१५ असार २०७९ बुधबार

पशुपति धर्मशालामा सञ्चालित होटल बन्द

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पशुपति क्षेत्र विकास कोषले नेपाल-भारतमैत्री धर्मशालामा सञ्चालित होटल आनन्द बन्द गराएको छ।

होटल आनन्दसँगको सम्झौता रद्द

पशुपति क्षेत्र विकास कोषले नेपाल–भारत मैत्री पशुपति धर्मशालामा सञ्चालित होटल आनन्द प्रालिसँगको करार सम्झौता रद्द गरेको छ।

पशुपति धर्मशाला छिट्टै सरकारको स्वामित्वमाः मन्त्री आले

मन्त्री आलेले पशुपतिप्रति गिद्धे दृष्टि लगाउनेहरूको कहिल्यै कल्याण नहुने बताउँदै भक्तजनको सुविधाका लागि सफा, सर्वसुलभ शौचालय र पानीको धाराको व्यवस्था गरिने समेत बताए।

बतास समूहसँग गरिएको सम्झौता रद्द गरिँदै

बतास समूहसँग भएको सम्झौताबारे छानबिन गर्न बनेको समितिले समेत सम्झौता रद्द गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सिफारिस गरेको थियो। प्रतिवेदनको सोही सुझावको आधारमा सम्झौता रद्द हुन लगेको जनाइएको छ। प्रतिवेदनमा सांस्कृतिक सम्पदासहितका ऐतिहासिक स्थलमा कंक्रिटको संरचना निर्माण गरेर व्यापारिक छलाङ मार्दै आएको जनाउँदै सम्झौता रद्द गर्न सुझाइएको थियो।

अनियमितता गर्नेलाई कारबाही गर्न कसैले रोक्दैनः मन्त्री आले

सोमबार मन्त्रालयमा आयोजित प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री आलेले कौडीको भाउमा नारायणहिटीको जग्गा मिलेमतोमा बतास समूहलाई दिएको बताए।

नारायणहिटी–बतास प्रकरणः नेता र मन्त्रीलाई चोख्याउँदै प्रतिवेदन

पछिल्लो समय विवादमा आएको बतास समूहलाई ठेक्का सम्झौतामै मिलेमतो गरेर नारायणहिटी दरबार संग्रहालयको क्यान्टिन भाडामा लगाएको प्रतिवेदनले देखाएको हो। संग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालको मौखिक आदेशमा उक्त स्वीकृति दिएको भन्दै उनलाई मात्रै दोषी देखाएर तत्कालीन मन्त्री तथा सचिवलगायतलाई चोख्याएको देखिन्छ।

नारायणहिटी दरबारमा अनियमितता गर्नेलाई कारबाही गर्ने: मन्त्री आले

मन्त्री आलेले बतास समूहले आधिकारिक निकायबाट नक्शा पास नगरी एवं निर्माण स्वीकृति नलिइ र मन्त्रालय एवं विकास समितिको पूर्व स्वीकृति बिना नै १४ रोपनी जग्गामा नयाँ संरचना निर्माण गरेको पाइएको पनि बताए।

नारायणहिटीमा डिजिटल बोर्डको पनि तयारी रहेको खुलासा

नारायणहिटी दरबार संग्रहालय परिसरमा नाफामूलक प्रयोजनको डान्स बार र रेस्टुरेन्ट निर्माण गरिरहेको बतास समूहले उक्त दरबारको अग्रभागमा ठूलो होर्डिङ बोर्ड (डिजिटल फ्लेक्सबोर्ड) राख्ने तयारी गरिरहेको सार्वजनिक भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्