४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रधानमन्त्री ओलीद्वारा सिपिसीको स्कुल विभागको संग्रहालय अवलोकन

प्रधानमन्त्री केपी शर्मा ओलीले चाइना कम्युनिष्ट पार्टी (सिपीसी) काे केन्द्रीय समितिको कार्यालयमा रहेको संग्रहालयको अवलोकन गरेका छन्।

नेताज्यू! ज्ञान संग्रहालयहरू शत्रु हुन्?

नेपाल राष्ट्रिय अभिलेखालयको स्वतन्त्र र बेग्लै अस्तित्वलाई बेवास्ता गरी पुरातत्व विभागको एउटा शाखाकारूपमा राख्ने कोसिसहरू भइरहेका छन् भन्ने कुरा सुनी ज्यादै दुःख लागेको छ। हाम्रा नेताहरूले समृद्ध नेपाल, विकासोन्मुख नेपाल, उन्नत नेपाल भनी राष्ट्र बनाउने जुन अठोट गरेका छन्, त्यसका लागि नेपाल राष्ट्रिय अभिलेखालयको विकास, उपयोग र उन्नति हुनु पनि नितान्त आवश्यक छ।

न संग्रहालय बन्यो, न घर

सरकारको ढिलाइ र आन्तरिक विवादले भूकम्पको केन्द्रविन्दु बारपाकस्थित दलित बस्तीको पुनर्निर्माण अन्योलमा परेको छ । भूकम्पलगत्तै सरकारले साबिक बारपाक गाविस–५ (हाल सुलिकोट गाउँपालिका–१) मा पर्ने डाँडागाउँ र गैरीगाउँको दलित बस्तीमा ‘जीवित संग्रहालय तथा भूकम्प स्मृति पार्क’ बनाउने योजना अघि सारेको थियो।

मदन भण्डारी संग्रहालय : लुङ्गीदेखि साइकलसम्म

तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीको राजनीतिक, सामाजिक एवं पारिवारिक गतिविधिलाई समेटेर उर्लाबारीमा ‘मदन भण्डारी संग्रहालय’ निर्माण गरिएको छ।

किरात संग्रहालय निर्माण थालनी

किरात जातीको लोपोन्मुख अवस्थामा पुगेका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सामग्री, भेषभूषा, गरगहना लगायतका बहुमूल्य सम्पदालाई संकलन गर्दै संरक्षणका लागि महेश्वरीमा किरात संग्रहालय निर्माण सुरु गरिएको छ।

दयाहाङ किराँत संग्रहालयको सद्भावना दूत

अभिनेता दयाहाङ राईलाई खोटाङको ऐसेलुखर्क–५ रिब्दुङ महेश्वरीमा निर्माण सुरु गरिएको किराँत संग्रहालयको सद्भावना दूत बनाइएको छ।

बन्नुपर्छ भट्टरार्इ संग्रहालय

राजनेता स्वर्गीय कृष्णप्रसाद भट्टराई (किसुनजी) आजसम्म बाँचिरहनुभएको भए ९४ वर्षको हुनुहुन्थ्यो । उहाँ धर्तीमा रहुन्जेल तिथिको आधारमा जन्मदिन मनाउने गरिँदा गतेमा तल–माथि परिरहे पनि निधनपछि उहाँको जन्मदिनलाई जन्मजयन्ती मनाउने परम्पराले निरन्तरता पाउँदै आएको छ।

पर्यटक अाकर्षित गर्न हलेसीमा खुला संग्रहालय !

सामान्यतः संग्रहयोग्य बस्तुलाई एउटा घरको कोठाभित्र सुरक्षितसाथ सजाएर संग्रहालय निर्माण गरिन्छ। तर, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले भने खुला आकाशमुनि खुला ठाउँमै संग्रहालय बनाउने तयारी थालिएको छ।

‘जीवन्त संग्रहालय’को संरक्षण

आधुनिक समाजमा संग्रहालय विकास र यसको व्यापकताको अवधारणामा उदार नीति बन्दैै गएको देखिन्छ । हाम्रा पुर्खाले प्रयोगमा ल्याएका अवयवहरूका साथै मानव जीवनका इतिहासका कैयौँ पाटाहरूलाई संग्रहालयमा समाहित गर्न र सकिने ती अवयवहरूका भिन्नताका आधारमा संग्रहालयको प्रकार र आकारमा विविधता हुन्छ ।

संग्रहालयमा बाग्मती सभ्यता

पाटन दरबारबाट बायाँ मोडिएर करिब सात मिनेटको भित्री बाटो हिँडेपछि पुगिन्छ, च्यासल चोक । चोकबाट केही पर देखिन्छ, एउटा अग्लो भवन । भवनको बाहिरपट्टि लेखिएको छ ‘ज्यापु प्रज्ञा भवन’ । भवनको दक्षिण ढोकाबाट भित्र छिर्नेबित्तिकै देखिन्छ, ‘ज्यापु संग्रहालय’।

हिरण्यवर्ण महाविहारलाई संग्रहालय बनाइने

ललितपुरको पुल्चोकस्थित हिरण्यवर्ण महाविहार संग्रहालयमा परिणत हुने भएको छ । सय वर्षभन्दा पुरानो इतिहास रहेको महाविहारमा थुप्रिएका बहुमूल्य वस्तु एकीकृत गरी संग्रहालयमा परिणत गर्ने तयारी भएको बौद्ध विहार सुधार समिति अध्यक्ष पुष्परत्न शाक्यले बताए ।

सहिद स्मारक संग्रहालय

सहिद स्मारक संग्रहालयहरू बन्नु राम्रो कुरा हो। तर यस्ता संग्रहालयमा सालिकमात्र नराखी सहिदहरूको योगदान झल्कने अन्य सामग्री पनि राखिनु उपयुक्त हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्