१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

नारायणहिटीबाट बतास समूहलाई नहटाइ छाड्दैनाैंः मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नारायणहिटी संग्रहालयभित्रबाट बतास समूहलाई हटाउने प्रक्रिया अगाडि बढाउने बताएका छन्।

बिहीबार सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै मन्त्री आलेले नारायणहिटी संग्रहालयमा रेष्टुरेन्ट लगायतको भौतिक संरचना निर्माण गरिरहेको बतास समूहलाई त्यहाँबाट हटाउने बताएका हुन्। उनले सो समूहलाई कुन प्रक्रिया मार्फत् हटाउने भन्ने विषयमा आफू छलफलमा रहेको बताए।

मन्त्री आलेले मन्त्रीस्तरबाट वा मन्त्रिपरिषद्बाटै निर्णय गरेर भएपनि हटाइ छाड्ने बताए। उनले बिहीबार नै नारायणहिटीमा अवलोकनका लागि जाने पनि उल्लेख गरे।

उनले भने, ‘संग्रहालयमा जुन गतिविधि भएको छ, आज पावरमा भएको बेला एउटा व्यक्तिले लिजमा लिने, भोलि अर्को पावरमा भएको बेला अर्कोले लिने। पर्सि अर्को पावरमा भएको बेला अर्कोले लिने। यो गर्दै जाँदा पूरै वातावरण नै धमिलो हुन्छ। त्यसको संरक्षणको निमित्त चाहे मन्त्रीस्तरबाट होस्। चाहे क्याबिनेटबाट होस् यो हामी हटाएरै छोड्छौं। नारायणहिटी राजदरवारको कुरा आएको हुनाले यो विषयमा मौखिक हामीले त्यो रोकेका छौँ।’

उनले नारायणहिटी संग्रहायल भित्र बतास समूहको प्रवेशको सम्बन्धमा छानविन सुरु गरिएको बताए।

प्रकाशित: २२ पुस २०७८ ०९:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App