१ मंसिर २०८१ शनिबार
image/svg+xml

नेमकिपाले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादविरुद्ध संघर्ष गर्ने

नेपाल मजदुर किसान पार्टी केन्द्रीय समितिको बैठक भारतीय विस्तारवादविरुद्ध संघर्षलाई कायमै राख्ने निर्णय गर्दै बुधबार भक्तपुरमा सकिएको छ । पार्टी अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा बसेको दुईदिने बैठकले अमेरिकी साम्राज्यवादले नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक क्षेत्रमा गर्दै आएको हस्तक्षेपको विरोधमा पार्टीले चलाउँदै आएको वैदेशिक हस्तक्षेपविरुद्ध सङ्घर्षलाई यथावत राख्ने निर्णय गरेको पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हेटौँडा–काठमाडौँ ९० किमी कान्तिराजपथ विस्तार पुनः सुरू

हेटौँडादेखि काठमाडौँ जोड्ने छोटो दूरीको वैकल्पिक मार्ग बिस्तार कार्यले फेरि तीव्रता पाएको छ। नाकाबन्दीपछि सुस्त बनेको ९० किलोमिटर लामो सडकचौँडा बढाउने कार्यलाई कान्तिलोकपथ सडक आयोजनाले फेरि तीव्रता दिएको हो।

ट्रान्समिसन लाइन विस्तारमा विरोध

इलाम नगरपालिका–४ का बासिन्दाले आफूहरूको स्वीकृतिबिनै जलविद्युत् आयोजनाको ट्रान्समिसन लाइन गाउँबाट विस्तार गर्न लागिएको भन्दै विरोध जनाएका छन् । उनीहरूले विद्युत् आयोजनाले आफूहरूको स्वीकृतिबिना जबर्जस्ती लाइन विस्तार गरे कामै रोकिदिने चेतावनीसमेत दिएका छन् ।

दाहाल मन्त्रिपरिषद् चौथोपटक विस्तार

प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसभित्र मन्त्रालय भागबन्डा मिलेसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रधानमन्त्री निर्वाचित भएको २३ दिनपछि शुक्रबार दाहालले कांग्रेसका तर्फबाट थप १३ मन्त्री सहभागी गराएका हुन्। थपिएकामध्ये कांग्रेस सभापति देउवाका सात, नेता रामचन्द्र पौडेलका पाँच र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाका एक जना छन्।

सेवा विस्तारमा अवरोध

काँकडभिट्टाबाट विभिन्न सहरसम्म सिधा बस चलाइरहेको उज्यालो यातायात व्यवसायी संघले केही महिनाअघि पोखरालाई आधार बनाएर सुविधासम्पन्न बस चलाउने तयारी गर्‍यो। तर, सिन्डिकेट लादेका स्थानीय व्यवसायीको अवरोध र प्रशासनको असहयोगले चलाउन नसक्ने भन्दै पछि हट्यो।

मन्त्रिमण्डल विस्तार बिहीबार भित्र: खड्का

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नारायण खड्काले बिहीबार भित्र मन्त्रिमण्डलले पूर्णता पाउने दाबी गरे। रफत सञ्चार क्लबले मंगलबार गरेको साक्षात्कारमा उनले कांग्रेसको भातृसंगठनको निर्वाचनको कारण मन्त्रिमण्डल विस्तार ढिलाई भएको बताए।

तेस्राे पटक सरकार विस्तार, माअाेवादीका पाँच मन्त्रीद्वारा शपथ

प्रधानमन्त्री पुष्पकमल दाहालले आज तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयमा अाइतबार आयोजित एक विशेष समारोहमा पाँचजना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ दिलाएकी हुन्।

मन्त्रिमण्डलमा विस्तारमा प्रभु साह आक्रोशित

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार गर्न लागेको मन्त्रिपरिषद विस्तारप्रति सोही पार्टीका सांसद प्रभु साहले असन्तुष्टि जनाएका छन्।

आइतबार सरकार विस्तार गर्ने प्रधानमन्त्रीको तयारी

प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। आफ्नो भागमा परेका आठ मन्त्रालयमध्ये पाँच मन्त्रालयलाई दाहालले भोलि पूर्णता दिने भएका हुन्। शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका प्रधानमन्त्री दाहाललाई राष्ट्रपतिले सरकार विस्तारका विषयमा चासो राखेपछि प्रधानमन्त्री दाहालले आइतबार मन्त्रिपरिषद विस्तार गर्ने जानकारी गराएका हुन्।

मन्त्रिपरिषद विस्तार, तीन मन्त्री थपिए

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद विस्तार गरेका छन्।राप्रपा र नेकपा संयुक्तलाई उनले सरकारमा सहभागि गराएका हुन्। राप्रपाको तर्फबाट संसदीय दलका नेता दीपक बोहोरा, संसदीय दलका उपनेता विक्रम पाण्डे एवं नेकपा संयुक्तका नेता जयदेव जोशीले सोमबार साँझ पद तथा गोपनियताको सपथ लिए।

कलङ्की–नागढुङ्गा सडक विस्तार रोक्न सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कलङ्की–नागढुङ्गा सडक विस्तार गर्दा स्थानीयलाई अपूरणीय क्षति हुने भएको भन्दै अर्को आदेश नभएसम्मका लागि नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ।

चक्रपथ विस्तारमा निजी कम्पनीको अवरोध

सडक विभागको सहमतिबिना विभिन्न ठाउँमा अकासे पुल बनाएको एक निजी कम्पनीले चक्रपथ विस्तारको काममा अवरोध गर्दै क्षतिपूर्तिसमेत दाबी गरेको छ । चाहेको अवस्थामा भत्काउन सक्ने गरी कलंकी, गोंगबु, माछापोखरी लगायत ५ ठाउँमा पुल निर्माणको काम दिइए पनि अहिले भत्काएबापत क्षतिपूर्ति दिनुपर्ने भन्दै कम्पनीले अवरोध गरेको हो ।

भक्तपुर दुवाकोटमा ७ सय रोपनी क्षेत्रफलमा वीर अस्पताल विस्तार गरिने

काठमाडौं– सरकारले भक्तपुरको दुवाकोटमा करिब ७ सय रोपनी जग्गा क्षेत्रफलमा वीरअस्पताललाई अन्तराष्ट्रिय स्तरको अस्पताल बनाउन पूर्वाधार निर्माण गर्ने भएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।

चक्रपथ विस्तारमा अवरोध

निर्माणकै क्रममा विवाद भईरहँदा पनि अटेर गरेर बनाईएको कलंकी चोकको आकाशे पुल भत्काइने भएको छ। काठमाडौं चक्रपथ सुधार आयोजनाले सडक विस्तार गरी चौडा बनाउन अवरोध गरेको भन्दै भत्काउन लागेको हो।

बौद्धको सडक विस्तार न मर्मत

तस्बिरमा देखिएको सडक विश्व सम्पदा सूचीमा रहेको राजधानीको बौद्धनाथ स्तुप अगाडिको हो। बौद्धनाथ स्तुपदेखि पिपलबोटसम्म करिब १ किलोमिटर सडक बिगे्रको ६ महिनाभन्दा बढी भइसक्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्