४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

यस्तो बन्दैछ बुटवलमा थारु संग्रहालय

बुटवलमा थारु संग्राहलय बन्ने भएको छ। बुटवल उपमहानगरपालिकाले मोतिपुर सौरहियामा थारु समुदायको कला, संस्कृति झल्कने संग्रहालय निर्माण गर्न लागेको हो।

फर्पिङ जलविद्युत् पहिलो जीवित संग्रहालय

नेपालको ऐतिहासिक फर्पिङ जलविद्युत् केन्द्रलाई जीवित संग्रहालय बनाइने भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले एक सय आठ वर्षे इतिहास बोकेको फर्पिङ जलविद्युत् केन्द्रलाई जीवित संग्रहालय बनाउन लागेको हो।

लोकबाजा संग्रहालय भत्काइँदै

त्रिपुरेश्वरस्थित महादेव मन्दिर परिसरमा रहेको सत्तल काठको टेको लगाएर अड्याइएको छ। हेर्दा दयनीय देखिने सत्तलमा झुण्डाइएको बोर्डमा लेखिएको छ, ‘नेपाली लोकबाजा संग्रहालय’। नेपालको सभ्यता र विभिन्न संस्कृतिको परिचय दिने ६५० प्रकारका बाजाहरूको अध्ययनको लागि महत्वपूर्ण मानिने संग्रहालय गुठी संस्थानले भत्काउने भएको छ।

सजिव संग्रहालयको बाटोमा

नगरमा जात्रा मात्र होइन, दैनिक रूपमा देखिने जीवनशैली पनि त्यति नै आकर्षक छन्। भाडा बनाइरहेका कुमाले हुन् वा चर्खा कातिरहेका वृद्धा। पाटीमा बसेर भजन गाइरहेका बुढापाका हुन् वा खल्याङकुटी खेलिरहेका नानी।

ओझेलमा छन् भक्तपुरका संग्रहालय

भक्तपुरको दरवार स्क्वायरमा रहेको राष्ट्रिय कला संग्रहालयमा घुम्न आउने घटेका छन्। २०७२ सालको भूकम्पपछि यहाँ घुम्न आउने घटेका हुन्। संग्रहालयअन्तर्गत तीनवटा म्युजियम रहेका छन् चित्रकला, धातुकला र काष्ठकला। चित्रकला भक्तपुर दरवार स्वायरस्थित राष्ट्रिय कला संग्रहालयमा रहेको छ। काष्ठकला भक्तपुरकै तचपाल टोलस्थित दत्तात्रय मन्दिरको दक्षिणतर्फ रहेको छ भने धातुकला तचपाल टोलस्थित दत्तात्रय मन्दिरको उत्तरतर्फ चिकंफ मठमा रहेको छ।

कलामा झल्कियो भोटेकोसी सभ्यता

प्रताप मल्लका पालामा बनेका मूर्ति तथा सम्पदा फुल्पिङकट्टी क्षेत्रमा भेटिएकाले यसको पुरातात्विक, सांस्कृतिक तथा ऐतिहासिक पक्षलाई उजागर गर्ने लक्ष्य राखेर कला कार्यशाला तथा प्रदर्शनी गरेका हौं।

जिपी संग्रहालय निर्माण हुने

नेपाली राजनीतिका शिखर पुरूष गिरिजाप्रसाद कोइरालाको नाममा संग्रहालय निर्माण हुने भएको छ। विराटनगर–७ स्थित कोइराला निवासमा बन्ने संग्रहालयको बिहीबार शिलान्यास गरिएको छ।

प्रत्येक प्रदेशमा संग्रहालय स्थापना गर्नुपर्ने

संग्रहालय सञ्चालन र नियमनका लागि कानुन निर्माण गर्नुपर्नेमा जोड दिइएको छ। आइकम नेपाल राष्ट्रिय समितिले ४१ औं अन्तर्राष्ट्रिय संग्रहालय दिवसका अवसरमा आयोजना गरिएको गोष्ठीमा सहभागीले संग्रहालय सञ्चालन गर्न कानुन निर्माणसँगै प्रत्येक प्रदेशमा संग्रहालय स्थापना गर्नुपर्ने बताए। नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङगले संग्रहालयको विकास र व्यवस्थापन गर्न सके पर्यटकको माध्यमबाट सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा साकार हुने धारणा राखे।

दमकमा भूकम्प संग्रहालय बनाउने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री केपी शर्मा ओलीले दमकमा भूकम्प संग्रहालय बनाउने घोषणा गरेका छन्। २०७२ सालको भूकम्पलाई चित्रण गर्नेगरी संग्रहालय निर्माणको काम अघि बढाउने उनले बताए। आइतबार दमक नगरपालिकामा सुरु भएको साहित्यिक गोष्ठीको उद्घाटन गर्दै ओलीले दमकको उत्तरी क्षेत्रमा संग्रहालय निर्माणको काम थालनी गर्ने प्रतिबद्धता जनाए। त्यसका लागि राष्ट्यि पुनर्निर्माण प्राधिकरणसँग परामर्श सकिएको उनको भनाइ छ।

पाटन संग्रहालयमा अडियो भिडियो कक्ष

ललितपुरको पाटन संग्रहालयमा अडियोभिडियो कक्ष सुरू भएको छ । कलासंस्कृतिको जर्गेना, प्रचारप्रसार र उचित संरक्षणका लागि सो कक्ष सञ्चालनमा ल्याइएको हो।

दुई सय वर्ष पुरानो ब्राजिलको संग्रहालयमा आगलागी

ब्राजिलको राष्ट्रिय संग्रहालयमा ठूलो आगो लागेको छ। त्यो ल्याटिन अमेरिकाकै एउटा ठूलो र धेरै महत्वपूर्ण संग्रहहरू रहेको ऐतिहासिक संग्रहालय हो।

भीमेश्वरको भण्डार घरमा ‘मिनी संग्रहालय’ राखिने

२०७२ को भूकम्पमा  भत्किएपछि पुर्ननिर्माण हुँदै गरेको प्राचिन सहर दोलखास्थित प्रसिद्ध भीमेश्वर मन्दिरको भण्डार घरमा ‘मिनी संग्रहालय’ समेत स्थापना गरिने भएको छ।

थाइल्यान्ड गुफा : संग्रहालय र फिल्म बन्ने

दुई साताभन्दा बढि समय १२ फुटबल खेलाडी र उनीहरुका प्रशिक्षक फसेको उत्तरी थाइल्यान्डको ताम लुङ गुफालाई अब संग्रहालयमा परिणत गरिने भएको छ।

रामदेवको मुर्ति लन्डनको संग्रहालयमा राखिने

भारतका योग बाबा रामदेवको मुर्ति लन्डनस्थित टुसुड्स संग्रहालयमा राखिने भएको छ। शुक्रबार योग गुरू रामदेवको मुर्ति लन्डनको संग्रहालयमा राखिने सार्वजनिक गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्