४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

महाकवि देवकोटा संग्रहालय बन्ने

काठमाडौं – महाकवि लक्ष्मीप्रसाद देवकोटाको संग्रहालय निर्माण हुने भएको छ। महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीस्थित ‘कविकुञ्ज’ नेपाल प्रज्ञा प्रतिष्ठानको नाममा आएपछि संग्रहालय बन्ने भएको हो।

विसं २०७५ को देवकोटा जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले देवकोटा निवासलाई संग्रहालय बनाउने घोषणा गरेका थिए। सोही प्रक्रियाअनुसार कविकुञ्जको १२ आना १ दाम जग्गामा महाकवि देवकोटाको संग्रहालय बन्ने भएको हो।

जग्गाको स्वामित्वलाई लिएर विवाद चर्किएपछि संग्रहालय निर्माणले गति पाएको थिएन्। प्रज्ञा प्रतिष्ठानको प्रस्ताव र सरकारको निर्णयअनुसार १२ आना १ दाम जग्गाको हक हस्तान्तरण भएको प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले जानकारी दिए। ‘सो जग्गा गुठी संस्थानको स्वामित्वमा रहेकाले प्रतिष्ठानलाई पनि देवकोटाको परिवारजस्तै भोगाधिकार मात्र भएको छ। कविकुञ्जको मौलिकता नमर्ने गरेर चारतले भवन निर्माण गरिने छ,’ उनले भने।

भवनको पहिलो तलमा महाकविको भाषण र कवितालाई अडियो र भिडियोमार्फत् प्रस्तुत गरिनेछ। दोस्रो तलामा उनको जीवन शैली झल्काउने फोटो र सामग्री राखिनेछन्। तेस्रो तलामा पुस्तकालय र चौथो तलामा सभाकक्ष निर्माण गरिनेछ।

प्रकाशित: २ पुस २०७६ ०३:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App