेको उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केमा शुक्रबारदेखि स्वास्थ्य शिविर सञ्चालनमा ल्याइएको छ । भुल्केस्थित नुरी मस्जिदमा रहेका १२ भारतीयसहित १६ धर्मप्रचारकसँगै आसपासका २८ जनामा कोरोना संक्रमण पुष्टि भएपछि त्रसित स्थानीयको मनोवैज्ञानिक र स्वास्थ्य दुवैखाले उपचार गर्न शिविर राखिएको हो ।

जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. जीवनारायण मण्डल, अन्य मेडिकल अधिकृतहरु, अस्पतालकै मनोसामाजिक परामर्शकर्ता तथा स्वास्थ्यकर्मीहरुको टोली शिविरमा खटेको छ । नेपाली सेनाको १८ नं. बाहिनी अड्डाको खेल मैदान परिसरमा दिउँसो १ बजेदेखि सुरु शिविरमा रुघाखोकी, ज्वरो, झाडा पखालादेखि मानसिक उपचारसम्म सेवा उपलब्ध गराइने जिल्ला स्वास्थ्य कार्यालय प्रमुख मोहन सुबेदीले बताए ।

गत वैशाख ५ गते भुल्केस्थित नुरी मस्जिदमा रहेका ११ भारतीयसहित १२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुमा संक्रमण पुष्टि भएपछि मस्जिद आसपासका थप ३ य २० को स्वाब नमूना (पिसिआर) संकलन गरी परीक्षण गर्दा गत बुधबारसम्ममा संक्रमितको संख्या २८ पुगेको छ । संक्रमित बढेसँगै त्रसित बन्न पुगेका स्थानीयहरुमा बिभिन्न खालका विरामी देखिएको खवर आएपछि शिविर राखिएको उनले बताए ।

डा. मण्डलका अनुसार इमरजेन्सी सेवा मात्र दिने गरी शिविर राखिए पनि पुरै टोलबासीको घुईचो लागेको छ । शिविरमा आएका स्थानीयलाई चिकित्सक टोलीले स्वास्थ्य परीक्षण गर्दै आवश्यक औषधि दिने गरेको छ भने मानसिक तनाव व्यवस्थापन गर्न मनोविमर्शकर्तामार्फत सकारात्मक परामर्श दिने काम भईरहेको छ ।
    

 

प्रकाशित: १२ वैशाख २०७७ ०८:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App