काठमाडौँको मध्य भागमा रहेको हनुमानढोका दरबार राजाहरूको वासस्थान मात्र नभई धार्मिक तथा सांस्कृतिक स्थल भएकाले यहाँ वर्षभर विभिन्न पर्व उत्सव मनाउने गरिन्छ।
सन् १९७९ मा विश्वसम्पदामा सूचीकृत हुनुपहिले यहाँका धार्मिक सम्पदाको जिम्मेवारी गुठी लगायत पुजारी वर्गको मात्र थियो। दरबार क्षेत्र शासक वर्गको क्षेत्रमा पथ्र्यो भने धार्मिक छेकबारले गर्दा धार्मिक ठाउँको भित्री कुरोबाट सबै परै रहन्थे। दरबारभित्र कसैले चियाउने आँटै गर्दैनथे।
यःसिं (लिंगो)का लागि रूख छान्न पहिले पहिले बली दिने बोकालाई पूजा गरी रक्सी खुवाई छाडिन्थ्यो। त्यसरी छाडेको बोकाले जुन रूखलाई हिर्काउँछ, त्यही रुख यःसिं का लागि योग्य हुन्छ भन्ने विश्वास गरिन्थ्यो।
आधुनिक समाजमा संग्रहालय विकास र यसको व्यापकताको अवधारणामा उदार नीति बन्दैै गएको देखिन्छ । हाम्रा पुर्खाले प्रयोगमा ल्याएका अवयवहरूका साथै मानव जीवनका इतिहासका कैयौँ पाटाहरूलाई संग्रहालयमा समाहित गर्न र सकिने ती अवयवहरूका भिन्नताका आधारमा संग्रहालयको प्रकार र आकारमा विविधता हुन्छ ।
यस दिन साँझपख घरघरमा दलुमा बत्ती बाली सम्ह्य राखी पूजा गरेपछि बाहिर आएर सम्ह्य बाँड्ने चलन थियो। टोलछिमेकका केटाकेटी लाछकु वय्क सम्ह्य बजी भन्दै माग्न आउने गर्थे।