१९ वैशाख २०८१ बुधबार
image/svg+xml

कोरोना खोप केन्द्र जान गाडी निःशुल्क

निःशुल्क गाडीमा अस्पतालसम्म आएर खोप लगाउन पाएकोमा सन्धिखर्क–१२ का ९४ वर्षीय गौरीनारायण श्रेष्ठ खुसी छन्। ‘खोप दिएर मात्र भएन, यति टाढा आउने उपाय थिएन,’ उनले भने, ‘अध्यक्ष बाबुले यहाँसम्म ल्याउने व्यवस्था गरिदिनुभयो, हामी असाध्यै खुसी छौं।’ युवा भएर पनि वडाध्यक्षले गरेको कामबाट सबैले पाठ सिक्नुपर्ने उनको भनाइ छ।

हिउँले कोरोना खोप कार्यक्रम प्रभावित

कर्णाली प्रदेशमा अत्यधिक वर्षासँगै परेको हिउँले कोरोनाविरुद्धको खोप कार्यक्रम प्रभावित बनेको छ। उच्च हिमाली क्षेत्रमा हिउँ पर्ने क्रम जारी छ। तल्लो क्षेत्रमा पनि लगातार वर्षा भइरहेकाले खोप लगाउन सकिएको छैन। कर्णालीका जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालिकोट जिल्लाका गाउँमा खोप पुर्‍याउनै समस्या भइरहेको छ। गाउँगाउँसम्म मोटरबाटो नजोडिएको र बोकाएर लानुपर्ने भएकाले समयमै खोप लगाउन नसकिएको हो। कर्णाली करिडोर क्षेत्रमा भने खोप लगाउने कार्यक्रम चलिरहेको छ।

उत्तरी गोरखामा हेलिकप्टरबाट कोरोना खोप ढुवानी

तिब्बतसँग सिमाना जोडिएको र सडक सञ्जालले नछोएको उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयसेविकालाई लगाउन हेलिकप्टरबाट कोरोनाविरुद्धको खोप ढुवानी गरिएको छ। स्वास्थ्य कार्यालय गोरखाले बिहीबार चिकित्सक, स्वास्थ्यकर्मीसहित खोप पठाएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख नरजंग ठकुरीले बताए।

कोरोना खोप लाउन दुई दिन यात्राः खोप निःशुल्क, अन्य खर्च १० हजार

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जाबाट पैदल तथा सवारीसाधनमा दुई दिनको यात्रा गरी स्थानीय महिला स्वयंसेविका विष्णुमाया छन्त्याल कोभिसिल्ड नामक खोप लाउन बेनी अस्पतालमा आइपुगिन् ।

प्रहरीलाई भाग लागेन कोरोना खोप

जोखिम मोलेर कोरोना महामारीविरुद्ध अग्रपंक्तिमा खटिने प्रहरीलाई कोरोना खोप वितरणमा सरकारले विभेद गरेको छ । स्वास्थ्यकर्मी जत्तिकै फ्रन्टलाइनमै खटिने भए पनि प्रहरीलाई कसरी र कहिले खोप लगाउने भन्ने विषयमा सरकारले सूचीसमेत तयार पारेको छैन ।

कोरोना खोपसँग जोडिएको कूटनीतिक उल्झन

मुलुकको राजधानी काठमाडौं नजिकैको बनेपा सन् १८१६ को १३ सेप्टेम्बरमा बिफरविरुद्धको खोप पाउने पहिलो र भाग्यमानी सहर बनेको थियो। त्यतिबेला ब्रिटिस इन्डिया कम्पनीको सहयोगमा भारतको पटनाबाट आएको खोप टोलीले बनेपाका बालबालिकालाई खोप दिएको थियो। ऐतिहासिक कालखण्डको हिसाबले त्यो खोप सुगौली सन्धिलगत्तै दिइएको थियो। सो सन्धिबाट नेपालले सुदूरपश्चिमका कैलाली, कञ्चनपुरसहित ६० हजार वर्गकिलोमिटर भूभाग गुमाएको थियो।

