काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्ची खानेपानीको मुख्य प्रसारण पाइपलाइन विस्तार गर्ने जिम्मा पाएको भारतीय कम्पनी जेआइटिएफसँगको ठेक्का रद्द गर्ने भएको छ। ठेकेदार कम्पनीको काम सन्तोषजनक नभएको भन्दै ठेक्का रद्द गर्ने तयारी थालिएको हो।
न्यायालय, नेपाली सेना, बैंक तथा वित्तीय संस्था, अन्तर्राष्ट्रिय र राष्ट्रिय गैरसरकारी संस्था, राजनीतिक दल, निजी क्षेत्र अहिले पनि भ्रष्टाचार अनुसन्धान गर्ने संवैधानिक निकाय अख्तियारकोे क्षेत्रधिकारभन्दा बाहिर छन्।
यो वर्षको राष्ट्रियकला प्रदर्शनी तथा प्रतियोगिता सम्पन्न भयो । देशभरिका चार सय २६ कलाकारका चार सय ५८ कलाकृति प्रदर्शनमा राखिएका थिए । सधैँजस्तो यो वर्ष सुधारिएर प्रस्तुत हुन्छौ“ भन्दाभन्दै पनि राष्ट्रियकला प्रतियोगिता विवादरहित हुन सकेन । विशेषतः प्रतियोगिता मिथिलाकला पुरस्कारका सन्दर्भमा विवादित बन्यो । निर्णायक मण्डलीमा रहेकाहरू पूर्ण सक्षम नभएको, पुरस्कार आफ्ना मान्छेका कमजोर कलाकृतिलाई दिइएको आक्षेप लगाइयो । विवाद सतहमा आइसकेकाले सम्बन्धित पक्षको स्पष्टीकरण आउला । जे भए पनि नेपाल ललितकला संस्थानले राष्ट्रभरिका सम्पूर्ण कलाकारलाई समेट्ने र एक सूत्रमा बाँध्ने उद्देश्यमा थालनी गरेको यो कार्यक्रम नियमित हुन सक्नु नै नेपाली कलाको विकास तथा सक्रियताको सूचक हो ।
हाम्रा दुई छिमेकी चीन र भारतमै कामको गति हेर्ने हो भने पनि हामीलाई मार्गदर्शन हुन सक्ने थियो। तर, हामी न आफैंबाट सिक्छौं, न अरूबाटै। त्यसैले तालिम, अवलोकन आदि नाममा हुने खर्चको कुनै अर्थ छैन।
सर्लाहीबाट चारदिन अघि काठमाडौँ आएका सियाराम रायको अरु काम सक्किएपनि चाँडै मन्त्रिपरिषद् विस्तार हुने खबरले उनको बसाइँ लम्बियो । “आज बिहानदेखि फूल बोकेर हिँडेको थिएँ, साँझ काम लाग्यो”–रायले भने ।
प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रोपटक मन्त्रीमण्डल विस्तार गरेका छन् । बुधबार दिउँसो साढे चार बजे राष्ट्रपति कार्यालयमा नेपाली कांग्रेसबाट १०, माओवादी केन्द्रबाट ६, लोकतान्त्रिक फोरमबाट २ जना र नेकपा संयुक्तबाट १ जना मन्त्रीहरूको सपथ ग्रहण गरेका छन् ।
प्रधानमन्त्रीमा निर्वाचित भएको डेढ महिनापछि शेरबहादुर देउवाले बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। पार्टीभित्रै मन्त्रालय विवाद मिलाउन नसक्दा मंगलबार सरकार विस्तार गर्न नसकेका देउवाले बुधबार आफ्नै दल कांग्रेससहित सत्ता साझेदार दलका डेढ दर्जन नेतालाई सरकारमा सहभागी गराउन लागेका हुन् ।
उपप्रधान तथा पारराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि म्यान्मारका राजदूत ल्विन ऊसँग भेटघाट गर्दै दुइ देशीय सहयोगका विषयमा छलफल गरेका छन्। परराष्ट्र मन्त्रालयमा मंगलबार भएको भेटवार्तामा नेपाल र म्यान्मारबीचको सम्बन्ध विस्तारका विभिन्न विषयमा छलफल भएको हाे।
सोलखुुम्बुमा ग्रामीण सडक विस्तारको क्रममा प्रभावकारी सर्भे नहुँदा यातायात सञ्चालनमा समस्या परेको छ । कच्ची सडकको ट्र्याक खोल्नुअघिको प्राविधिक सर्भे सहि नहुँदा ग्रेड नमिलेका सडकमा सवारी चलाउन समस्या भएको हो ।
एउटा एक सिंगे गैँडालाई समातेर विशेष तरिकाले चितवनको राष्ट्रिय निकुञ्जमा पठाएको भोलिपल्ट रौतहटको वनमा थप दुईवटा गैँडा देखिएपछि जिल्ला वन कार्यालयले रौतहटसम्म वन्यजन्तु आरक्ष केन्द्र वा वन्यजन्तु संरक्षण केन्द्र अथवा वन्यजन्तु विशेष संरक्षण क्षेत्र विस्तारको पहल थालेको छ।
युएईमा रहेर नेपाली चलचित्रको व्यवस्थापन गर्दै आएको भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्सले नयाँ बर्षबाट नेपाली चलचित्रको अन्तराष्ट्रीय बजार व्यवस्थापनलाई बिस्तार गर्ने भएको छ।
नेपालका लागि अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटले उद्योग मन्त्रालयले सुरु गरेको नीतिगत सुधारका कारण नेपालमा वैदेशिक लगानीकाे वातावरण बन्दै गएको बताएका छन्।
सम्झौता भएको दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको नारायणगढ–मुग्लिन सडक विस्तार सुस्त गतिमा अगाडि बढेको छ । सन् २०१५ अप्रिलमा भएको सम्झौताअनुसार यतिखेरसम्म लगभग काम सकिनुपर्ने भए पनि आधाभन्दा बढी बाँकी छ ।
अचाक्ली धुलो भयो। घरबाट बाहिर निस्कनै सकस भयो। अहिले उपत्यकावासी हरेकले यसै भन्छन्। धुलो पनि किन नहोस्? कामको गति कछुवाको जस्तै छ। अव्यवस्थित पनि उत्तिकै। उपत्यकाको केन्द्रमा थालिएको १० किलोमिटर सडक विस्तार कार्य ४ वर्षमा आधा मात्र भएको छ। मूल सडक भत्काउने काम चलिरहन्छ तर बनाउने टुंगो हुँदैन्। समस्या यहींनेर छ।