coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

अनियमितता गर्नेलाई कारबाही गर्न कसैले रोक्दैनः मन्त्री आले

पर्यटनमन्त्री प्रेम आलेले नारायणहिटी संग्रहालय प्रकरणमा आफूलाई प्रधानमन्त्री शेरबहादुर देउवाको साथ रहेको दाबी गरेका छन्।

उनले प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले राम्रो काम गरेको भन्दै आफूलाई धन्यवाद दिएको पनि बताए। राम्रो काम गर्न आफूलाई कसैले रोक्न नसक्ने उनको भनाइ थियो।

सोमबार मन्त्रालयमा आयोजित प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री आलेले कौडीको भाउमा नारायणहिटीको जग्गा मिलेमतोमा बतास समूहलाई दिएको बताए।

उनले यो अनियमितताबारे छानबिन गरेर आएको प्रतिवेदनलाई कार्यान्वयन गरी अनियमितता गर्नेलाई कारबाही गर्ने बताए। उनले नारायणहिटी राजदरबारअन्तर्गत विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले देशको सम्पत्तिको संरक्षण र निगरानी गर्न नसक्नु दुःखको कुरा भएको बताए।

नारायणहिटी दरबारमा रहेको ऐतिहासिक सुरुङ (बंकर) भित्र पनि बतास समूहले व्यापार गर्ने योजना बनाएर काम गरेको समेत मन्त्री आलेले खुलासा गरे। उनले पशुपति क्षेत्र विकास कोषभित्र रेस्टुरेन्ट सञ्चालन गरिरहेको विषयमा पनि अबको सात दिनभित्र प्रतिवेदन आउने र त्यसअनुसार नै कारबाही प्रक्रियाअघि बढाउने बताएका छन्।

प्रकाशित: २७ पुस २०७८ ००:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App