अक्सफोर्डको कोरोना खोपलाई नेपालमा अनुमति

अक्सफोर्ड विश्वविद्यालय र औषधि उत्पादक कम्पनी अस्ट्राजेनाकासँगको सहकार्यमा भारतको सेरम इन्सिच्युटले उत्पादन गरेको कोरोना खोपलाई नेपालले प्रयोग अनुमति दिएको छ।

कोरोना खोप खरिदमा सघाउन आग्रह

सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि कोरोना खोप कोषमा आर्थिक सहयोग गर्न दाताहरूलाई आह्वान गरेको छ।

कोरोना खोप कसले पाउनुपर्छ ?

खोप कसले पाउने भन्ने सवालले बाँच्न पाउने मानिस मात्रै होइन, उनीहरूले कस्तो विश्वलाई उत्तराधिकार दिन्छन् भन्ने कुरासमेत निर्देशित गर्नेछ । कोभिड–१९ खोपको अत्यावश्यकता दिनानुदिन बढ्दो छ । बेलायत र दक्षिण अफ्रिकामा देखिएको भाइरसको नयाँ रूप संसारभर फैलिन थालेको छ ।

कोरोना खोप लगाएको १६ दिनपछि डाक्टरको मृत्यु, फाइजर कम्पनी फेरि विवादमा

अमेरिकाको फाइजर र जर्मनीको बायोटेकले बनाएको खोप लगाउन सुरु गरिएको छ। तर खोप लगाएपछि बिरामीहरूमा धेरै समस्याहरु देखिन थालेको छ। कोरोना खोप लगाएका एक डाक्टरको १६ दिनपछि मृत्यु भएको छ। जसले गर्दा यो खोप प्रयोगमा त्रास देखिन थालेको छ।

नेपाललाई सुहाउँदो खोप अनुमोदन

नेपाललाई सुहाउँदो मानिएको कोरोना खोपलाई बेलायतले अनुमोदन गरेको छ । अक्सफोर्ड विश्वविद्यालय र बेलायती औषधि उत्पादक कम्पनी अस्ट्राजेनेकाद्वारा संयुक्त रूपमा विकास गरिएको खोपलाई बेलायतको औषधि नियामक संस्था ‘दि मेडिसिन एन्ड हेल्थ केयर प्रोडक्ट्स रेगुलेटरी अथोरिटी (एमएचआरए) ले उक्त अनुमति दिएको हो ।

कोरोना खोप आयात गर्न निजी क्षेत्रले तत्काल नपाउने

कोभ्याक्स सुविधाअन्तर्गत अनुदानमा आउने खोपबाहेक सरकारले ‘जी–टु–जी’ अन्तर्गत भारत सरकारसँग सीधै सम्पर्क गरेर सेरम इन्स्टिच्युटद्वारा निर्मित खोप खरिद गर्न सशक्त प्रयास गर्नुपर्ने देखिएको छ।

जनवरीदेखि कोरोनाको खोप दिने क्यानडाको तयारी

क्यानडामा खोप वितरण कार्यको जिम्मेवारी पाएका मेजर जनरल डेनी फोर्टीनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा खोप वितरण गर्नेगरी तयारी भइरहेको जानकारी दिएका छन्।

भारतमा एक महिनापछि नै कोरोना खोप लगाउन सुरु गरिने सम्भावना

भारतमा केही खोप अन्तिम चरणको परीक्षण (ट्रायल) मा छन्। तीमध्ये कुनै खोपले डिसेम्बर अन्त्यतिर या जनवरीको सुरुवातिर स्वीकृति प्राप्त गर्ने उनले बताए।

बेलायतमा कोरोना खोप अनुमोदित

बेलायतका स्वास्थ्य सचिव म्याट ह्यानककले पहिलो चरणमा आगामी सातादेखि सुरु हुनेगरी खोपका ८ लाख डोज उपलब्ध हुनेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्