४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

सार्वजनिक सम्पत्तिमाथि मिलिभगत

संग्रहालय विकास समिति बनाउने र नारायणहिटीको जग्गा बतास समूहलाई जिम्मा लगाउने कार्य ओली नेतृत्वको सरकारका पर्यटन मन्त्री योगेश भट्टराईका पालामा भएको हो।

नेपालगन्जमा उड्डयन संग्रहालय

नेपालगन्जमा पहिलो पटक उड्डयन संग्रहालय (एभियसन म्युजियम) सञ्चालनमा आएको छ। विद्यार्थीलाई हवाई सम्बन्धी विविध जानकारी दिन र आन्तरिक पर्यटनमा टेवा पुर्‍याउने उद्देश्यले यो म्युजियम स्थापना गरिएको हो।

नारायणहिटी दरबार संग्रहालयः प्रमुख दाहालले दिए राजीनामा

संग्रहालयपरिसर बतास समूहलाई भाडामा रेस्टुरेन्ट बनाउन दिएको विवादमा मुछिएका दाहालले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई राजीनामा बुझाएका हुन्। उनको मंगलबारै राजीनामा स्वीकृत भएको छ।

अनियमितता गर्नेलाई कारबाही गर्न कसैले रोक्दैनः मन्त्री आले

सोमबार मन्त्रालयमा आयोजित प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री आलेले कौडीको भाउमा नारायणहिटीको जग्गा मिलेमतोमा बतास समूहलाई दिएको बताए।

नारायणहिटीबाट बतास समूहलाई नहटाइ छाड्दैनाैंः मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी संग्रहालयभित्रबाट बतास समूहलाई हटाउने प्रक्रिया अगाडि बढाउने बताएका छन्।

भत्किएको तीन दशकपछि पुर्ननिर्माण हुँदै रानीदरबार

दरबारमात्रै नभएर सिन्धुलीगढीमा ऐतिहासिक सिन्धुलीगढी युद्ध संग्रहालय समेत निर्माण भइसकेकाले पर्यटकहरु दैनिक बढ्न थालेको कमलामाई नगरपालिकाले जनाएको छ।

नारायणहिटी दरबारभित्रकाे विषयमा मलाई अनावश्यक ढंगले मुछियो: भट्टराई

उनले बिना कसुर कसैको सार्वजनिक छविमा आँच आउने गरी समाचार र टिप्पणी नगर्न भनेका छन्। उनले यस विषयमा आफ्नो संलग्नता रहेको दावी गर्ने कोहि भए हस्ताक्षर सहितको निर्णय सार्वजनिक गर्न पनि चुनौती दिएका छन्।

फिल्मी शैलीमा ‘श्रीपेच’ चोर्ने प्रयास

घर्तीले श्रीपेच राखिएको सोकेसको सिसा फुटाउन सोही कक्षमा रहेको अर्को सिसाको सोकेस फुटाएर खुकुरी निकाल्ने प्रयास पनि गरेका थिए।

प्रदेश संग्रहालयलाई अनुसन्धानको केन्द्र बनाउन निर्देशन

सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले प्रदेश संग्रहालयलाई अध्ययन तथा अनुसन्धानको केन्द्र बनाउन निर्देशन दिएका छन्।

महाकवि देवकोटाको घर भत्काइयो, संग्रहालय बनाउने तयारी

काठमाडौं महानगरपालिका ३० मैतीदेवीस्थित रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर सरकारले किनेर नेपाल प्रज्ञा प्रतिष्ठानले संग्रहालय बनाउन लागेको हो। संग्रहालय बनाउनका निम्ति देवकोटाको सो घर भत्काइएको छ।

सिन्धुलीगढी युद्ध संग्रहालय निर्माण सम्पन्न, उद्घाटन गर्न सिन्धुलीमा राष्ट्रपति आउने

नेपालकै इतिहास बोकेको सिन्धुलीगढीमा २५२ औं बिजय उत्सव समारोहमा एक औपचारिक कार्यक्रमका बीच युद्ध संग्रहालयको तत्कालिन रक्षामन्त्री इश्वर पोखरलले शिलान्यास गरेसँगै निर्माणले तीब्रता पाएपछि हाल निर्माण सम्पन्न भएको नेपाली सेनाको बर्दबहादुर गणले जनाएको छ।

बुटवलमा जितगढी युद्ध संग्रहालय बनाइने

इतिहासअनुसार १८७१ साल पुस २१ देखि नेपाल–अंग्रेज युद्ध सुरु भएको थियो। कुमाउ–गडवाल, मकवानपुरगढी, कोसी–टिस्टा, बुटवल जितगढीमा अंग्रेज फौजसँग नेपाली फौजले युद्ध लडेका थिए। त्यस क्रममा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले १८७२ साल वैशाख ७ गते बुटवलको जितगढीबाट अंग्रेज फौजलाई परास्त गरी धपाएका थिए।

रिब्दुङमा ऐतिहासिक किरात संग्रहालय बन्दै

खोटाङको ऐसेलुखर्क–५ महेश्वरी रिब्दुङमा निर्माण सुरु गरिएको किरात संग्रहालयको पहिलो तला ढलान गरिएको छ । किरात जातीको लोपोन्मुख अवस्थामा पुगेका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सामग्री, भेषभुषा, गरगहना लगायतका बहुमुल्या सम्पदालाई संकलन गर्दै संरक्षण गर्ने लक्ष्यकासाथ निर्माण सुरु गरिएको संग्रहालयको एक तला ढलान गरिएको हो ।

प्रजातान्त्रिक योद्धाको स्मृतिमा बृहत साँस्कृतिक संग्रहालय बन्दै

खोटाङका प्रजातान्त्रिक योद्धा स्वर्गीय सर्वधन राईको स्मृतिमा बृहत साँस्कृतिक संग्रहालय निर्माणको काम अघि बढाइएको छ ।

संग्रहालयमा प्राचिन युगको झल्को

जनकपुरको जानकी मन्दिर परिसरमा रहेको सांस्कृतिक संग्रहालयले मिथिला संस्कृतिको बयान गरेको छ। संग्रहालयमा रहेका विभिन्न मिथिला कलाले यस क्षेत्रको संस्कृतिलाई महत्व दिएको पाइन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्