४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

फोटोमा पचास वर्षअघिको पाटन

परम्परागत नेपाली लोक बाजा, कला र संस्कृतिबारे नयाँ पुस्तालाई जानकारी गराउन पाटन संग्रहालयले ‘ट्याडिस्नल म्युजिकल इन्स्टुमेन्टस एन्ड फोटो एक्जिबिसन’ को आयोजना गरेको छ।

जसले भानु र मोतीको संग्रहालय बनाउन चाहन्थे

२०१४ सालमा शिक्षामन्त्री हुँदा देवकोटाले भानुभक्त आचार्य वा मोतीराम भट्टको जन्मस्थललाई साहित्यकारको तीर्थस्थल र संग्रहालय बनाउनुपर्छ भन्ने प्रस्ताव गरेका थिए। सुन्दर संयोग, आज राज्यले उनकै घरलाई संग्रहालय बनाउँदै छ।

थारु संग्रहालय खुला गरिँदै

थारु समुदायको रहनसहन झल्काउने परम्परागत शैलीको संग्रहालय तयार भएको छ। थारु समुदायका संस्कृति, रहनसहन र जनजीविका झल्काउने संग्रहालय अवलोकन गर्न आउने पर्यटकका निम्ति चाँडै खुला गरिने भएको छ।

महाकवि देवकोटा संग्रहालय बन्ने

महाकवि लक्ष्मीप्रसाद देवकोटाको संग्रहालय निर्माण हुने भएको छ। महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीस्थित ‘कविकुञ्ज’ नेपाल प्रज्ञा प्रतिष्ठानको नाममा आएपछि संग्रहालय बन्ने भएको हो।

हराएको मूर्ति अमेरिकी संग्रहालयमा

सन् १९८४ मा काठमाडौंको मन्दिरबाट चोरी भएको मूर्ति अमेरिकाको डल्लास म्युजियम अफ आर्टमा भेटिएको छ। ‘यो मूर्ति सन् १९८४ मा काठमाडौंको मन्दिरबाट चोरी भएको थियो’, आर्ट क्राइम प्रोफेसर इरिन एल थोप्सनले मंगलबार मूर्तिको फोटो राख्दै ट्विट गरेका छन्।

२५२ औँ विजय उत्सवः सिन्धुलीगढीमा ऐतिहासिक युद्ध संग्रहालय बन्दै

यहाँको ऐतिहासिक सिन्धुलीगढीमा युद्ध संग्रहालय बन्ने भएको छ। नेपालकै इतिहास बोकेको सिन्धुलीगढीमा २५२ औं विजय उत्सव समारोहमा एक औपचारिक कार्यक्रमकाबीच युद्ध संग्रहालयको रक्षामन्त्री इश्वर पोखरलले शिलान्यास गरेका छन्। नौ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी नेपाली सेनाले राष्ट्रियस्तरको युद्ध संग्रहालय निर्माण गर्ने कार्य थालेको नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापाले जानकारी दिए।

विवादमा जनजाति संग्रहालय

आदिवासी जनजातिको पहिचान र संस्कृतिको संरक्षणका निम्ति बुटवलमा निर्माणाधीन रहेको जनजाति संग्रहालय विवादमा परेको छ। आदिवासी जनजातिसम्बन्धी दुई समूहबीच मतभेद भएपछि निर्माणाधीन रहेको जनजाति संग्रहालयको काम रोकिएको छ।

‘कविकुञ्ज’ अब संग्रहालय

विनासकारी भूकम्पका कारण कविकुञ्जको भित्री भागमा क्षति पुगेको थियो। कविकुञ्जको नयाँ भवन पुरानो आकार र डिजाइनमा निर्माण गरिने भएको छ।

‘कविकुञ्ज’ अब संग्रहालय

कविकुञ्जको नयाँ भवन पुरानो आकार र डिजाइनमा निर्माण गरिने भएको छ। गत वर्ष लक्ष्मीप्रसाद देवकोटाको ११० औं जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले महाकवि देवकोटाको कविकुञ्जलाई संग्रहालय बनाउने घोषणा गरेका थिए।

पाटन दरबारमा ‘डेब्यु २०१९’ फेसन सो हुँदै

पाटन दरबार संग्रहालयमा ‘डेब्यु २०१९’ नामक अन्तर्राष्ट्रिय फेसन सो हुने भएको छ। बुधबार यलमाया केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा पाटन दरबार संग्रहालयमा आयोजना हुन लागेको फेसन शोबारे जानकारी गराइएको थियो। नेपाली कपडा उत्पादन गर्ने कासाले ‘डेब्यु २०१९’ फेसन सोको आयोजना गर्ने भएको हो। मा ‘डेब्यु २०१९’ नामक अन्तर्राष्ट्रिय फेसन सो हुने भएको छ। बुधबार यलमाया केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा पाटन दरबार संग्रहालयमा आयोजना हुन लागेको फेसन शोबारे जानकारी गराइएको थियो। नेपाली कपडा उत्पादन गर्ने कासाले ‘डेब्यु २०१९’ फेसन सोको आयोजना गर्ने भएको हो।

खै संग्रहालय र कलाको विमा ?

संसारभरका विभिन्न संग्रहालयमा राखिएका कलाहरूको विमा हुने प्रचलन छ। नेपालमा भने विमा नीति नभएका कारण संग्रहालयमा राखिएका विभिन्न कलाहरूको विमा हुन सकेको छैन्। छाउनीस्थित राष्ट्रिय संग्रहालयमा राखिएका विभिन्न कला र हतियारहरू सुरक्षित रहेको दाबी संग्रहालयका निर्देशक जयराम श्रेष्ठले गरेपनि विमा गर्नतर्फ कुनै पहल नभएको बताए।

अन्योलमा लोकबाजा संग्रहालय

त्रिपुरेश्वरस्थित महादेव मन्दिर परिसरमा रहेको नेपालको सभ्यता र विभिन्न संस्कृतिको परिचय दिने ‘नेपाली लोकबाजा संग्रहालय’ भत्काउने निर्णय अन्योलमा परेको छ ।

नमुना संग्रहालय बनाउन पहल

गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले यस क्षेत्रको संग्रहालयलाई नमुनाको रुपमा विकास गर्नुपर्ने बताएका छन्। बिहीबार गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले पोखरा–९ स्थित गण्डकी प्रदेश संग्रहालयको नयाँ प्रदर्शनी कक्षको उद्घाटन गरेका थिए।

बुटवल मोतिपुरमा थारु संग्रहालय बन्ने

संग्रहालयका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने काम भइरहेको नगर प्रमुख शिवराज सुवेदीले बताए। थारू जातिको इतिहास तथा संस्कृति बचाउने र नयाँ पुस्ताका लागि थारु संस्कृतिको पहिचान जोगाइ राख्ने उद्देश्यले संग्रहालय निर्माण गर्न लागिएको उपमहानगरपालिकाले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्