७ आश्विन २०८१ सोमबार
image/svg+xml

कोरोनाविरुद्धको भ्याक्सिन विकासमा अक्सफोर्ड विश्वविद्यालयले पायो ठूलो सफलता

कोरोना भाइरसको भ्याक्सिनमा बेलायतको अक्सफोर्ड विश्वविद्यालयले ठूलो सफलता मिलेको बताएको छ। बीबीसीका अनुसार कोरोना भाइरसविरुद्ध अक्सफोर्ड युनिभर्सिटीले विकास गरेको खोप सुरक्षित रहेको तथा प्रतिरोधी क्षमतालाई सक्रिय तुल्याउन सक्ने देखिएको छ।

भदौ १ देखि हवाई उडान सुचारु हुने

कोरोना त्रासका कारण बन्द रहेको हवाई उडान सुचारु हुने भएको छ। मन्त्रिपरिषद् बैठकमा हवाई उडान सुचारु गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बताए।

एकै दिन थपिए ५० संक्रमित

नारायणी अस्पतालको प्रयोगशालमा भएको पछिल्लो परीक्षणको रिपोर्ट अनुसार बारा र पर्सामा एकैदिन ५० जना कोरोना संक्रमित थपिएका छन । आइतबार राति आएको परीक्षणको रिपिोर्टमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए ।

कोरोना लागेर थाहै नपाई निको भएका बिरामी पनि पत्ता लगाउने ‘सेरो सर्वेक्षण’ सुरु गरिँदै

‘सेरो प्रिभिलेन्स सर्वेक्षण’ बाट थाहै नपाई निको भएका र लक्षण नदेखिएर पनि निको भएका बिरामीको अवस्थाबारे पनि थाहा हुनेछ । नेपालमा कोभिड–१९ का ९७ प्रतिशत संक्रमित बिनालक्षणका देखिएका छन् ।

पछिल्लो २४ घण्टामा १८६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ५ हजार ९ सय ३६

पछिल्लो २४ घण्टामा १ सय ८६ जनामा संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा ४ हजार २ सय १६ जनाको पिसिआर परीक्षण भएको छ। सक्रिय संक्रमितको संख्या ५ हजार ९ सय ३६ रहेको उनले बताए।

भारतमा एकै दिनमा ४० हजार भन्दा बढी कोरोना भाइरसबाट संक्रमित

भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा एकै दिनमा ४० हजारभन्दा बढी कोरोना भाइरस संक्रमति थपिएका छन्।

विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या ६ लाख ८ हजार नाघ्यो

विश्वमा कोरोना भाइरस संक्रमणको कारण ६ लाख ८ हजार ९७८ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सोमबार जानकारी दिएको छ।

कोरोना संक्रमित भेटिएपछि लिवाङमा लकडाउन

रोल्पा नगरपालिका वडा न. ४ गुरुङगाउँ र वडा न. १० धवाङमा शुक्रवार १३ जनामा कोरोना संक्रमण पुष्टि भए पछि धवाङ र गुरुङगाउँलाई शनिबार दिउँसो १२ बजेदेखि अर्को सूचना नभए सम्मका लागि सिल गरिएको छ।

विदेशबाट आउनेलाई पाँच दिनपछि अनिवार्य परीक्षण

विदेशबाट नेपाल आउनेहरूका लागि सरकारले ५ दिनपछि अनिवार्य रूपमा पिसिआर परीक्षण गर्ने निर्णय गरेको छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको नियमित बैठकले यस्तो निर्णय गरेको हो। यसअघि १४ दिन क्वारेन्टिनमा बसेपछि मात्र परीक्षण गर्ने व्यवस्था थियो।

मृतक परिवारका सबैलाई कोरोना पुष्टि

कोरोना संक्रमणबाट मृत्यु भएका राजविराज नगरपालिका–६ का ७३ वर्षीय एक पुरुषको परिवारका सबै सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ। गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा गरिएको स्वाब परीक्षणमा उनको परिवारका ५ जना सदस्यलाई कोरोना भाइरस पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय राजविराजका प्रमुख दुुनीयालाल यादवले जानकारी दिए।

समुदायमा देखियो कोरोना संक्रमण

देशभर कोरोना संक्रमण हुनेको संख्या घट्दै गएको सरकारी तथ्यांकले देखाए पनि वीरगञ्ज भने समुदायस्तरमा कोरोना संक्रमण देखिन थालेको स्वास्थ्यकर्मीको भनाइ छ।

कोरोनाले राजस्व प्रभावित : लक्ष्यको ५७ प्रतिशत मात्रै संकलन

कोभिड-१९ महामारी र लकडाउनबाट विराटनगर भन्सार कार्यालयको राजस्व प्रभावित भएको छ । आर्थिक वर्ष २०७६/७७ मा निर्धारित लक्ष्यको ५७ दशमलव १३ प्रतिशत मात्रै राजस्व संकलन भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

विदेशबाट आउनेलाई पाँच दिनपछि अनिवार्य परीक्षण

अब विदेशबाट हवाइ मार्गमा नेपाल भित्रिनेहरुको लागि सरकारले पाँच दिनपछि अनिवार्य रुपमा पिसिआर परीक्षण गर्ने निर्णय गरेको छ ।

लुकिछिपी राजधानी आउनेबाट संक्रमणको जोखिम बढ्यो

सरकारले कोरोना संक्रमणबाट बचाउनको लागि लामो समयदेखि अन्तरराष्ट्रिय हवाइ उडान र भू–नाका तथा एक जिल्लाबाट अर्को जिल्लामा प्रवेशमा रोक लगाएको छ ।

कोरोना संक्रमित मृतकको परिवारै संक्रमित, घर बन्यो आइसोलेसन केन्द्र

कोरोना संक्रमणबाट मृत्यु भएका राजविराज नगरपालिका–६ का ७३ वर्षीय जेष्ठ नागरिक परिवारका सबै सदस्यमा कोरोना संक्रमण पुष्टि भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्