४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको अध्यक्षमा मदन कृष्ण शर्मा निर्वाचित

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको अध्यक्षमा मदन कृष्ण शर्मा निर्वाचित भएका छन्।

शुक्रबार भएको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको २९ औं साधारण सभाबाट उनी १३ औं अध्यक्षमा निर्वाचित भएका हुन्।

शर्माले २९ मत ल्याउँदा उनका प्रतिस्पर्धी किरन थापाले १५ मत प्राप्त गरेका हुन्।

मतदानमा जम्मा ४६ मत खसेको थियो। अध्यक्षसँगै ७ जना सदस्यहरू निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचित पदाधिकारीहरूले शुक्रबारै पदभार ग्रहण गरेका छन्।अब अध्यक्षले उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष निर्वाचित सदस्य मध्य चयन गर्ने छन्।

नव निर्वाचित कार्यसमितिको कार्यालय दुई वर्षको हुनेछ।

प्रकाशित: ४ आश्विन २०८१ १७:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App